सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलका दुईवटा भूकम्प - Nepal Talk
मंसिर १६ गते, २०७८

सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलका दुईवटा भूकम्प

पटक हेरिएको

सोमबार सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर दुई वटा भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा ४.७ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।२०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५६० परकम्प गइसकेको छ ।

प्रतिकृया लेख्नुहोस्: