खोप लगाएकामा ६५ प्रतिशत र नलगाएका ४.७ प्रतिशतमा एन्टीबडी - Nepal Talk
कार्तिक ४ गते, २०७८

खोप लगाएकामा ६५ प्रतिशत र नलगाएका ४.७ प्रतिशतमा एन्टीबडी

पटक हेरिएको

 कोरोना भाइरसविरुद्धको खोप लगाएका ६५ प्रतिशतमा रोगप्रतिरोधात्मक क्षमता (एन्टीबडी) पाइएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाका १,७९६ जनामा एन्टीबडी अध्ययन गर्दा खोप लगाएका ६५ प्रतिशत र खोप नलगाएका ४.७ प्रतिशतमा एन्टीबडी बनेको पाइएको हो । अनुसन्धानमा सहभागी कुल संख्याको ६१ प्रतिशत (९४१ जना) मा एन्टीबडी देखिएको थियो ।

खोप लगाएका व्यक्तिहरुमा ९४१ (६५ प्रतिशत) जनामा एन्टीबडी देखिएको थियो भने खोप नलगाएका ३८४ सहभागी मध्ये १५३ (४३.९७ प्रतिशत) मा पनि एन्टीबडी देखिएको थियो ।

पहिलो डोज मात्र खोप लगाएकामध्ये ५०५ (५५.१ प्रतिशत) जनामा र दुवै डोज खोप लगाएका मध्ये ४३६ (८२ प्रतिशत) जनामा एन्टीबडी देखिएको थियो । त्यस्तै कोभिड-१९ को संक्रमण पुष्टि नभएकामध्ये ५९.८१ (९०८ जना) मा एन्टीबडी विकसित भएको परिषद्को अनुसन्धानमा उल्लेख छ ।

कोरोना संक्रमण भई निको भएकामध्ये लक्षण नदेखिएका सहभागीहरुको अनुपातमा जटिल लक्षण देखिएका सहभागीहरुमा एन्टीबडी विकसित भएको पाइएको परिषद्को प्रतिवेदनमा उल्लेख छ । खोप लगाएको दिनसँग नमुना संकलनको दिनलाई तुलना गरेर हेर्दा खोप लगाएको दोस्रो महिना पुगेका ८२.३३ प्रतिशत सहभागीहरुमा एन्टीबडी देखिएको थियो ।

तर चौथो महिना पछि ४३.७५ प्रतिशतमा मात्र देखिएको परिषद्ले बताएको छ । त्यस्तै, दीर्घरोगीहरुमा एउटा मात्र दीर्घ रोग भएकामध्ये ७८.९ प्रतिशतमा, दुई वटा दीर्घ रोग भएकामध्ये ७१.६९ प्रतिशतमा तथा तीन वा सो भन्दा बढी दीर्घ रोग भएका ४२.३ प्रतिशतमा एन्टीबडी देखिएको थियो ।

अनुसन्धान कतिमा गरिएको थियो ?

परिषद्का अनुसार यस अध्ययनमा कुल १,७९६ सहभागी गराइएको थियो । जसमध्ये पुरुष ५१.८ प्रतिशत (१,२२७) र महिला ४८.१ प्रतिशत (५७९) थिए भने सहभागीहरुको औसत उमेर ५०.५ वर्ष थियो ।

अनुसन्धानले १५.४ प्रतिशत (२७८) सहभागीहरुमा विगतमा कोभिड-१९ को संक्रमण पाइयो भने कुल सहभागीमध्ये ३७.८ प्रतिशत (६८०) मा दीर्घरोगी थिए । जसमध्ये ६६.६ प्रतिशत (४५३) लाई उच्च रक्तचाप थियो । कुल सहभागीमध्ये खोप लगाएका ८१ प्रतिशत (१४४८) थिए । जसमध्ये कोभिशिल्ड लगाउने ८५.२ प्रतिशत (१२३५), भेरोसेल १४.५ प्रतिशत (२१०) र अन्य खोप लगाउने ०.२ प्रतिशत (३) जना थिए ।

खोप लगाएका तथा नलगाएका व्यक्तिहरूमा एन्टीबडी स्तर मूल्याङ्कन गर्न अध्ययन गरिएको परिषद्ले जनाएको छ ।

परिषद्ले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा जेठ १७ गतेदेखि असार २५ गतेसम्म खोप लगाएका र नलगाएका गरी कुल १७९६ जनाको रगतको नमुना संकलन गरी सीएलआईए विधिमार्फत एन्टीबडीको स्तरको परीक्षण गरेको थियो ।

अध्ययनको उदेश्य

खोप लगाएका तथा नलगाएका व्यक्तिहरूमा एन्टीबडी स्तर मूल्याङ्कन गर्न अध्ययन गरिएको परिषद्ले जनाएको छ ।

परिषद्ले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा जेठ १७ गतेदेखि असार २५ गतेसम्म खोप लगाएका र नलगाएका गरी कुल १७९६ जनाको रगतको नमुना संकलन गरी सीएलआईए विधिमार्फत एन्टीबडीको स्तरको परीक्षण गरेको थियो ।

दुवै डोज खोपको प्रभावकारिता बढी

अध्ययन अनुसार खोपको एक डोज मात्र लगाएका भन्दा दुवै डौज लगाएकाहरूमा खोपको प्रभावकारिता बढी रहेको पाइएको छ ।

कोभिडको संक्रमण भई निको भएका तथा खोप लगाएका अधिकांश जनसंख्यामा कोभिड-१९ विरुद्धको एन्टीबडी विकसित भएको समेत अध्ययनमा उल्लेख छ ।

कोभिड-१९ को संक्रमण भएका सहभागीहरुमध्ये लक्षण नदेखिएका सहभागीहरुको अनुपातमा जटिल लक्षण देखिएकाहरुमा एन्टीबडी विकसित भएको पाइएको छ । कोभिड-१९ विरुद्धको खोप लगाई शरीरमा एन्टीबडी विकास भएका सहभागीहरुको संख्यालाई विश्लेषण गर्दा खोप लगाएको समय बढ्दै जादा एन्टीबडी विकसित भएका सहभागीहरुको संख्या भने घट्दै गएको अनुसन्धानले देखाएको छ ।

थप अध्ययन हुनु आवश्यक

कोभिड-१९ विरुद्धको दुवै डोज खोप लगाएका सहभागीहरुमा पनि समयक्रम अनुसार एन्टीबडी भएका व्यक्तिहरुको संख्या घट्दै गएको देखिएको अध्ययनमा उल्लेख छ ।

अध्ययनका सहभागीहरुमा एन्टीबडीको स्तरको थप अध्ययन हुनु जरुरी रहेको परिषद्ले भनेको छ । अध्ययनमा ६० वर्षभन्दा माथि उमेर समूहका पहिलो डोज कोभिशिल्ड खोप लगाएका व्यक्तिको पनि उल्लेखनीय सहभागीता थियो । जसमा जम्मा आधा सहभागीमा मात्र एन्टी बनेको पाइएको बताइएको छ । त्यसैले यस्ता व्यक्तिमा दोस्रो दोज खोप लगाएको १४ देखि २१ दिनपछि पुनः एन्टीबडीको अध्ययनको आवश्यकता देखिएको परिषद्ले बताएको छ ।

कोरोनाको खोप नलगाएका र अहिलेसम्म कोरोना नभएका ४६१ सहभागीहरुमा पनि एन्टीबडी विकसित भएको देखिएको हुनाने कोरोना समुदायस्तरमा फैलिएको सम्भावनालाई परिषद्ले औल्याएको छ । त्यसैले देशभर सेरोप्रिभलेन्स अध्ययन हुनु पर्ने आवश्यकतालाई पनि परिषद्ले औल्याएको छ ।

प्रतिकृया लेख्नुहोस्: