चैत्र १५ गते, २०७६

अब मुलुकको उपलब्धि ICU मा पुर्याउने कि, जिवन्त राख्दै बचाउने ?

पटक हेरिएको

लक्ष्मण चौलागाईं,  विद्रोही 
मुलुकको राजनितिक इतिहासको यात्राका झन्डै ७० वर्षहरुमा नेपालले विभिन्न व्यवस्थाहरु ल्यायो। हिजो मुलुकमा राजालाई समेत खोपीको देवता बनाइ शासन सत्ता आफ्नो हातमा लिएर राणाले १०४ वर्ष नेपाली राजनितीक सत्ता पारिवारिक रूपमा शताब्दी लामो समय क्रुर शासनको रूपमा चलायो। शिक्षा स्वतन्त्र त थिएन नै न त नागरिकले बोल्न नै पाउथे।
चरम राणा शासनले जनता पिडित त छदै थिए तत्कालीन समयमा राजनीति गर्न सर्वसाधारणहरुलाई आज जस्तो खुल्ला परिवेश थिएन। तत्कालीन राजा श्री ५ त्रीभुवनले सपरिवार निर्वासनमा जानुपर्यो। सि बर्गका राणाहरुसंग मिलेर त्रीभुवनले राणा शासन अन्त्यका लागि गरेका ऐतिहासिक भूमिका जसले राणा शासकहरुलाई सत्ता बाट हटाउन सकेको सफल इतिहास आज पनि हामीले पढ्न पाउछौं।गंगालाल,धर्मभक्त,शुक्रराज र दशरथ चन्दहरुलाई निरंकुश राणा शासकहरुले क्रुर हत्या गरेको १९९७ सालको झन्डै १० वर्षपछी तिनै राणा भाई भारदारको आपसी कलहको जोड् र जन आक्रोश साथै राजालाई समेत आफ्नो अधीनस्थ तुल्याएकै वजह राणा शासन अन्ततः पतन भयो र राजा प्रधान रहेको प्रजातन्त्र आयो। अब भने मुलुकमा विद्यालयहरु खुल्न थाले ,राजनितिक स्वतन्त्रता स्थापित भयो।
०७ साल,०१७ ,०३६ साल,०४६ साल सम्म आइपुग्दा नेपाल र नेपाली जनताको निम्ति मुक्तिको वजह उनै लौह पुरुष गणेशमानले क्रुर यातना र कोराको सामना गर्नुपर्यो भने विपी कोइरालाले जेलनेल भोग्नुपर्यो,जुन इतिहास आज पनि विपि वृतान्तमा पढ्न सकिन्छ।मुलुकमा प्रजातान्त्रिक व्यवस्थाको जगमा पनि थुप्रै परिवर्तनका ढोकाहरु खुले।०४६ सालमा बहुदल आयो त्यही बहुदलीय व्यवस्थाको दलहरु मध्य नेकपा मसाल बाट बिभक्त टिम जसले नेकपा माओवादी पार्टी बनाई मुलुकमा ०५२ सालमा प्रचण्डको नेतृत्वमा जनयुद्ध घोषणा गर्यो।

दस वर्षे जनयुद्धले २३७ वर्षीय राजतन्त्रको अन्त्य गराई हाल मुलुकमा गणतन्त्रको सरकार बनेको हामीले देख्यौं। हजारौं हजारको बलिदान ,हजारौंको बेपत्ता र लाखौलाई घरवारविहीन बनाउदै जनयुद्धले राजतन्त्र फाल्न थुप्रै चोटहरु सहन गर्न विवश भयो र ०६२ र ६३ सालमा माओवादी सहित अन्य सात राजनितिक दलको संयुक्त जन आन्दोलन भयो जसले राजालाई हटाई जनताको छोरो रामवरण यादवलाई राष्ट्रपति बनायो। दशक अन्तर समयमा मुलुकले नया संविधान पायो। मुलुकमा संघीयता ,धर्मनिरपेक्षता र लोकतान्त्रिक गणतन्त्रको अभ्युदय भयो र हाल गणतन्त्र किन विकलांग जस्तो देखियोरु सोही बारे बदलिएको व्यवस्थाले नबदलेका अवस्थाहरुको जगमा बुंदागत रूपमा गणतन्त्रबाहक नेतृत्वहरुलाई केही सुझावहरु पस्कन मन लाग्यो। गणतन्त्रमा जनता र शासकले बरोबर स्थान पाउँछन् तर यहाँ जनता दास र शासक मालिक जस्तो अवस्था देखिएको कारण स्वालहरुलाई उन्न चाहें। सम्मानित नेपाल सरकारका आदरणीय गणतन्त्र बाहकहरु ,हामी त मुलुकमा द्वन्द हैन शान्ती चाहन्छौं,समस्या हैन समाधान चाहन्छौं।समाधानका निम्ति निम्न बुदाहरु जोड्न चाहें ।

१ विप्लवलाई लगाएको प्रतिबन्ध खारेज गर
२ हिजोको जनयुद्धको सिंगो टिम अब एक ढिक्का बन
३ धेरै दलहरु भए अब मिनिमाइज गर्दै दुई पार्टी मात्रलाई वैधता दे
४ घरै पिच्छे नेता हैन घरैपिच्छे श्रमिकहरु उत्पादन गर
५ भ्रष्टलाई चीनमा जसरी गोली हानेर कारबाही गर
६ घुसखोरहरुलाई चारपाटा मुडेर देश निकाला गर
७ बलात्कारीलाई फाँसी हैन इन्काउन्टर गर
८ महिला र पुरुषलाई ३३ र ६७ हैन ५०र५० प्रतिशत अधिकारको घोषणा संविधान मार्फत गर
९ माफिया, दलाल अनि गिरोहको लागि जेलहरु निर्माण गर
१० गणतन्त्र ल्याउनेहरुको ऐतिहासिक सम्मान गर
११ शासन,सत्ता सेवाभोगी हैन सेवामुखी बनाइदे
१२ धनी र गरिब विचको खाडल पुर्न शिक्षामा ब्यापारिकरण बन्द गर
१३ आम नेपालीहरुको स्वास्थ्य विमा राज्यले गर
१४ सम्पूर्ण नेपालीहरुको निजि सम्पत्ती राष्ट्रियकरण गर
१५ घरवारविहिन जति सबैलाई घर र जग्गा दे
१६ जनताका प्रत्यक्ष सरोकारका विषयलाई राज्यले जिम्मेवारी लिदै आफ्ना जनताको अभिभावकीय सत्ता निर्माण गर
१७ त्यसपछी कमरेड प्रचण्डजी,कमरेड विप्लवजी,कमरेड वैद्यजी,कमरेड बाबुरामजी लगायत सम्पूर्ण कमरेडहरु विच टुट्फुट आउनेछैन।
१८ गणतन्त्र बलियो हुनेछ।
१९ कोहि कसैले गल्ली र सन्चार मिडियाबाट गणतन्त्र कमजोर बनाउने खेल खेल्ने दुस्साहस गर्नेछैन।
२० एमालेसंग पार्टी एकता गर्न अब्बल प्रचण्ड किन जनतासंग एकता गर्न सकिरहेका छैनन ?
२१ कि अझै माहिला लामाहरुलाई थुन्नै छरु या कि अझै रगतको होली खेल्नै बाकी छ ?

माथिका कुराहरु निस्शर्त लागू होस त यो मुलुकमा न रबि लामिछाने ,न ज्ञानेन्द्र शाही ,न सुरेन्द्र भन्डारी कोहि जन्मने छैनन। समुन्द्र जस्तै शान्त हाम्रो देश नेपाल बरु विश्वको सामु एसिया महादेशको शिर भै सर्वशक्तिमान मुलुक जस्तै बन्दै जानेछ। गणतन्त्र गज्जबले हुर्कन पाउनेछ। अहिले त गणतन्त्र नाम मात्रैको भएको छ।

अब यसलाई साच्चै गणतन्त्र बनाउन प्रचण्ड ,विप्लव ,वैद्य र बाबुरामहरुको अनिवार्य एकता अपरिहार्य भैसक्यो। नत्र साइवर सन्जालले जनता दिग्भ्रमित बनाउदै गणतन्त्र बिरुद्द चलखेल झन तिब्र हुनेमा कुनै आशंका गरिरहन पर्दैन।

पुनश्च यी माथिका बुदाहरु व्यावहारमा उतार्ने काम प्रचण्ड ओलीहरुले गरून् त नेकपाको कुनै पद हैन साधारण सदस्यता ग्रहण गर्न थुप्रै नेपालीहरु प्रचण्ड निवास खुमल्टार आफै आउनेछन। सच्चा क्रान्तिका करोडौं समर्थकहरुको घुइचोले नेकपा सारा नेपाली जनताको साझा पार्टी बन्न पाउनेछ। अहिले त कतै आफन्तवाद,कतै नातावाद ,कतै कृपावाद र कतै भोलेवादले गणतन्त्र स्वयम् अस्वस्थ र धरापमा परेको सत्य जबर्जस्त नेतृत्व तहले स्विकार्नै पर्छ।
मुलुक बनाउने बेलामा दल बनाउने मनहरु राष्ट्र बनाउन लागिपर्नेछन। सिमा च्यात्तिदा निर्वाचन गर्न लालयितहरु पहिला सिमा जोगाउन लागिपर्नेछन।सेवाभोगी राजनितिक स्वार्थ सेवामुखी राजनितीक देन बन्न पाउनेछ।अझै दमन र क्रुरता लाद्दै क्रुद्धपन नेतृत्वतह अर्थात गणतन्त्रबाहकहरुले प्रदर्शन गरिरहे भने हजारौको रगत बहाएर ल्याइएको परिवर्तन आइसियुमा थन्किन विवश हुनेछ।अब मुलुकको उपलब्धि आइसियुमा पुर्याउने कि जिवन्त राख्दै बचाउने भने प्रश्न संगै यो लेखलाई यहि अन्त्य गर्दछु।धन्यवाद । जय देश ,जय जन्मभूमी ,जय क्रान्ती

Loading...

प्रतिकृया लेख्नुहोस्: