चैत्र १५ गते, २०७६

पूजिबाद र साम्यबाद बिचको संक्रमणकालिन चरण नै समाजबाद हो।

पटक हेरिएको

खगेन्द्र हमाल
कर्णाली प्रदेश ६ सुर्खेत

नेपाल कम्युनिस्ट पार्टी नेकपा नेपाली सर्वहारा श्रमजीवी बर्गका जनताको राजनीतिक प्रतिनिधि सस्था हो।यसले मजदुर, किसान, निम्न पुजीपति,राष्ट्रिय पुजिपती,र सम्पुर्ण जाती, भाषा एवंम सास्कृतिकका जनसमुदायको हितलाई प्रतिनिधित्व गर्दछ।यसको स्थापना २००६ साल बैशाख १० गते भएको हो।विस्सस्२०१७ सालपछि नेपाली राजनीति र अन्तरास्ट्रिय कम्युनिस्ट आन्दोलनमा देखा परेका सैद्धान्तिक एवंम राजनीति मतभेदहरुका कारण यस पार्टीमा बिभाजन भएर अनेकौं समुहहरु बनेका थिए।करिब तिसको दशकबाट शुरु भएको पुनर्गठन र एकीकरण निर्मित नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत मार्क्सवादी(लेलिनवादि०र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बिच २०७५ साल जेठ ३ गते एकता भएर नेपाल कम्युनिस्ट पार्टी नेकपा निर्माण भएको हो।

यस पार्टीको रणनीतिक लक्ष्य अर्थात अधिकतम कार्यक्रम बैज्ञानिक समाजबाद हो।न्युनतम कार्यक्रम जनताको जनबाद हो र यो समाजबाद उन्मुख छ।यो पार्टीले समाजमा रहेका सबैखाले शोषण उत्पीडितन र बिभेदहरुको अन्त्य गर्दै मानव जातिको सबैभन्दा विकसित समाजिक आर्थिक व्यवस्था साम्यवाद सम्म पुग्न सकिन्छ भन्ने विश्वास गर्दछ।यस पार्टीले स्थापनाकालदेखी नै राष्ट्रियता लोकतान्त्रिक जनजिविका र आर्थिक समाजिक रुपान्तरणका लागि भएका शान्तिपुर्ण सशस्त्र संघर्षहरुमा नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएको छ।यसै क्रममा शान्तिपूर्ण जनआन्दोलन र संसदिय संघर्षको बाटोबाट अघि बढेको नेकपा एमाले र जनयुद्धको बाटोबाट अघि बढेको नेकपा माओवादी केन्द्रको पहलकदमी र नेतृत्वमा सम्पन्न २०६२र६३ को जनक्रान्तीबाट राजतन्त्रको अन्त्य गरि संघीयता,धर्मनिरपेक्षता,समावेशीता,समानुपातिकता जस्ता विशेषतासहितको लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न संभव भएको हो।जनक्रातिका उपलब्धिहरुको रक्षा गर्दै शान्तिपूर्ण संबैधानिक लोकतान्त्रिक बाटोबाट समाजिक आर्थिक रुपान्तरण गर्नु र राष्ट्रिय पुजिको विकास गर्दै सामाजिक न्याय एवम् लोकतान्त्रिक मूल्यसहितको समाजबादको निर्माण गर्नु यस पार्टीको तत्कालीक लक्ष्य हो।

दलाल नोकरशाही पुजीवादी शोषण उत्पीडन सम्राज्यबादी हस्तक्षेपलाई परास्त गर्नु आर्थिक सामाजिक तथा सास्कृतिक क्षेत्रमा विद्यमान सामन्तबादका सबै अवषेशहरुलाई समाप्त गरि स्वाधीन राष्ट्रिय अर्थतन्त्रको जगमा समृद्ध नेपालको निर्माण गर्नु यस पार्टीका तत्कालीक कार्यभार हुन।जनताको बहुदलीय जनबादको अवलम्बन गर्दै आएको नेकपा ९एमाले०र माओवाद एवम् २१औ शताब्दिको जनबाद अवलम्बन गर्दै आएको नेकपा९ माओवादी केन्द्र०बिचको एकताबाट निर्मित यो पार्टी संविधानको सर्बोच्चता,बिधिको शासन,मानवअधिकार एवम् मौलिक हकको प्रत्याभुती,शक्ति पृथकिकरणको सिद्धान्त,बहुलतायुक्त खुल्लासमाज,बहुदलीय प्रतिस्पर्धा,आवधीक निर्वाचन,जननिर्वाचित प्रतिनिधिहरुबाट सरकार संचालन,प्रतिपक्षको संबैधानिक व्यवस्था,स्वतन्त्र न्यायपालिकालगायत आधुनिक लोकतान्त्रका विश्वव्यापी मुल्य मान्यतामा प्रतिबद्ध छ।यस पार्टीको मार्गदर्शन सिद्धान्त मार्क्सवाद लेलिनबाद हो।जनताको बहुदलीय जनबाद र माओवादका सम्बन्धमा आगामी महाधिवेशनसम्मा बिधिसम्मत छलफल गरि निष्कर्षमा पुगिनेछ।

जनताको बहुदलीय जनबाद
एमालेको विक्रम सम्वत् २०७१ मा भएको नवौं महाधिवेशनको मूल नारा नै थियो।शान्तिपूर्ण जनक्रान्तिका उपलब्धिहरूलाई संस्थागत गरौं,जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गरौं।यसकै आधारमा राजनीतिक कार्यदिशा तय भएको थियो । त्यतिबेला एमालेले यसलाई नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्तकै रुपमा अघि सारेको थियो । महाधिवेशनले पारित गरेको दस्तावेजमा भनिएको छ जनताको बहुदलीय जनवाद नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त हो । यो समाजको गुणात्मक रूपान्तरण गर्ने कार्यक्रम मात्र होइन, त्यस्तो कार्यक्रमको निरूपण, त्यसका रणनीतिहरूको तर्जुमा, त्यस्तो रणनीति कार्यान्वयन गर्ने पार्टीको निर्माण एवम् हाम्रा दैनन्दिन आचरण र व्यवहारलाई दिशानिर्देश गर्ने सिद्धान्त समेत हो। मार्क्सवादका सार्वभौम सच्चाइहरूलाई नेपाली क्रान्तिको विशिष्ट व्यवहारमा लागू गर्ने क्रममा जनताको बहुदलीय जनवादको विकास भएको हो।त्यसैले अब नेपाल कम्युनिस्ट पार्टी नेकपाले काल्पनिक समाजबाद हुदै बैज्ञानिक समाजबादको जग निर्माण गर्न अति आवश्यक छ।सबै मानबजातिको उन्नति, सबै मानिसहरुका बिचमा समानता,एक मान्छेबाट आर्को मान्छेको शोषण हुने प्रणालीको समाप्ती, मानिस मानिसका बिचमा सार्बभौमिक प्रेमको स्थापना जस्ता कुराहरुका बारेमा मानब समाजका अगुवाहरुले धेरै पहिलैदेखि सोंच्दै र चिन्तन मन्न गर्दै आएका हुन् । असमानताको सुरुवात समाजमा बर्ग बिभाजनसंगै सुरु भयो । बर्ग बिभाजनसंगै दुई बिपरीत बिश्व–द्रष्ट्रिकोण र दुई बिपरीत स्वार्थहरु देखापरे । समाजको बिशेषधिकार सम्पन्न बर्ग अथवा हुने खानेहरुले शोषणमुलक ब्यवस्था टिकाइराख्न चाहन्छन् भने शोषित पिडितहरु बर्गीय शोषणलाई समाप्त पार्ने चाहन्छन् । समाजमा रहेको असामनता हटाउन धेरै चिन्तन र प्रयोग भएका छन् । समाजमा प्रयोग हुनुभन्दा पहिले कुनै बिचार कल्पना कै रुपमा रहन्छ ।

समाजबादको कल्पना गर्दा काल्पानीक समाजबादी बिचारधाराका संस्थापक थमस मूरले सन् १४७७–१५३५ को अवधिमा आफनो पुस्तक राज्यको सर्बश्रेष्ठ ब्यवस्था र यूटोपियाको नयां द्धीपको बारेमा अत्यन्त मनोरञ्जक र उपयोगि पुस्तक १५१६ मा आफनो धारण कल्पनाशिल ढंगले प्रस्तुत गरेका थिए।पुस्तकमा थमस मूरले अटोपिया भन्ने काल्पनिक समुन्द्री टापुको यात्राको बर्णन गरेका छन् । त्यस टापुमा निजि सम्पत्ति थिएन, सबैले शिक्षा पाउने ब्यवस्था थियो, सबै धर्मलाई समान अधिकार दिइएको थियो तथा सबै मानिसहरु मिलिजुलि काम गर्थे र बाँडीचुंडी खान्थे । सबैमा बडो प्रेम थियो, झगडा कतै थिएन र्। एकीकृत गरीएको थियो । थमस मूरले उपन्यास लेखेका थिए तर पनि उनका बिचारलाई इङ्गलैंण्डका तत्कालिन निरङकुश राजतन्त्रले सहन सकेन र बेलायती राजा हेनरी अष्टमका आदेशमा मृत्युदण्ड दिइयो । उत्पादनको एकाई परिवार थियो तथा निर्बाचित जनप्रतिनिधिहरुले राज्य ब्यवस्था चलाउंथे । मानिसहरुले प्रतिदिन ६ घण्टा काम गर्थे र बांकी समयमा बिज्ञान र अनुसन्धान गर्थे । यस द्वीपमा ब्यक्तिको सर्बाङ्गीण बिकासलाई अत्यन्त उच्च महत्व दिइन्थ्यो तथा शिक्षा र श्रमलाइ एकीकृत गरीएको थियो । थमस मूरपछि आर्को काल्पनाबादी समाजबादी चिन्तक देखापरे– तम्मासो कम्पान्नेल्ला ९१५६८–१६३९० यिनी साधु थिए । साधु हुनुभन्दा अगाडी यिनको नाम गियोभान्नी डोमेनीको थियो । यिनी इटलीका दर्शनीक हुन् ।इटलीलाई स्पेनको औपनिबेश्कि शासनबाट मुक्त गर्ने सन् १५९९ मा यिनको नेतृत्वमा बिद्रोहको प्रयास भएको थियो । स्पेनी शासकहरुले यिनलाई गिरफ्तार गरे र सत्ताइस बर्ष जेल हाले । जेलमा रहेको बेला यिनले सूर्यनगर भन्ने पुस्तक लेखे । यो पुस्तक सन् १६०२ मा लेखिएको थियो तथा सन् १६२३ मा भूमिगत ढङ्गले छापिएको थियो । यो पनि एउटा औपन्यासिक कृति नै थियो र यो कृति को भाबधारा थमस मूरको पुस्तकसंग मिल्थ्यो ।

समाजबादको लागि आधार भुमिस् सन् १४२५को आसपासदेखि १९औ शताब्दीको शुरुसम्म बेलायत र अरु युरोपेली मुलुकका पूँजिबादीहरु बार बार्ने आन्दोलन ९भ्लअयिकगचभ mयखझभलत० गरेका थिए । आन्दोलनमा पूँजिबादी शासकहरुले सैनक सहयोग लिएर उपनिबेश कायम गरीएका देशहरुमा आम जनतालाई बिना कसुर घरबारबिहीन बनाएका थिए । हजारौ गाँउका किसानहरुलाई उनिहरुका भुमिबाट जबर्जस्ती लखेटीयो । र अन्न फल्ने खेतबारीमा भँडा पालन शुरु गरे । तत्कालिन समयमा बिश्व बजारमा उनी कपडाको माग निकै उच्च रहेको थियो । त्यो माग पुर्तिको लागि बढी भन्दा बढी भेंडा पाल्नुपर्ने थियो । त्यसको लागि जमिन्दार बनेका नयां पुंजिपतिहरुले सरकारी सहयोग लिएर किसानहरुलाई बलपुर्बक लखेटने जघन्य अपराध गरे । यस प्रकार ज्यालादारी श्रमिक वा सर्बहारा बर्गको उदय भएको थियो । यसबारेमा मार्क्सले लेख्नु भएको छ –चर्चको सम्पत्तिको लुट, राज्यको जमिन घोखाधडीद्घारा कब्जा गर्नु, जन्ताको सामुहिक राजिनामा डकैटी, सामन्ती र समुदायको सम्पत्तिहरण र आंतकबादी तरीकाहरुको अन्धाधुन्ध प्रयोग गरेर त्यसलाई आधुनिक ढंगको निजि सम्पत्तिमा फेर्नु– यि सुन्दर तरीकाहरु थिए, जसको माध्यमबाट आदिम संचय भएको थियो । यि तरीकाहरु प्रयोग गरेर पूँजिबादी खेतीको लागि मार्ग प्रशस्त गरीयो ।

बेलायतमा सामन्तबादको बिरुद्व सङ्गठित प्रयास सन् १६४० मा शुरु भयो तथा चाल्र्स प्रथमलाई ३० जनवरी १६४९ मा मृत्युदण्ड दिइयो । सन् १६८८ मा बिलियम अफ अरेन्जलाई संबैद्मानीक राजाको रुपमा राजगद्दीमा बसालीएपछि बेलायतमा राजनैतिक रुपमा पूँजीबादी प्रजातन्त्रलाई संस्थागत गरीयो तर आर्थिक क्षेत्रमा सामनबाद नै हाबी थियो । बणिक नितिमा अर्थतन्त्र सञ्चालन थियो । कानुनहरु सामन्तहरुकै हातमा थियो । पाँच वटा ठूला ब्यापारीक घरानाहरुलाई मात्रै बिदेशी ब्यापारको अधिकार थियो । त्यति नै बेला अर्थशास्त्री एडम स्मिथले आफनो वेल्थ अफ नेसन्स मार्फत आर्थिक मामलामा सरकारी तथस्थता, स्वतन्त्र ब्यापार, ब्यक्तिबाद र बैयक्तिक स्वतन्त्रताका नाराहरु अगाडी सारे । यि बिचारहरुले सन् १७८९ को फान्सेली राज्य क्रान्तिलाई जन्म दिए । स्वतन्त्र बजारको अर्थब्यवस्थालाई जादूको शाक्ति ठानिएको थियो । आम शोषित पिडित जनताले पूंजीबादी क्रान्तिद्वोरा आफनो कंगाली समाप्ती हुने थानेका थिए तर ब्यवहारमा त्यस्तो केही पनि भएन झन गरीब र धनी बिचको खाडल झन बढाइदिएको थियो । साना पूंजिपति र साना ब्यापारीहरुका लागि सामन्ती बन्धनबाट मुक्तिको अर्थ आफनो साना सम्पत्ति ठूलो पूंजिपतिहरुको हातमा बेंञ्चने स्वतन्त्रा भएको थियो । सामन्तहरुले आफनो शाक्तिको आधारमा गरीबहरु मथि दमन गर्थे । पूँजिपतिहरुले पूंजीको आधारमा गरीबहरुलाई उठीबास गर्ने थाले । आर्थिक उन्नतिको रसपान पूंजिपतिहरुले गर्थे । गरीबहरुका लागि भने चारैतिर कंङ्गाली, बेरोजगारी र अशिक्षा थियो । त्यस्तो अवस्थामा पूँजिबादी अर्थशास्त्रको बिकल्प खोज्नको लागि अध्यनशिल र जिज्ञासु मानिसहरु अघि सर्नु स्वभाबिक थियो ।यस्तै अवस्थामा काल्पनिक समाजबादको उदय र बिकास भएको हो ।

समाजबादको ब्यवहारीक अभ्यास सन् १८०० देखि १८२४ सम्म भौतिकबादी बिचारक ओवेनले स्कटल्याण्डमा रहेको आफनो नयाँ लानार्क सूती कपडा कारखानामा १६–१८ घण्टाको कार्यदिवसलाई घटाएर १० घण्टे कार्यदिवस बनाए । काम गर्ने स्थानको अवस्थामा सुधार गरेर स्वास्थ्य र सुरक्षित बनाए । मजदुरहरु र तिनका बच्चाबच्चीहरुलाई पढाउन कारखाना भित्रै बिद्यालय खोले, मजदुरहरुलाई नैतिक शिक्षा दिए तथा उनीहरुका आवासका ब्यवस्था समेत गरे । आफनो कारखानामा बालश्रमको निषेध गरे । कारखानाकै खर्चमा मजदुरहरुका लागि दुर्घटना बिमाका ब्यवस्था गरे । ओबेनको कारखानामा उत्पादन झन बढयो । मजदुरहरु पनि प्रशन्न थिए । यिनको कारखाना नाफामा चलिरहेको थियो । यिनले मजदुरहरुलाई लाभाश समेत बाँडेका थिए । यसो भएपछि ओबेन खुशी नहुने कुरै भएन् । ओबेनको बिचार नै १९औ शाताब्दीका समाजबादी सिद्वान्तहरु र कार्यक्रमको मार्गदर्शक बनेको थियो । ओबेनको बिचारमा सरकारले केन्द्रिकृत योजना लागु गर्ने र जनताले सहकारी आन्दोलन सञ्चालन गर्ने हो भने सबै जनताको जिबनस्तरमा सुधार ल्याउन सकिन्छ भन्ने बिचार नै समाजबादीहरुका लागि मार्गदर्शक बनेको थियो ।यसैगरी ओबेनले अमेरीकामा पनि गएर केही गर्ने सकिन्छ कि भनेर सन् १८२४ मा ओवेन अमेरिका तिर गए । ओवेनले अमेरिकाको इन्दियाना भन्ने ठाँउमा न्यु हारमोनीे कोलोनी स्थापना गरे । सन् १८२९ सम्मा यिनले १६ वटा कोलोनीहरु स्थापना गरेका थिए । तर ३–४ बर्षको बिचमा सबै कोलोनीहरु टाट पल्टेको थियो ।यसको कारण थियो–ओबेनले अमेरीकी मजदुरहरुका बिश्वास जित्न सकेन्न्, र टाट पल्टीनुको कारणको बारेमा अनुसन्धान गर्नु भन्दा अगाडी नै यिनको अमेरीकी ब्यापारीक पार्टनर कुलेलम ठोकेकोले टाट पल्टीनुको कारणको बारेमा पत्ता लगाउन सकेन्न् । र ओबेनको बिचार पनि माक्र्स–एङ्गेल्सको समाजबादी सिद्वान्तको पूर्बाधार तयार गर्ने काममा सहयोगी समेत भयो । सोभियत संघको संबिधान १९३६ मा जारी गरेको संबिधानको धारा ५ मा– सोभियत संंघमा समाजबादी सम्पत्ति या त राज्यको सम्पत्ति ९सबै जनताको स्वामित्व ० मा रहन्छ अथवा सहकारी र सामुहिक खेतीको सम्पत्ति वा सहकारी सङ्गठनको सम्पत्तिको रुपमा रहनेछ ।

समाजबादी चिनमा थुप्रै प्रकारका सहकारी खेती मिसीएर जनकम्युन खडा गरे र यहि जनकम्युन चिनको हरेक भागमा स्थापित छ । यसले हरेक क्षेत्रको उन्नतिमा महत्वपुर्ण भुमिका खेलेको छ ।जनकम्युन समाजको प्ररम्भीक एकाई हो । यसले आफनो सिमाभित्र रहेर औद्योगिक र कृषि उत्पादन, ब्यापार, सांस्कृतिक र शिक्षा सम्बनधी सबै प्रकारका कार्यहरु गर्नुको साथै राजनिती सम्बन्धी सबै प्रकारका चाँजो मिलाउने गरीन्छ । सैनिक तालिम दिएर मिलिसिया तयार पार्ने समेत जनकम्युनलाई जिम्मेवारी हुने गर्दछ । चिनमा सन् १९५८ पछि स्थापित जनकम्युनले आफनो कार्यक्षेत्र भित्र सिंचाइको लागि नहर, कम्युनलाई अनिकाल र भेलबाट जोगाउन् बाँध बांन्धने, खेतीमा उत्पादन बढाउन बैज्ञानिक उपकरणको प्रयोग गर्ने समेत जनकम्युनले गर्दछ । निशुल्क स्कुलको संचालन गर्ने,केटाकेटी हेर्ने धाइघर, सामुहिक भोजनालयको, किन्डर गार्टेको संचालन गरीन्छ । यि सबै गर्नु पर्छ भन्ने कुनै पनि प्रकारका बाध्यता छैन् । अलग्गै खाना पनि पूर्ण स्वतन्त्र रहेको छ । त्यस्तै बुढाबुढीहरुका हेरचाहका लागि बृद्दहरुका आदरका घर निर्माण गरीएको हुन्छ ।

पूजिबाद र साम्यबाद बिचको संक्रमणकालिन चरण नै समाजबाद हो । पूँजीबादी शोषण भएपछि सर्बहारा बर्गले हिंसापूर्ण क्रान्तिद्घारा यो ब्यवस्थालाई अन्त्य गर्दछ । यही पूंजीबादको गर्भबाट एउटा नयां ब्यवस्थाको जन्म हुन्छ, जसलाई समाजबाद भन्छन् । र यो ब्यवस्थामा योग्यतानुसारको काम र काम अनुसारका पारिश्रमिकको ग्यारेन्टी हुन्छ । समाजबादमा सापेक्षिक समानता मात्रै लागु हुन्छ । सर्बहाराबर्गले पुँजीबादलाई मेटेर नयाँ ब्यवस्था कायम गर्ने शुरु गरेको क्रान्तिलाई समाजबादी क्रान्ति भन्छन् । यो क्रान्तिको दौरानमा सर्बहाराबर्गले पूँजीबादी राज्यसत्तालाई चक्नाचुर पार्दै सर्बहाराबर्गको राज्यसत्ता स्थापित गर्दछ । सर्बहाराबर्गको राज्यसत्तामा सर्बहारा बर्गको अधिनायकतत्व हुनछ ।

इतिहासमा समाजबादी समाजको स्थापनाको लागि शुरुमा १८७१ म पेरिसका मजदुरहरुले गरेका थिए । यसलाई पेरिस कम्युन पनि भन्छन् । तर अनुभबका कमीको कारणले ७२ दिन भन्दा धेरै यो ब्यवस्था चल्न सकेन् । सन् १९१७ मा रुसमा जारशाहीको बिरुद्वमा बोल्सेभिक कम्युनिष्ट पार्टीको नेतृत्वमा अक्टोम्बर क्रान्ति सम्पन्न भयो र यो क्रान्तिले जारशाहीको शासनलाई ढालेर सर्बहाराबर्गको शासन कायम गरेको इतिहास छ । लेनिनको अगुवाइमा भएको क्रान्तिलाई स्टालिनले पनि निरन्तरता दिए र यो अवधिमा रुसमा२०० बर्षमा हुन् नसकेको काम ४० बर्षमा अबिश्वसनिय तरीकाले समाजबादीहरुले गरेर देखाइदिए । समाजबादी समाजमा केही खास बिशेषताहरु छ, जुन बिशेषताको कारणले पुँजिबादी समाजको भन्दा समाजबादी समाजमा बिकासको गति अत्यन्त तिब्र हुन्छ । समाजबादी समाजमा उत्पादनको साधनमा निजि स्वामित्व हुंदैन् । उत्पादनको साधनमा सम्पुर्ण समाजको अधिकार कायम गरीएको हुन्छ । नाफाको उदेश्यले उत्पादन नभएर समाजको आवश्यकताको आधारमा उत्पादनका काम हुन्छ । पुँजिबादी समाजको जस्तो उत्पादित बस्ुतुहरुमा उत्पादनको साधनको हस कट्टीको रक्म, पूँजिपतिहरुका लागि नाफा, ब्याज र लगानको रक्मको भाग छुट्टयाउनु नपर्ने भएकोले र उत्पादीत बस्तुमा र नाफाको हिस्सा उत्पालन गर्ने जनताहरुमा धेरै पर्ने जान्छ । र समाजबादी राज्य ब्यवस्थामा जनताहरुका जिबन सुखी, समृद्व र सम्पन्नशाली हुन्छ । समाजबादी चिनमा जनताका निम्ति १४ कुराको ग्यारेन्टी गरीएको छ । ति मध्ये कामको ग्यारेन्टी, दिनमा ३ छाक खाना पाउने ग्यारेन्टी, औषधीउपचारको ग्यारेन्टी, शिक्षा प्राप्त गर्ने ग्यारेन्टी, बसोबासको निम्ति घरको ग्यारेन्टी, तातो पानीले नुहाउन पाउने ग्यारेन्टी, दाह्रि काटन पाउने ग्यारेन्टी आदि प्रमुख हुन् । न्याय, समानता, स्वतन्त्रता र सुखले भरीपूर्ण ब्यवस्था नै समाजबाद हो । शसनमा लोकतन्त्र, समाजमा भाइचारा,अधिकार र बिशेष सुबिधाहरुमा समानता र शिक्षाको सार्बभौमिकता यि सबै लक्ष्ण उच्च स्तरका पूर्ब लक्ष्ण हुन् । धारा ६ मा–भूमि, प्राकृतिक सम्पदा, पानी, जङ्गल, कलकरखाना, खानी, रेलमार्ग,जल तथा हवाइ यातायात, बैङ्ग्क, हुलाक,टेलिग्राम र टेलिफोन, ठूल्ठूला राज्य नियन्त्रित कृषि उद्योग९राज्य नियन्त्रित खेत, मेसिन तथा ट्रयक्टर राख्ने ठाँउ आदि० नगरका उद्योगहरु, सहर र औद्योगिक बस्तीहरुका आवसीय घरहरु सबै राज्यका सम्पत्ति हुन् , जसमा सबै जनताको हक लाग्दछ । यसैगरी धारा ७ मा– सामूहिक खेती र सहकारी सङ्गठनहरुका सार्बजनिक उद्योगद्वोरा नियन्त्रित तिनका बस्तुभाउ र ज्याबलहरु, सामुहिक खेती तथा सहकारी सङ्गठनका उत्पादनका साथै तिनका साझा भवनहरु, सामुहिक खेती र सहकारी सङ्गठनका साझा समाजबादी सम्पत्ति हुन् । सार्बजनिक सामूहिक कृषि उद्योगबाट प्राप्त हुने आधारभुत आयबाहेक सामुहिक खेती अन्र्तगतका प्रत्येक घरधुरीले आवास क्षेत्रसंग जोडिएको सानो टुक्रो जमिनलाई निजि प्रयोगमा ल्याउन सकिन्छ् ।निजि सम्पत्तिको रुपमा जमिनको उत्पादकत्व हेरेह त्यसमा आवास गृह, बस्तुभाउ पालन, कुखुरापालन अथवा अन्य सामान्य कृषि प्रयोगमा ल्याउन सकिन्छ । यसैगरी धारा १२ मा स्पष्ट रुपमा उल्लेख छ–जसले काम गर्दैन, उसले खाने पनि गर्दैन भन्ने सिद्वान्तनुरुप सोभियत संँघमा प्रत्येक सक्षम ब्यक्तिका लागि श्रम भनेका कर्तब्य एबं इज्जतको बिषय हुनेछ् । सोभियत संघमा लागू गरीने सिद्वान्त समाजबादी हुनेछ । योग्यतानुसार काम र कामनुसारको ज्यालाको ब्यवस्थापन गरीन्छ । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको संबिधान को धारा ८ मा समाजबादको ब्याख्या गरेको छ । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको सामाजिक ब्यवस्था जनता केन्द्रित ब्यवस्था हो तथा त्यहां कामदार जनता हरेक कुराका मालिक हुन् तथा समाजको हरेक क्षेत्रले मजदुर जनताको सेवा गर्दछ ।शोषण र दमनबाट मुक्त भएर राज्य र समाजका मालिक बनेका मजदुर, किसान बुद्विजीबि र अन्य सम्पूर्ण कामदार जनताको हितको सुरक्षा र बचाऊ राज्यले गर्ने छ । समाजबादको बारेमा समाजबादी चिन्तक आइन्स्टाइनको को बिचार रहेको छ– पूजीबादी ब्यवस्थामा बर्ग बिभाजन बिद्यामान छ र यो ब्यवस्थाले मानब मार्फत मानजबलाई शोषण गर्दछ । अहिले सम्मका आर्थिक संरचनामाध्ये सर्बाधिक शोषण गर्ने ब्यवस्था पूजिबादी ब्यवस्था नै हो ।पूजीबादी समाजले सबै मानिकसको भलो हुने काम सही ढंगले गर्ने सकदैन । जसले गर्दा समाजमा कैंयौ खराबी र समस्यहरु उत्पन्न हुन्छ – समाजबादी राज्य ब्यवस्था भित्र मात्रै मानिसलाई धेरै हदसम्म पूर्ण स्वतन्त्रताको प्रत्यभूति दिलाउंछ । समाजबाद बा हेक अरु कुनै पनि सामाजिक ब्यवस्थाले यसले भन्दा उन्नत र उच्चस्तरको ब्यक्तिगत र उच्चस्तरको स्वतन्त्रताको छुट दिनसक्दैन् । वास्ताबमा उहाले त्यस्तो समाजबादी ब्यवस्थाको निर्माणको सपना देख्नुभएको थियो, जहां युद्घको खतरा हुंदैन्, जहां सामान्यजनको जिबनमा प्रगति, खुशियाली र शान्तिले छांउछ, जहां भोक, प्यास, लडाई हुंदैन् । झगडा केही हुदैन । हो, त्यस्तो समाजबादी ब्यवस्था, जहां मानिसमाथि मानिसको अमानबीय शोषण–उत्पीडन हुंदैन् । मानिसहरुमा भएको असीमीत प्रतिभा र क्षमताहरु स्वतन्त्र र समानरुपले पल्न–फूल्न पाउने समाजबादी ब्यवस्थाको निर्माण गर्ने चाहनुहुन्थ्यो । साम्यबादी सिद्घान्त भित्र धेरै नै गुणहरु छन् , आम मानिस माथि भैरहेको शोषणको उन्मुलन, आवश्यकता र क्षमताअनुसार श्रम र उत्पादनको समान बितरण जस्ता गुणहरु उल्लेख छ ।

समाजबादको केही खास बिशेषताहरु

समाजबादी समाजमा काम नगरी बस्न पाइदैन् । समाजको प्रत्येक ब्यक्तिको लागि कामको ब्यवस्थापन गरीएका हुन्छ । ब्यक्तिको योग्यता र क्षमतानुसार कामको जिम्मेवारी हुन्छ । र कामको आधारमा श्रमिकहरुका ज्यालाका निर्धारण गरीएको हुन्छ । सबै काममा लागेतापनि समाजबादी ब्यवस्थामा आर्थिक हिसाबले सबै समान रहेको हुंदैन्न् । किनकी समाजमा कोही अल्छी, कोही जाँगारीलो हन्छन् । यसैगरी श्रमिकमा पनि कोही बिबाहीत र सोही स्तरका काम गर्ने सक्ने कोही श्रमिक अबिबाहीत हुन्छन् । बिबाहीतको लागि धेरै खर्च हुन्छ र कम बचत हुन्छ तर सोही काम बफत आएको रक्मले अबिबाहीतको हकमा कम खर्च भएकोले बढी बचत हुन्छ । यसैले यो ब्यवस्थामा पनि सबै समान हुंदैन्न् । समान सापेक्षिक मात्रै हुन्छ् ।उत्पादको जुनसुकै क्षेत्रमा काम गरेपनि समाजबादी समाजमा प्रत्येक ब्यक्ति श्रमिक हुन्छन् ।उत्पादनको साधनको सुब्यवस्था र सामाजिक सुरक्षाको निम्ति केही कटौटी गरी प्रत्येक ब्यक्तिलाई उसले काम गरेअनुसार उपभोगको सामग्री प्राप्त गर्ने अधिकार हुन्छ । त्यो कटौटी गरेको रकम पनि फेरी स्वास्थ्य,शिक्षा र अरु प्रकारका सहुलियतका रुपमा श्रमिकहरुलाई प्राप्त हुन्छ ।

समाजबादी ब्यवस्थामा लैङ्गीक, जातिय र बर्गिय बिभेद हुंदैन् । समाजबादी समाजमा सबै प्रकारका असमानताहरुका समाप्ती गरीन्छ ।आफूलाई सभ्य पूँजिबादी मुलुक ठान्ने अमेरिका र भारतमा थुप्रै प्रकारका जातिय, बर्गिय, धार्मिक र लैङ्गीक बिभेदहरु रहेको पाइन्छ ।अमेरीकाको पार्कहरुमा समेत गोराहरुका लागि मात्रै प्रबेश हुने निति बनाइएको हुन्छ । यसैगरी लाखौ मानिसहरु आफनो घरबार नभएर कागजको सिरक र डसनामा चिसो सडक पेटीमा सुत्न बाध्य छन् । भारतमा पनि जातिय, क्षेत्रिय र बर्गिय बिभेदको ठुलो शिकार भएको छ । तर समाजबादी मुलुकहरुमा कुनै पनि प्रकारका असमानताहरु हुंदैन्न् । समानता सापेक्षिक समाजबादमा लैङ्गीक बिभेद हुंदैन् । चिनमा जातिय रुपमा सबै जातिका बिचमा सुमधुर सम्बन्ध छ तर भारत र अमेरिकमा सबै प्रकारका बिभेदहरु रहेको छ । सन् १९१७ को महान क्राान्ति पछि समाजबादी मुलुक रुसमा जातिय सम्बन्धी निति ल्याएको थियो जुन नितिले जातिहरुका समस्या समाधानको लागि अत्यन्त महत्वपुर्ण छ ।

समाजबादमा सर्बहारा बर्गको अधिनायकत्व हुन्छ् । धेरै बर्षका दमनमा पिल्सीएका मजदुरहरु पूँजिबादी राज्यब्यवस्थालाई ध्वस्ट पार्दै शोषणबिहीन समाजबादी राज्यब्यवस्थाको स्थापना गरे । सिमित पूँजिपतीहरुका हातमा कैदी बनेको पूँजिबादी राज्यब्यवस्थामा थोरै ब्यक्तिहरुका अधिनायक्तत्व हुन्छ भने समाजबादी राज्य ब्यवस्थामा सर्बहारा बर्गका अधिनायक्त्व हुन्छ । यो ब्यवस्थामा बहुसंख्याक सर्बहाराले अल्पसंख्याक पूँजिपतिहरु मथि शासन गरीन्छ । समाजबादी राज्यब्यवस्थाको जन्म पूँजिबादी गर्भबाट हुने भएकोले समाजबादी क्रान्तिपछि पनि समाजबादी राज्यब्यवस्थामा पूँजिबादका छयाछयाप्ती आर्थिक, नैतिक र बौद्वीक अवशेषहरु रहेको हुन्छ । यि सबै प्रकारका अवशेषहरुको समाप्ती र त्यसको ठाँऊमा साम्यबादन्मुख सस्कृति निर्माण र समाजबादी राज्यब्यवस्थाको सस्थागतको लागि सर्बहारा बर्गको अधिनायकत्व हुनु जरुरी छ । यसैगरी समाजबादको बिजयी पछि साम्रज्यबादी र पूंजिबादीहरु पूर्ण रुपमा समाप्त नभएको अवस्थामा समाजबादी राज्यब्यवस्थाको समाप्तीको लागि पूंजिपतिहरु ढुकेर बसेका हुन्छन् । जबसम्म साम्रज्यबादीहरु पुर्ण रुपमा समाप्त हुंदैन्न् तबसम्म सर्बहारा बर्गको अधिनायक्त्वको जरुरी पर्ने भएकोले लामो समयसम्म सर्बहारा बर्गको अधिनायक्त्वको जरुरी पर्छ । अझ यसलाई सुद्वढ र समृद्व गर्नु पर्छ । यसले पूँजिबादको पुर्नस्थापनाको संभाबनालाई रोक्छ र जनताको जिबन स्तरलाई माथि उठांउछ । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको संबिधानको धारा १२मा ब्यवस्था गरेको छ । राज्य बर्गिय निति प्रति अडिग रहनेछ् । जनताको प्रजातन्त्रको हुकुमलाई सुद्वढ पार्नेछ तथा देश र बिदेशका शत्रुवत तत्वहरुका सबै बिध्वंशक गतिबिध बिरुद्व समाजबादी ब्यवस्था र जनताको राज्यशक्तिको समाजबादी समाजमा उत्पादनको साधनमा निजि स्वामित्वव हुंदैन । समाजबादी समाजमा उत्पादनका साधनमा सम्पूर्ण अधिकार समाजकै हुन्छ । यस प्रकारका समाजमा नाफा कमाउने उदेश्यले नभएर समाजको आवश्यकताको आधारमा उत्पादन गरीने भएकोले उत्पादीत बस्तु सडने, गल्ने र बिक्री नभएर स्टक हुने कुनै पनि प्रकारका संभाबना देखिदैन् र कसैसंग कुनै पनि प्रकारका प्रतिस्पर्धा समेत गर्नु नपर्ने भएकोले उत्पादीत बस्तुमा कुनै पनि प्रकारका कालोबजारको संभबना समेत देखिदैन् । समाजबादी राज्यब्यवस्थामा नाफा र घाटा दुबैका संभाबना नभएकोले उत्पादनको कार्य क्रमीक रुपमा हुन्छ र कुनै पनि प्रकारका कृतिम कार्यहरुका जरुरत समेत नपर्ने भएकोले समाजबादी राज्यब्यवस्थामा कुनै पनि प्रकारका भय र त्रास समेत हुंदैन । यसको साथै काम अनुसारका दामको ब्यवस्थापन गरीएकोले उत्पादन कार्य निकै तिब्र हुन्छ । प्रत्येक श्रमिकहरु आफनो योग्यता र क्षमताको भरपुर उपयोग गरेको हुन्छन् । कार्यमा कुनै पनि प्रकारका ढांट, छल, कपट र लुकि चोरी जाँगर बचाउने पबृतिको अन्त्य पनि समाजबादी राज्य ब्यवस्थामा हुने गर्दछ ।

उत्पादनको क्षेत्रमा काम गर्ने प्रत्येक ब्यक्ति श्रमिक हुन्छन् । उत्पादनको क्षेत्रमा जुनसुकै काम गरेपनि प्रत्येक ब्यक्ति श्रमिक हुन्छन् । मालिक र कामदार कोही पनि नभएकोले सबैका बिचमा मधुर सम्बन्ध हुन्छ । कोही पनि कसैका दबाब, डर र त्रासमा बाँच्नु पर्दैन् । सबैलाई काम अनुसारको ज्याला दिइएने भएकोले सबैको आर्थिक हैसियत पनि बराबरकै हाराहारीमा हुने गर्दछ । यस अवस्थामा कोही पनि कसैसंग कुनै पनि प्रकारका हिचकिचाहतमा बस्नु पदैन् ।

सामाजिक सुरक्षाको लागि काटीएको रकम पुनं जनतामा बितरीत हुन्छ । समाजबादी राज्यब्यवस्थामा पनि उत्पादनको केही भाग सामाजिक सुरक्षाको लागि छुट्टयाइन्छ् । पूँजिबादी राज्यब्यवस्थामा झै पूँजीको नाफाको भाग, भूमिको लगान, मेसिनको ह्स कट्टी र सामाजिक सुरक्षाको नाममा काटीएको रक्म पुन। मालिकको भागमा पार्ने कार्य समाजबादी राज्यब्यवस्थामा कुनै पनि प्रकारका गुन्ज्याइस् हुंदैन् । समाजबादी राज्यब्यवस्थामा सामाजिक सुरक्षाको लागि छुट्टाइएको भाग सामाजिक कार्यमा लगाइन्छ र सो रकम फेरी पनि श्रमिकहरुलाई शिक्षा, स्वास्थ्य र अन्य सेवाको रुपमा प्राप्त हुन्छ ।

अन्तिममा
२१औ शताब्दी समाजबादीको हो । यो शताब्दीमा गरीबहरुका पँहुच नहुने पूँजिबादी ब्यवस्थाको समाप्ती र न्याय, समानता, स्वतन्त्रता, सुखले भरीपूर्ण ब्यवस्था समाजबादको बिजयी अनिबार्य छ । शासनमा लोकतन्त्र, समाजमा भाइचारा, अधिकार र बिशेष सुबिधाहरुमा समानता र शिक्षाको सार्बभौमिकता २१ शताब्दीमा सबैलाई अनिबार्य छ तर सिमित र मुठ्ठीभरको धनीहरुका पक्षपोष्ण गर्ने पूँजिबादी ब्यवस्थाले नेतृत्व गर्ने नसक्ने भएकोले पूँजिबादलाई कसैले बचाएर बच्न सक्ने अवस्था छैन् । तर समाजबादीहरु २१औ शताब्दी हाम्रो हो भने हाथ बान्धेर बसेमा यो निकै टाढाको बिषय हुनेछ । यो ब्यवस्थामा सबैको पँहुच हुने भएकोले क्षमता भएका ब्यक्तिहरु अत्याधिक मात्रामा समाजमा देखिन्छन् ।यसले समाजलाई सभ्य बनाउने सवालमा महत्वपूर्ण भुमिका खेल्ने भएकोले समाजबादी राज्य ब्यवस्थामा सबै प्रकारका बिभेदहरु समाप्त भएको हुन्छ ।

Loading...

प्रतिकृया लेख्नुहोस्: