मंसिर ४ गते, २०७६

कर्णालीका उदाउदा तारा जित बहादुर राना (रन्जित) को संघर्षमय राजनीतिक जीवन

पटक हेरिएको

कर्णाली प्रदेशको स्थानीय तह चिङ्गाड गाउँपालिका वडा न.५ अवलचिङ्ग निवासी जित बहादुर राना (रन्जित) नेपाल कम्युनिस्ट पार्टी कर्णाली प्रदेश कमिटीका सदस्य हुन्। बुवा भुवाने राना र आमा सुशीला रानाको कान्छो छोराको रुपमा २०२८ साल माग २९ गत्ते जन्मनु भएको हो। उहाँको जेठो दाजु रत्न बहादुर राना पंचायतकालमा दुई पटक र बहुदलीय व्यवस्था मा एक पटक गरि तिन पटक अवलचिङ्ग ३ काे वडाअध्यक्षमा निर्वाचित हुनु भएको थियोे। छाेरा करसिंह राना (समीर) जनमुक्ति सेनाको सदस्य हुदै बटालियन कमान्डर र बुहारी सविता विष्णु राना (सविता .समिरकाे जीवन साथी ) ले स्याङ्जाको लडाइँमा शहादत प्राप्त गर्नु भएको थियोे। जनयुद्ध कालमा नै सुरक्षाको कारण समयमै सहि ठाँउमा बुवाकाे उपचार गर्न नपाएर नै मृत्युु भएको थियोे।

संकटकालमा उहाको कारण बुवा,आमा,श्रीमती ,छाेराहरु,दाजु सहित सबै परिवारका सदस्यहरु पटकपटक हिरासतमा बस्नु भएको थियो।त्यति बेलाको सत्ताशिल बर्गले रानाको घरपरिवार लाई अनेकौं शारीरिक र मानसिक ,भौतिक यातना दिएको थियो। उहाको बुवाको मृत्यु संकटकालमा भएको थियो। समय अनुक्रम आमाले पनि संसार छोडेर जानु भयो। उहाँको श्रीमती ,दुई छाेरा सहित चार जना र दाजुको दुवै जना र छोराहरु, चारजना एकजना अविवाहित नातीहरु तिनजना ,नातिनी एकजना र नातिनी बुहारी गरि १८ जनाको संयुुक्त परिवार छ। घर परिवारको कान्छो छोरा भएर होला उहालाई घरपरिवार बाट माया ममता र हौसलाको कहिले कमि भएन। सानै उमेर देखि मेहनती र पारिश्रमिक गर्नमा उत्तिकै सक्षम पनि थिए।

सानै देखि घरको काममा आमा,बाबा र दाजु लाई सघाउने काम गर्थे। घरमा घाँस दाउरा मेलापात देखि लिएर खेती किसानमा पनि धेरै मेहनती थिए।गाेठमा जाने गाेठालाे काम,घरको काम गरेर स्कुलमा जाने र स्कुल बाट आएर फेरि काम गर्थे।घरको कामले गर्दा बिचमा दुई वर्ष जति उहाको पढाइ छुटेको थियोे। मध्यम बर्गिय परिवारमा हुर्केका रानाले सानै उमेर देखि सुख दुख के हो भन्ने बारेमा थाहा पाए। आठ र नौ कक्षामा पढ्दा आफ्नो पारिवारिक समस्याको कारण मजदुरी गर्न भारत गएका राना भारत बाट फर्किए लगत्तै एक वर्ष जिशिका अनौपचारिक शिक्षाको स्थानीय निरीक्षक काे काम गर्नु भएको थियोे।

भनिन्छ इतिहास कसैको पेवा र निजि हुँदैन। इतिहास त विगतको संग्रह हो। कसैको पनि विगत बुझ्न इतिहास माध्यम मात्रै बनेको हुन्छ। मुलुक परिर्व्तित छ। समय परिवतनशिल छ। गतिशील समयसँगै समाज रुपान्तरणको प्रक्रिया तीव्र गतिमा अघि बढिरहरेको छ। यो मोडसम्म इतिहासलाई डोर्‍याउन हामीले धेरै क्षति पनि मोलेका छौं र उपलब्धिहरु पनि हासील गरेका छौ। जति उपलब्धिहरु हासिल गरेका छौं त्यसको तुलनामा हजारौं गुणा बढी हाम्रा प्रियजनहरु हामीले गुमाउनु परेको पिडा हामी सबैलाई छ। यस क्रममा हामीले हजारौं होनाहार मित्रहरुलाई गुमाएका छौं। यसैको उपलब्धि हो लोकतान्त्रिक गणतन्त्र….

जनयुद्धका उपलब्धि र सहिद बेपत्ताहरुको सम्झना

प्रत्येक वर्ष फागन १ गते जनयुद्ध दिवस मनाईन्छ। वि.सं. २०५२ साल फागुन १ गते नेकपा (माओवादी) को नेतृत्वमा सुरु भएको महान जनयुद्धले देशलाई अर्धसामन्ती तथा पुजीवादी व्यवस्थाबाट अर्ध औपनिवेशिक अवस्थाबाट मुक्त गरी नयाँ जनताको जनवाद हुँदै समाजवाद र साम्यवादको स्थापना गर्नका लागि महान् जनयुद्धको पहल गरेको थियो। दश बर्षसम्म भीषण रुपमा चलेको बर्ग संघर्षले सिङ्गो देशलाई नै तरङ्गित हलचल गराएको थियो। जनयुद्ध रणनीतिक रक्षा, सन्तुलन र प्रत्याक्रमणको चरण हुँदै विकसित हुदै पार्टी, जनसेना र संयुक्त मोर्चाका क्षेत्रमा गुणात्मक उपलब्धि हासिल गर्दै देशव्यापी रुपमा ग्रामीण क्षेत्रमा आधार इलाका स्थापित भएका थिए।त्यति बेला नेपालाको जनयुद्ध विश्वसर्वहारावर्गका लागि पनि आकर्षण र गौरवको विषय बनेको थियोे।

जनयुद्धको यात्रामा झण्डै चौध हजारभन्दा बढी नेपालीहरुले यो व्यवस्था प्राप्तिको निम्ति आफ्नो ज्यानको बलिदान दिएका थिए भने कैयौं योद्धाहरु राज्यद्वारा बेपत्ता पारिए र कैयौं योद्धाहरु घाइते अपाङ्ग भएका छन्। जनयुद्धका दश वर्ष र शान्ति प्रक्रियाका पछिका वर्षहरुलाई कम्युनिस्ट पार्टी र सरकारले कसरी मूल्यांकन गर्ने ? वास्तवमा माओवादी आन्दोलनको विचलन र विघटन कहाँबाट सुरु भयो ? जनयुद्ध आरम्भदेखि चुनबाङसम्मको अवधिलाई कसरी समीक्षा गर्ने ? चुनबाङदेखि काठमाडौं सम्मको यात्रालाई कसरी विश्लेषण गर्ने ? शान्तिप्रक्रियामा आएदेखि यहाँ सम्मको माओवादी आन्दोलनको विभाजन र नयाँ धुव्रीकरणलाई कसरी बुझ्ने ? यसको जबाफ हिजोका सम्पुर्ण क्रान्तिकारी कम्युनिस्ट वादीहरुले खोज्ने भएछ। ०५२ फागुन १ मा माओवादीले सामन्तवाद, दलाल र नोकरशाही पुँजीवादका विरुद्ध सशस्त्र जनयुद्धको उद्दघोषण गर्‍यो यो नेपालको इतिहासमा सर्वा्धिक ठूलो सशस्त्र आन्दोलन थियो जसको लक्ष्य नयाँ जनवादी राज्यसत्ताको स्थापना थियो जुन आज यसका महत्त्वपूर्ण आधार स्तम्भहरु खडा भएका छन।अब अब यसलाई कसरी कार्यनयन गरेर अगाडी बढ्ने बारेमा पार्टी र सरकारले गम्भीर ध्यानाकर्षण गर्नु पर्ने बेला भएको छ।

आज जनयुद्धका लक्ष्य पूरा नहुँदै माओवादी आन्दोलनको ठूलो हिस्सा संसदवाद र गोल चक्करवादमा पुगेर विसर्जन भएको छ भने अर्को क्रान्तिकारी हिस्सा नयाँ शिराबाट अघि बढ्दैछ। खास गरी नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा रहेको माओवादीले दश वर्ष लामो जनयुद्धका लक्ष्यलाई भिन्न शिराबाट पूरा गर्ने बाटो तय गरेको दावी गर्दैछ भने शुरुदेखि नेतृत्वमा रहेरका डा. बाबुराम भट्टराईले नयाँशक्ति हुदै संघिय समाजपार्टी फोरम नेपाल नामको बाटो खोलेका छन्। बाल सैन्य (आयोग्य लडाकु) देखि लिएर सान्ती सम्झौता पछि पनि थुप्रै आरोह अवरोधहरु खडा हुदा कतिपय कार्यनयन हुन नसकेका थुप्रै असन्तुष्टीहरु छन्। यी असन्तुष्टिहरुलाई कार्यनयन गरेर अगाडि बढ्नु नै बैज्ञानिक समाजबादको दायित्व हो। वास्तवमा जनयुद्धका दश वर्ष माओवादी आन्दोलनको एउटा स्वर्ण युग भन्दा फरक नपर्ला किन भने दश वर्षे जनयुद्धले नेपालको सामन्तवादी संरचनालाई जरैदेखि हल्लाएको हो।सामन्तवादका जराहरु गाउँ गाउँबाट काटिए। त्यसैको बलमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भयो। मुलुकले नयाँ संविधान पायो।यो त सिंगो नेपाली समाज र विश्वले स्वीकार गरेको विषय हो।

दश वर्षे जनयुद्धले सशस्त्र छापामार टुकडीको निर्माण गर्दै दशौं हजारको संख्यामा विशाल जनमुक्ति सेना निर्माण गरेको माओवादीले हजारौ पूर्णकालीन कार्यकर्ता उत्पादन गर्यो र तिनै कार्यकर्ता र जनसेनाको बलमा गाउँ,गाउँबाट स्थानीय सत्ता निर्माण भएका थिए। स्थानीय सत्ताबाट जिल्ला जनसरकार हुँदै माओवादी केन्द्रीय जनसरकारमा पटक पटक पुग्यो। देश व्यापीरुपमा माओवादी आन्दोलनको तिब्र गति शुरु भयो। आफ्नै जनसेना, जनसत्ता, जनअदालत र जनकम्युनहरु स्थापना गर्नु कम्ति चानचुने कुरा थिएन त्यो बेला।नेपाली धर्तीमा यति ठूलो सशस्त्र आन्दोलन नेपाली व्यवस्था परिवर्तनको निम्ति कहिल्यै भएको थिएन । माओवादी आन्दोलनले खास गरी विपन्न किसान, उत्पीडित महिला, दलित, जनजाति, मधेश र उपेक्षित क्षेत्रका समुदायमा ठूलो प्रभाव परेकाले नै नेपाली जनताले चाहेको लोकतान्त्रिक गणतन्त्र स्थापित भएको हो।

यी परिघटनाहरुबीच ०६२ असोज कार्तिकमा रुकुमको चुनबाङमा सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले राजनीतिक कार्यदिशाको रुपमा लोकतान्त्रिक गणतन्त्रको कार्यनीति र फौजी रुपमा ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति पारित गरेको थियो। दस्तावेजमा टेकेर बहस गर्ने हो भने कार्यनीतिक रुपमा चुनबाङले तय गरेको राजनीतिक र फौजी कार्यनीतिलाई प्रचण्ड र बर्तमान सरकारले इमान्दारितापूर्वक कार्यान्वयन गर्न सके नेपालमा नयाँ ढंगबाट समाजबादको दिशामा जाने निश्चित छ। धेरै लामो त्याग तपस्या संघर्ष र नेपाली जनताको बलिदान बाट अहिले मुलुकले लोकतान्त्रिक संविधानको बाटो समातेको छ। यो एउटा महत्त्वपूर्ण उपलब्धी हो। जनयुद्धको उपजको रुपमा मुलुकले संविधान पाएको छ। केही व्यक्तिहरु हार्दैमा, गल्दैमा र कोही मान्छेहरु गोलचक्करमा हराउँदैमा कुनै पनि क्रान्तिले हार्दैन। क्रान्तिकारीका सपनाहरु कहिल्यै मर्दैनन्। इतिहासमा जित क्रान्तिकारीहरुकै हुन्छ।फागुन एक गतेको क्रान्तिकारी र गौरवशाली इतिहासलाई संरक्षण गरेर अगाडि बढ्नु नै अहिलेको आवस्यकता हो।

जित बहादुर राना(रन्जित)को राजनीतिक यात्रा…..

२०४७सालमा तत्कालीन मालेकाे साधारण सदस्ययता लिनुभएका जित बहादुर राना(रन्जित)कम्युनिस्ट बन्नुपर्छ भन्ने प्रेरणा गाउँ घरको परिवेश र देशको अवस्था ,माेदनाथ प्रश्चितकाे देवासुर संग्राम र अखिलकाे लुम्बिनी आवाज,लगायत आदर्णिय दाजु एवं शिक्षक गुरु तुलसिंह राना क्षेत्री बाट प्राप्त गर्नुभएको थियो।एउटा असल राजनीतिक नेतृत्वबाट नै जनताको बहुदलीय जनाबादलाई स्थापित गर्ने सकिन्छ भन्ने प्रेरणा तुलसिङ्ग राना र हर्क बहादुर रानाबाट नै उहाले सिक्नुभएको हो।

२०४८ भैरव माविको प्राक अध्यक्ष ,एरिया नं ६काे अध्यक्ष , अखिल काे जिल्ला सदस्य २०५० सालमा तीन कार्यकाल जिल्ला कमिटी ,प्ररायु संघको जिल्ला कमिटी ,पिपल्स भाेलन्टियरकाे जिल्ला कमिटी मा कार्यरत लामो अनुभव हुदै,२०५३मा एमालेकाे संगठित सदस्य बन्नुभएको थियोे। जित बहादुर राना( रन्जित)ले सुर्खेतको जिल्ला जनसरकार काे सदस्य हुँदै भेरी कर्णाली जनसरकार सदस्य काे रुपमा महत्त्वपूर्ण कामहरु गर्नु भएको थियो। त्यसै गरी सैन्य संगठन मा २ वर्ष लामो जिम्मेवारी बहन गर्नु भएका राना एक दर्जन बढी ठुला फौजी कार्वाही मा सहभागी पनि हुनु भएको थियो

साम्यबाद

साम्यवाद एउटा सामाजिक-आर्थिक संरचना एवं राजनीतिक विचारधारा हो। साम्यवादी व्यवस्थामा समतावादी, वर्गविहीन समाजको स्थापना गरिन्छ। यस व्यवस्थामा सबै उत्पादनका साधन एवं सम्पत्तिमा सम्पूर्ण समाजको स्वामित्व हुन्छ। साम्यवाद, समाजवादको एउटा शाखा मानिन्छ। साम्यवादमा कुनै पनि सम्पतिमा कसैको पनि ब्यक्तिगत स्वामित्व हुन्न तर उसले आफ्नो आवस्यकता अनुसार भोगचलन गर्न भने पाउछ।

पटक पटक गरि दर्जनौं पटक मृत्युको मुखबाट बाच्न सफल हुनुभएका राना २०६३ सालमा पार्टी संगठन मा आएपछि पश्चिम सुर्खेतको इन्चार्जको महत्त्वपूर्ण जिम्मेवारी समाल्नु भएको हो। ०६३काे शान्ति प्रक्रिया पछि सुर्खेत भ्याली मा कार्य क्षेत्र भएकोले उहाले वीरेन्द्रनगर इन्चार्ज देखि लिएर प्राध्यापक ,कर्मचारी ,बुद्धिजीवी ,प्रशासन ,आर्थिक विभागको फ्रयाक्सन इन्चार्ज काे रुपमा काम गरि सक्नु भएको छ। २०५८ सालमा जिल्ला जनसरकार प्रमुख ऋषि गौतम राहुल हुदादेखि नै जनसरकार काे सदस्य,भेरी कर्णाली जनसरकार प्रमुख क खड्ग विश्वकर्मा प्रकाण्ड काे नेतृत्वमा भेरी कर्णाली जनसरकार सदस्य काे रुपमा महत्त्वपूर्ण जिम्मेवारीको भुमिका निर्वाह गर्नु भएको थियो।

२०६५ मा नेकपा माओवादी र नेकपा एकता केन्द्र काे एकीकरण पछि एकीकृत नेकपा माओवादीकाे जिल्लामा सहसेक्रेटरीकाे रुपमा काम गर्दै जिल्लाको सचिवालय सदस्य देखि नै निरन्तर जिल्ला कार्यालय र कार्यालयलाई नजिकैबाट सहयोग गर्नु भएको थियो। एकीकृत नेकपा माओवादी र नेकपा वैधकाे एकीकरण पछि नेकपा माओवादी केन्द्रको केन्द्र काे आयाेजक समिति भए पनि जिल्ला कार्यालय मा रहेर काम गर्नुभएको हो। राष्ट्र,राष्ट्रियत,र स्वधिनताको पक्षमा जन वर्गीय संगठनको विभागिय इन्चार्जकाे रूपमा सकारात्मक काम गर्दा त्यतिबेला बाट नै कर्णालीका जनताको ढुकढुकी बन्न सफल हुनु भएको हो।

१. २०५८मा विद्रोह गरि नेकपा माओवादीमा प्रवेश र पुर्णकालिन कार्यकर्ता ।

२. २०५८जेठमा शहिदवस्ती गाउँ जनसरकार प्रमुख अवलचिङ्ग,

३. २०५८ असारमा चिङ्गाड इलाका जनसरकार सदस्य सुर्खेत।

४.२०५८साउनमा नेकपा माओवादीकाे एरिया सदस्य ,

५. २०५८ कार्तिक मा एरिया सेक्रेटरी (A1.A6),२०५९

६. बैशाख मा पार्टीको जिल्ला कमिटी सदस्य चिङ्गाड र पश्चिम सुर्खेत मा ईन्चार्जकाे रुपमा काम,

७.२०६० जिल्लाका सचिवालय सदस्य जिल्लाकाे पुर्वी कमाण्ड तथा विशेष एरिया इन्चार्ज।

८.२०६१ मा सैन्य उपव्युराे सदस्य असाेज र जनमुक्ति सेनाको कम्पनी कमिसारकाे जिम्मेवारी।

९.२०६३ मा पार्टी संगठन मा जिम्मेवारी।

१०.२०६४ भेरी कर्णाली राज्यसमिति सदस्य।

११,२०६५-२०७१ सम्म सुर्खेत जिल्ला सहसेक्रेटरीकाे जिम्मा।

१२,पार्टी एकीकरण पछि नेकपा माओवादी केन्द्र काे राष्ट्रिय महाधिवेशन आयाेजक समिति सदस्य।

१३. हाल दुई पार्टीको पार्टी एकता पछि कर्णाली प्रदेश कमिटी सदस्य।

१४. २०६३ मा नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन सुर्खेतको अध्यक्ष।

१५. २०६५ मा भेरी कर्णाली राज्य समिति अध्यक्ष।

१६. केन्द्रीय समिति सदस्य हुँदै केन्द्रीय उपाध्यक्ष र भेरी कर्णाली काे इन्चार्ज काे रूपमा जिम्मेवारी बहन।

जित बहादुर राना(रन्जित) शिक्षा र अनुशासन बिना मानव र विद्यार्थी जिवन सधै खतरामा रहेको हुन्छ

शिक्षा आँखाको ज्योति हो योबिना मानवको जीवन अन्धकार हुन्छ। मानव जीवनलाई सफल र उन्नत बनाउन शिक्षासँगै अनुशासनको अधिक महत्त्व रहन्छ। शिक्षा आर्जन गर्नुमात्रै सफलता होईन।शिक्षालाई स्तरीय र भविष्य अनुकुल बनाउन अनुशासनको साथै इच्छा र लगनशिलताको पनि उत्तिकै आवश्यकता पर्दछ। असल शिक्षा आर्जन गर्न, शिक्षालाई जीवनोपयोगी बनाउन साधना र तपस्या नै गर्नु पर्दछ। यसरी प्राप्त शिक्षाले स्वयंको जीवनलाई सफल बनाउँदछ नै, अन्यको जीवनमा पनि बदलाव वा सम्भावना बढाउने र उर्जा ल्याउने तागत राख्दछ। अनुशासन सफलताको मार्ग हो, जुन मानवको असल विकासको लागि धेरै आवश्यक छ। मानवले शिक्षा र ज्ञानको साथमा अनुशासनले जीवनयापन गर्दछ भने ऊ आफ्नो सुख र समृद्धिमा भविष्यको लागि मार्ग निर्धारण गर्न सक्दछ।

विद्यार्थी भनेका शिक्षित, सभ्य र चेतनशील नागरिक हुन्। विद्यार्थी जीवन मानव जीवनको अमूल्य जीवन हो। यो बितेपछि पुनः फर्केर आउँदैन। यो अवस्थामा शिक्षा ग्रहण गर्दा आफ्नो लगनलाई केन्द्रित गर्नु पर्दछ। अनावश्यक विवाद र खराब मार्गमा आफूलाई कत्ति पनि विकेन्द्रित गर्नु हुँदैन। आज गरिएको शिक्षाप्रतिको उदासीनताले भविष्यमा जीवनलाई अप्ठ्यारो मोडमा उभ्याउन सक्दछ। त्यस बेला हत्केला पुर्पुरोमा समाउनु शिवाय केही रहँदैन। विद्यार्थी भनेका शिक्षित, सभ्य र चेतनशील नागरिक हुन् ।

विद्यार्थी जीवन मानव जीवनको अमूल्य जीवन हो। यो बितेपछि पुनः फर्केर आउँदैन। यो अवस्थामा शिक्षा ग्रहण गर्दा आफ्नो लगनलाई केन्द्रित गर्नुपर्दछ। अनावश्यक विवाद र खराब मार्गमा आफूलाई कत्ति पनि विकेन्द्रित गर्नु हँदैन। आज गरिएको शिक्षाप्रतिको उदासीनताले भविष्यमा जीवनलाई अप्ठ्यारो मोडमा उभ्याउन सक्दछ। त्यस बेला हत्केला पुर्पुरोमा समाउनु शिवाय केही रहँदैन। शिक्षा र अनुशासनबिना मानव वा विद्यार्थी जीवन सधैँ खतरामा नै रहेका हुन्छन्।

जित बहादुर राना (रन्जितको) सामाजिक अनुभव

जिल्ला सहकारी संघ सुर्खेतको सदस्य।

भैरव उच्च माविको अवलचिङ्गको अध्यक्ष।

सुर्खेत जनमाविको विद्यालय समितिको सदस्य।

२०६५ मा सुर्खेत उपत्यका नगर विकास समितिका अध्यक्ष ,२०६८ मा मध्य पश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतको अध्यक्ष।

२०७३ मा सुर्खेत मा मेडिकल कलेज स्थापनाका लागि गठित प्रारम्भिक कार्य समितिका संयाेजक।

पुनश्च:नेकपा माओवादी र नेकपा एकता केन्द्र काे एकता पछि( २०६५) एकीकृत नेकपा ( माओवादी) र एमाओवादी नेकपा वैध काे एकता पछि नेकपा माआवादी केन्द्र नामाकरण भएको।

जित बहादुर राना (रन्जित)को शिक्षा र शिक्षण अध्यापन

विद्यार्थी जिवनमा धेरै आरोह अवरोहहरुलाई छिचोल्दै जित बहादुर रानाले (रन्जित) ले कक्षा एक देखि एसएलसी सम्माको अध्यन आफ्नै गाउँमा रहेको भैरव मावी अवलचिङ्गको स्कुलबाट पूरा गर्नु भएको हो। भारत बाट फर्केर फेरि पढाइ शुरुआत गर्नु भएका रानाले २०४९ सालमा SLC पास गरेर आई एड पास गरेपछि जिशिकाे अनौपचारिक शिक्षाको स्थानीय निरीक्षक काे काम गर्नु भएको थियो। निज रानाले आईएड र बि.एड सुर्खेत शिक्षा क्याम्पसबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर गर्नु भएको छ।

यसै गरी शैक्षिक अध्यापनमा पनि उहाको महत्त्वपूर्ण योगदान रहेको छ। श्री लक्ष्मी प्रावि चँदर्केमा २०५६-२०५८सम्म स्थानीय श्राेतमा अध्यापन गर्नु भएको थियो।अन्य स्कुलमा अध्ययन काे क्रममा नेवारे माविमा ,भ्याली मेरिडियन बाेर्डिङ्ममा पनि उहाँ सङ्ग अध्यापनको लामो अनुुभव छ। शिक्षा सेवा आयोयाेगमा पास भएर पनि सरकारी जागीरमा नलागेर राजनीतिमा लाग्नु भएको हो।

लेखक : खगेन्द्र हमाल हुन्

Loading...

प्रतिकृया लेख्नुहोस्: