देशको सीमाभन्दा दल,सत्ताको मोह किन कम्रेड ? - Nepal Talk
जेष्ठ २३ गते, २०७७

देशको सीमाभन्दा दल,सत्ताको मोह किन कम्रेड ?

पटक हेरिएको

लक्ष्मण चौलागाईं–बिद्रोही
मुलुकमा लोकतन्त्र आएको छ । गणतन्त्र आएको छ । मुलुक समाजवादको दिशातिर अग्रसर हुदैछ । नेपाली जनताको सुदिन आउँदैछ । सार्वभौम राष्ट्र नेपालका जनता समृद्ध हँुदैछन् । शिक्षा, स्वास्थ्य, रोजगारी, उपचार अभावमा कोही मर्नुपर्ने छैन । पुलपुलेसाहरु बन्नेछन् । बाटोघाटो जताततै ससाना बजारहरु खुल्न थाल्नेछन् । उजाड बस्ती रंगीन हुन थाल्नेछ । विश्वभरिका पर्यटक त्यहाँका सुन्दर प्रकृति चुम्न आउनेछन् । जंगल भैसकेको गाउँ पुनः वस्तीमा रुपान्तरण हुनेछ । खेतीपाती योग्य जमीनहरु हराभरा हुनेछन् । परनिर्भरता घट्न थाल्नेछ । हामीले उब्जाएका हर खाद्यान्नहरु विश्वका महंगा बजारमा खपत हुन थाल्नेछन् । मुलुकमा बसेर पाउन्ड, युरो र डलर कमाउने छौं ।
आहा कति सुन्दर नेपाल, कति मीठो सपना देखेका थियौं ।

जनता मालिक भएको सत्ताका सेवकहरु देश विकास गर्दै, हाम्रा छोराछोरीहरु उच्च शिक्षा, गुणस्तरीय शिक्षा, प्रावी लेभल देखि मास्टर्स लेभल सम्म सम्मानित नेपाल सरकारको गणतन्त्रको सरकारले दिनेछ ।
गरिबीको सिकार कोही हुने छैनन् । यस्तै सपनाहरू थिए विगतमा जतिबेला मुलुकमा लोकतान्त्रिक गणतन्त्रको घोषणा हुंदै थियो ।
महान जनयुद्धमा योद्दाहरुको विश्वास थियो कि गणतन्त्र आएपछि बुर्जुवा शिक्षा स्वतः अन्त्य भै जनवादी शिक्षाको सुरुवात हुनेछ । गणतन्त्र हामी माओवादीलाई मात्रै नभै हाम्रा मामा कांग्रेसी, हाम्रा दाइ एमाले, हाम्रा भाई जनमोर्चा, हाम्रा ठुल्दाई राप्रपा र हाम्रा मीत दाइ माओवादी सबैलाई समान अवसर लिएर आउनेछ भनेर ।बुवाआमाको अन्तिम अवस्थालाई समेत हेर्न नपाई योद्धाहरु बुवा आमाको मृत्यु भएको खबर मात्रै सुन्ने बेलामा आफ्नो जीवन र मृत्युलाई हत्केलामा बोकेर हिडिरहेको त्यो भुतकाल बनेको इतिहासले आज पनि सम्झाइरहन्छ ।

अनि लेख्न मन लाग्छ सहिदका मर्महरु,जनताका अपेक्षाहरु, मुलुकले मागेको सक्कली राज्यव्यवस्था खै प्रश्नहरु । लोकतन्त्रमा सबै नेपालीहरु लोकतान्त्रिक हुनुपर्ने यहाँ त कोही कसैको दललाई मात्रै लोकतन्त्र आएको छ ।
गणतन्त्र सारा नेपालीहरुको लागि बरोबर आउनुपर्ने यहाँ नेतालाई छुट्टै गणतन्त्र, दललाई अलग्गै गणतन्त्र, विपक्षीहरुलाई भिन्नै गणतन्त्र, यो इन्द्रेणी गणतन्त्रका सात रंगहरुले जनतालाई भिन्न मुहारले ह¥यो । गणतन्त्र सत्तासीनको मात्रै भयो, सरकार कुनै दलको मात्रै भयो र त समाज विखन्डन तिर गएको खबरदारीका कलमहरु रेटिनुपर्यो !
देशको नक्सा थाहा नपाएकाहरु बहादुर शाहको इतिहासलाई खुइलाउन लागेको मन नपरेर नै फरक मतहरु कोर्न विवश कलम कोही कसैको सत्ता र भोगविलासको वभबयिगकथ हैन । खै त्यही बरोबर व्यवस्थाका पक्षधर आवाजहरु नै हुन कि जस्तो लाग्छ ।
सीमाको भन्दा दलको चिन्ता र कुर्सीको मोहले बनेको सत्ता र सरकारले कस्तो समाजवाद ल्याउला रु कस्तो समृद्धी भराउला रु कस्तो गणतन्त्रको विश्व साम्यवादलाई सन्देश देला
हामी यही छौं, यही माटोमा छौं जहाँ सहिदका रगतका लाप्साहरु अझै सुकेका छैनन् आलै छन्, स्मृतिमा ती रगतका भेलहरु ।
अझै मेटिएको छैन अर्को मुटु चुडाउने घटना यातनाले मारिएकी मैना सुनुवारको इतिहास अनि उनका नजलेका अस्थिपन्जरहरु, कृष्ण सेन इच्छुकका कविताले बोलेका भावहरु कहिल्यै मेटिने छैनन् । माइला लामाका युद्धकालीन गीत र धुनहरुको मर्म कहिल्यै विर्सदैन इतिहासले !

ग्रामीण वस्तीका मागहरु के के छन् रु विकट र दुर्गम वस्तीहरुले के के भन्ने गर्छन् रु परनिर्भरतामा जकडिएकाहरुको परिवारको वास्तविक स्थिति के छ रु रगतपसिना बेचेर रेमिटेन्स पठाउने झन्डै ८० लाख युवायुवतीहरुको वास्तविक अवस्था र जिउँदा व्यथाहरु के कस्ता छन् त रु नेपाललाई नेपाल बनाउने नागरिकका आवाजहरु के के होलान ?

जनताप्रधान गणतन्त्रमा सवाल खोज्ने सिंहदरबार र प्रतिनिधिसभा भित्र पसेकाहरुसँग माननीय र सम्माननीयसंग मात्र हैन कि रु झुप्रोमा कष्ट र पीडाहरु भोगिरहेका जनताहरुसँग होला कि ?
राज्यको साक्षातकार अन्तराष्ट्रिय मुलुक हैन हाम्रै स्वदेशका स्वदेशी नेपालीहरुसँग पो हो कि प्रिय सिंहदरबार १ उत्तर र दक्षिणको चेपुवामा परेको नेपाल खुम्चिदै गरेका खबरले सिंहदरबारको झन्डा झुक्नुपर्थ्यो ।
आम नेपालीहरुलाई अपिल गर्नुपथ्र्यो मुलुकमा संकटकाल लाग्यो । घेरावन्दीको वैदेशिक राजनितिक हस्तक्षेपले सीमाका कयन वस्तीहरु नेपाली नक्साबाट जंगे पिल्लर भत्काउँदै भारतमा गाभेको कारण आएको नक्सा झुटो हो ? किमार्थ हैन होला , सम्माननीय ज्युहरु !!

कलमहरु चलिरहेका छन्, इन्टरनेट मार्फत देशविदेशमा रहेका नेपालीहरुले यतिका खबरदारी गरिरहदा पहिलो विद्रोह शान्तिपूर्ण आन्दोलनबाट सीमा व्यवस्थापन गर्नु नै थियो नि हैन र रु सत्ता र सरकार बनाउने तिर भन्दा पार्टी बनाउने तिर भन्दा ठूलै सूचनासँगै आएको सिमा हस्तक्षेप विरुद्धकै समस्या समाधानतर्फ मुख्यतया नेपाली सत्ताको ध्यानाकर्षण हुनुपथ्र्यो कि जस्तो लाग्छ । हामीले हाम्रा मिचिएका सिमामा बल प्रयोग गर्न जाने नै हैन । वैधता खोज्ने हो । समाधानको शिघ्र उपाय खोज्ने हो ।

हाम्रा पिल्लरहरुमा जोडिएका तामाका निशानीहरु पहिल्याउँदै हाम्रा पूर्वजहरु र साक्षीहरुलाई डोयाउँदै यथास्थानमा हाम्रा स्तम्भहरु सार्ने नै हो । त्यसपछी आइलाग्ने माथि जाई लाग्ने पूर्खाको विशेषताको प्रयोग गर्ने हो ।यतिबेला अन्तर्र्रािष्ट्रय चासो पनि उतिकै बढेको बेला भारतीय विस्तारवादको हेपाहापनको उजागरको निम्ति उपयुक्त घडी पनि हो यो ।तर यो मुद्दाको व्यवस्थापन जसरी पनि गर्नुपर्ने बेला यहि हो । अन्यथा, हाम्रा छिमेकीले मिचेका भूमी र हाम्रै स्वदेशीले आफ्नो नाममा पारेका ७ हजार रोपनी सरकारी जमीनका ४४ जिल्लाका समाचारहरु हामी नेपालीहरुले सुन्नु विवश परिस्थिति राष्ट्रिय सरोकारसँग जोडिएको विडम्बना हैन र रु सम्माननीय र माननीयज्युहरु !!
अन्तराष्ट्रिय अदालतमा लान किन हुन्न यदि यो बेचिएको हैन भने । मिचिएको हो भने आम नेपाली गुलामका जनता हैनन् सार्वभौम हुन् भन्ने ख्याल गर्नुपर्यो माननीय र सम्माननीयज्युहरुले ।स्वदेशको मुख किन आवश्यकता भन्दा कम मौन हुदैछ ?

देशको अस्मिता लुटिइरहेको छ ।
प्राइभेट कम्पनी एनसेलले सरकारलाई समेत पेलिरहेको छ ।
गणतन्त्र ल्याउनेहरुलाई कैदी बनाउदैछ राज्य भने लोकतान्त्रिक गणतन्त्र दुई खाले भैदिएको छ । एउटा भिभिआइपी गणतन्त्र अर्को औपचारिक गणतन्त्र । अनि मुलुकमा निषेधको राजनीतिले निर्दोषलाई लुटिरहेको छ ।
क्रान्तिका घाउहरु बिर्सिर अत्तर युगमा लम्किरहेको आभास गराइरहेको छ । नाम बदलिएको अवस्था उस्ताउस्तै टेक्नोलोजी र सेटिङ जस्तो राजनीतिले नेपाली नेपाली वीच दलीय नाममा नेपाली एकतालाई बिखन्डनतिर अभ्यस्त बनाइरहेकै पराकाष्ठा अन्तर्र्रािष्ट्रय शक्तिहरुले नेपालको अस्मिता लुट्ने ध्याउन्न गरिरहेको विदितै हुँदा अन्तर्राष्ट्रिय सहयोग किन माग्छ र हात थाप्छ सिंहदरबार रु ती वैदेशिक सहयोगहरु कालान्तरमा सगरमाथा चीन तिर र लुम्विनी भारततिर गाभिने पूर्व तर डरलाग्दा जटिल संकेतहरु हुन भनेर दातासँग लिनेहरुले किन ख्याल गर्दैनन् ?
हामी पौने चार करोडको हाराहारीमा रहेका प्रत्येक नेपालीहरुले राज्यलाई महिनामा प्रतिब्यक्ती ५ हजार कर तिर्ने र रोजगार नेपालमा नै सबैले पाउने जमर्को गरे र सत्ता र सरकार पेशामुखी नभै देश सेवातिर समर्पित बने हाम्रो भूमीमा आएर कोही कसैले स्तम्भ सार्ने दुस्साहस गर्र्दैन थियो कि ?तर निर्वाचनमा जनतालाई भर्खरै मेट्रो सिटी दिने घोषणापत्र र कालिकोटलाई विर्सिने सिंहदरबारहरुले च्यात्तिएको मुलुकमा खै नवीन के नै खुसी देला र ?

अन्त्यमा, भन्नु मन लाग्यो सांसद चुन्ने जनताले प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री चुन्नुप¥यो । मुलुकको निम्ति डटेर काम गर्नेलाई चयन गरिनुप¥यो, कुर्सीमोहका सेवासुविधामुखी राजनीतिक विरासतलाई लोकतान्त्रिक गणतन्त्रको राज्यले च्यातिदिनुपर्यो । यसरी च्यात्नुपर्यो सेवासुविधा जो जनताको हैसियत र मुलुकको पहुँच भन्दा महंगो भो अनि नातावादको अस्वस्थ जन्म भएको राजनीतिलाई स्वस्थ बनाउन युवाले आवाज बुलन्द गर्नुपर्यो । सच्चा लोकतान्त्रिक गणतन्त्रको व्यवस्था जनसेवा समर्पित बनाउन कोही पनि मन्त्री, प्रधानमन्त्री, जनप्रतिनिधि एवम सांसदहरुले राज्यको सेवा सुविधा नलिने बरु मुलुकको लागि केही दिने सोचहरुको प्रारुप यो राज्यव्यवस्थाले ग¥यो भने मुलुकभित्र असंख्य सम्भावनाहरु खुल्नेछन् । हाम्रो अमूल्य पहिचानहरुले नेपाली गरिमालाई मजबुत बनाउदै देश र जनतालाई विश्वसनीय सरकारको अनुभुति गराउन मुलुकले जनताका नेताको माग गरिरहेको छ । जनताले नेताहरु चिन्नुप¥यो, जो देश र जनता भन्दैनन्, त्यस्ता नेतालाई दण्डित गर्न अग्रसर हुनुप¥यो । जसले आफ्नो जीवनसमेत त्याग गरेर देश र सीमालाई जोगाओस र नेपाली जनताले आफ्नै भूमीमा प्राप्त भएको परिवर्तनको बरोबर उपभोग गर्न पाउन् । त्यसपछि मात्रै हामी र हाम्रो बदलिएको व्यवस्थाले विश्व सामु आफ्नो पहिचान स्थापित हुन लागेको महशुस गर्न थाल्नेछ । अन्यथा आजको लूटको राजनीतिलाई लोकतन्त्र कसरी भन्ने, लज्जा पनि लज्जित छ ।

 

Loading...

प्रतिकृया लेख्नुहोस्: