समाचार Archives - Nepal Talk
चैत्र २८ गते, २०७७

समाचार

रूपन्देहीलाई हराउँदै पञ्जाव पुलिस विराट गोल्डकपको क्वाटरफाइनलमा

विराटनगर । गोर्खा ब्वाइज रुपेन्देहीलाई ट्राइब्रेकरमा हराउँदै भारतको पन्जाब पुलिस विराटनगरमा जारी विराट गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो खेलमा रुपेन्देहीलाई टाइब्रेकरमा ४-२ गोलले हराउँदै भारत क्वारटफाइनलमा प्रवेश गरेको हो...

डाँका मुद्दाका फरार अभियुक्त २७ वर्षपछि पक्राउ

कञ्चनपुर । डाँका मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस-७ का बलबहादुर सुनारलाई प्रहरीले सत्ताइस वर्षपछि शुक्रबार पक्राउ गरेको छ । कञ्चनपुर जिल्ला अदालतको विसं २०५० असार ३ गतेको फैसलाअनुसार छ वर्ष कैद र ६२ हजार ४१५ जरिवाना भई लगतमा बसेका प्रतिवादीलाई प्रहरीले...

भक्तपुरको बिस्का जात्रा आजबाट सुरु

भादगाउँ । सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आजबाट सुरु हुँदैछ । यो जात्रासँगै भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ । जात्रा आज साँझ टौमढीस्थित ङातापोल (पाँचतल्ले मन्दिर) अगाडिबाट भैल खः (भैरवनाथको रथ) तानातान...

बादललाई सांसद पदबाट हटाउन माओवादीको पत्राचार

नेकपा माओवादी ९केन्द्र०ले रामबहादुर थापा बादललाई सांसद पदबाट हटाउन संसद् सचिवालयलाई पत्र पठाएको छ । थापाले दल त्याग गरेको भन्दै माओवादीले राजनीतिक दलसम्बन्धी ऐनअनुसार सांसद पदबाट मुक्त गरिदिन शुक्रबार संसद् सचिवालयलाई पत्र पठाएको हो । नेकपा माओवादी केन्द्रबाट...

नेपाल पत्रकार महासङ्घ काठमाडौँमा सुवेदी

नेपाल पत्रकार महासङ्घ काठमाडौँको अध्यक्षमा सूर्य सुवेदी विजयी भएका छन् । महासङ्घ काठमाडौँको बिहीबार राति सम्पन्न मतपरिणामअनुसार सुवेदी ७१३ मत ल्याएर विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी मोहन पन्तले ३३७ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा रामचन्द्र...

पत्रकार महासंघ कर्णाली प्रदेश समितिको अध्यक्षमा देविराम देवकोटा विजय

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको अध्यक्षमा देविराम देवकोटा विजय भएका छन् । प्रदेशको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा देवकोटा नेतृत्वको संयुक्त प्यानल विजयी भएको हो । देवकोटा ४२९ मत प्राप्त गरी विजय भएका छन् । उनका प्रतिस्पर्धी दैलेखका विष्णु...

आईपीएलको चौधौं संस्करण सुरु हुँदै

कोरोना संक्रमण बढीरहेको बेला भारतमा इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको चौधौं संस्करण सुरु हुँदै छ । शुक्रबार हुने उदघाटन खेलमा गत वर्षको विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गर्दैछन् । यो खेल चेन्नाइमा राति आठ बजे सुरु हुने...

सीमा क्षेत्र छाङ्ग्रु गाउँका एक्ला चौकीदार

व्यास गाउँपालिका–१ छाङ्ग्रुका ६० वर्षीय राइसिंह ऐतवाल गाउँभरिका एक्ला चौकीदार हुन् । तीन हजार २०० मिटर उचाइमा रहेको छाङ्ग्रु भारतसँग सीमा जोडिएको गाउँ हो । यहाँ वर्षमा झण्डै चारदेखि छ फुटसम्म हिमपात हुन्छ । अत्यधिक चिसो हुने गरेका कारण यहाँका नागरिक छ महिना...

सुर्खेतको सिस्नेरीमा आगलागी, नौ घर जलेर नष्ट

पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागीबाट नौ घर जलेर नष्ट भएका छन् । बराहताल–९ मा रहेको सिस्नेरी बस्तीमा बिहीबार अपराह्न चार बजेतिर आगलागी भएको हो । आठ घर पूर्णरूपमा जलेर नष्ट भएको र एउटा आंशिकरूपमा जलेको वडाध्यक्ष युवराज कार्कीले...

सुनको सिक्री र लेडिज ब्याग लुटेर आतंक मच्चाउने युवा पक्राउ

काठमाडौं । सुनसरीको ईटहरीमा सुनको सिक्री र लेडिज ब्याग लुटेर आतंक मच्चाउने बिजु मोतेलाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक घर भएका ३० वर्षीय बिजुलाई ईटरही उप–महानगरपालिका–६ बाट पक्राउ गरिएको ईटहरीका डिएसपी अर्जुन केसीले रातोपाटीलाई बताए । मोरङको केराबारी...