मंसिर ४ गते, २०७६

‘महान् रुसी अक्टुवर समाजवादी क्रान्ति अमर रहोस्’

पटक हेरिएको

सन् १९१७ अक्टुबर २५ का दिन महान् रुसी अक्टुबर समाजवादी क्रान्ति सम्पन्न भएको हो। मानव जातिको इतिहासमा, विश्वकम्युनिष्ट आन्दोलनको इतिहासमा महान रुसी अक्टुबर समाजवादी क्रान्ति एक युगान्तकारी क्रान्ति थियो, जुन क्रान्ति सोभियत संघको कम्युनिष्ट पार्टी (बोल्सेविक) को नेतृत्व र विश्व सर्वहारावर्गका महान् नेता भ्लादीभिर इल्विचको अगुवाई र निर्देशनमा सम्पन्न गरिएको थियो।

विश्व मानव जातिकै इतिहासमा गौरवमय गाथाले भरिपूर्ण यस महान् रुसी अक्टुबर समाजवादी क्रान्तिले पहिलो पटक पुँजीवादी राज्य व्यवस्थालाई समूल रूपमा नष्ट गरेर सर्वहारावर्गको अधिनायकत्व सहितको वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गरेर विश्व सर्वहारावर्गलाई साम्यवादसम्म पुग्ने ढोका खोली दिएको थियो। महान् रुसी अक्टुबर समाजवादी क्रान्तिले नयाँ युगको सूत्रपात गरि दिएको थियो। यो गौरवशाली क्रान्तिले पुँजीवादी युगको विनास र वैज्ञानिक समाजवादी युगको निर्माणको सुरुवात गरि दिएको थियो।

संसारको इतिहासमा पहिलो पटक मजदूरवर्गको नेतृत्वमा भएको यो क्रान्तिले राज्यव्यवस्थाको भौतिक चरित्रमा नै परिवर्तन गरि शोषक वर्गको स्थानमा शोषित वर्गले राज्यसत्ता कब्जा गरेकाले यसले इतिहासको क्रमलाई नै महान परिवर्तन गरि दिएको थियो। त्यसैले यसलाई महान् अक्टुबर क्रान्ति भनिन्छ।

सन् १७८९ मा फ्रान्समा भएको राज्य क्रान्तिले राजतन्त्रात्मक सामन्तवादी युगलाई समाप्त गरि जुन पुँजीवादी युगको स्थापना गरि दिएको थियो तर, अक्टुबर क्रान्तिले त युगलाई नै परिवर्तन गर्ने र इतिहासलाई उलटफेर गर्ने एक महान् क्रान्तिकारी परिवर्तनकारी काम गरेको थियो। यस क्रान्तिले विश्वभरका उत्पीडित राष्ट्र र मुक्तिकामी जनताको हौसला बढाएको थियो। क्रान्ति र परिवर्तन तथा मुक्तिको आशावादलाई बलियो बनाएको थियो र क्रान्तिकारी नैतिकताको मनोबललाई उच्क्च उठाएको थियो भने प्रतिक्रियावादीहरूको मनोबल गिराई दिएको थियो।

विज्ञप्ती सहित

महान् रुसी अक्टुबर समाजवादी क्रान्ति रुसी भूमिमा सम्पन्न भएको यही २०१९ अक्टुबर २५ (वि.सं. २०७६) कार्तिक ८ गते १०१ वर्ष पुरा हुँदैछ। यस महान् अक्टुबर समाजवादी क्रान्तिले १०१ वर्ष पुरा गरेको ऐतिहासिक अवसरमा संसार भरका उत्पीडित राष्ट्रहरू र क्रान्तिकारी कम्युनिष्ट पार्टीहरू र समुह एवं संघ संस्थाहरूले बढो धुमधुामका साथ ‘अक्टुबर क्रान्तिको सतवार्षिक कि मनाउन गइ रहेका छन् । यो एउटा गौरवको विषय हो।

एक सय वर्ष भनेको ज्यादै लामो समय हो। एउटा सिंगो युग हो। महान् रुसी अक्टुबर समाजवादी क्रान्ति सम्पन्न भएको यस १०१ वर्षका बीचमा मानव समाजमा, विचारधाराका सन्दर्भमा, राजनीतिक व्यवस्थाहरूमा, प्रकृति जगतमा समेत धेरै परिवर्तन भइ सकेका छन्। विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ नयाँ विकास र खोज गरेर मानव जातिले यस विश्व मानव समाजमा अत्यन्तै ठूला ठूला प्रगति र उन्नति गरि रहेका छ। सूचना प्रविधिको विकासले आज विश्वलाई नै एउटा सानो विन्दुमा पुर्याई सकेको छ।

यद्यपि महान् अक्टुबर समाजवादी क्रान्तिबाट निर्माण गरिएको सोभियत मोडेलको समाजवाद माथि प्रतिक्रान्ति भएर रुसमा पुँजीवादको पुनःस्थापना भएको पनि धेरै वर्ष भइ सकेको छ। तर रुसी समाजवादमा प्रतिक्रान्ति भएर पुँजीवादको पुनःस्थापना भएर त्यहाँ नग्न तथा विकृति र विसंगतिले भरिपूर्ण एक कुरूप पुजीवादको विकास भइ रहेको भएता पनि यस महान् रुसी अक्टुबर समाजवादी क्रान्तिको महत्व र त्यसको ऐतिहासिकता अरू बढेर गएको छ। किनकि आजको युग साम्राज्यवाद र विश्वसर्वहारा वर्ग बीचको भीषण वर्ग संघर्षको युग भएकाले यस महान् अक्टुबर क्रान्तिको महत्व झनै बढेर गएको छ।

हस्तबहादुर केसी (क्रान्तिकारी) माओवादी, नेकपा नेता हुन् ।

Loading...

प्रतिकृया लेख्नुहोस्: