प्रदेश न. ३ Archives - Nepal Talk
कार्तिक ४ गते, २०७८

प्रदेश न. ३

नुवाकोटको किस्पाङमा बस दुर्घटना, ३० जना घाइते

नुवाकोटको किस्पाङमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । नुवाकोटका प्रहरी प्रवक्ता हरिबहादुर ओलीले दुर्घटनामा ३० जना घाइते भएको र उनीहरुलाई अस्पताल पठाउने क्रम जारी रहेको जानकारी दिए । भाल्चेबाट काठमाडौं आउँदै गरेको बस किस्पाङ–५ मानेगाउँ भन्ने ठाउँमा...

बागमतीमा सार्वजनिक सवारीको भाडा आजदेखि बढ्‍यो

बाग्मती प्रदेश सरकारले बढाएको सार्वजनिक सवारी साधनको भाडा आजदेखि लागू भएको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आजदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो । जसअनुसार अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ...

छोरी जन्माउने आमालाई सम्मान

नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरिएको छ । स्वास्थ्य संस्थामार्फत सुत्केरी भई छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरुप विभिन्न शीर्षकमा नगदसहित सम्मान गरिएको हो । गत साउन १ देखि यही असोज १४ गतेसम्मको अवधिमा छोरीलाई...

काभ्रेका चार स्थानीय तह कोरोनामुक्त

काभ्रेका चार स्थानीय तह कोरोना सङ्क्रमणमुक्त भएका छन् । एक नगर र तीन गाउँपालिका कोरोना सङ्क्रमणमुक्त भएका हुन् भने पछिल्लो दुई दिनदेखि जिल्लामा थप सङ्क्रमण देखिएको छैन । कोरोनामुक्त हुनेमा मण्डनदेउपुर नगरपालिका तथा रोशी, तेमाल र खानीखोला गाउँपालिका छन् ।...

काभ्रेमा आपतकालीन गोदाम घर

विपतका घटनामा छिटोभन्दा छिटो खोज तथा उद्धार कार्य गर्ने उद्देश्यले धुलिखेल नगरपालिका–३ मा प्रदेशस्तरीय गोदाम घर (वेयर हाउस) निर्माण भएको छ । बागमती प्रदेशका विभिन्न जिल्लामा विपतका समयमा आवश्यक पर्ने उद्धार सामग्रीको भण्डारणका लागि हालै उक्त घर निर्माण गरिएको...

काठमाडौंमा ३८२ घर डुबे, १३८ जनाको उद्धार

काठमाडौंमा बाढीका कारण तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ । गएरातिदेखि परेको वर्षाका कारण खोला किनारका बस्ती डुबानमा परेका हुन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको हो । काठमाडौं...

इन्द्रावती ड्याम छेउमा निरन्तर पहिरो

पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ लाँगर्चे इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइटमा ठूलो पहिरो गएको छ । गए राति ९ बजे गएको पहिरामा मेगा बैंकमा कार्यरत कर्मचारीको एक मोटरसाइकल पुरिएको छ भने मानवीय क्षति भने नभएको स्थानीयवासी राजन भुजेलले जानकारी दिनुभयो...

गाईजात्रा; थाकेको शरीरमा ऊर्जा भर्ने बागलुङको ‘लाखे नाच’

  हा…हो….इ….गाई भैँसीलाई किलो दाम्लो…. बाखरीलाई खोर साईंलो………. बारीमा लगाएको कोदो गोडमेल गर्ने बेला दक्षिण बागलुङका गाउँमा सुनिने भदौरे गीत हो यो । भदौरे गाउँदै कोदो गोडमेल सकेपछि किसान धानखेतको गोडमेलमा लाग्छन् । स्थानीय भाषामा धानखेतको बुट्टा...

वाग्मती सरकारका प्रवक्तामा मन्त्री पाण्डे

वाग्मती प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले मन्त्री केशवराज पाण्डेलाई प्रवक्ताको जिम्मेवारी तोकेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त पाण्डेलाई बैठकले प्रवक्ताको जिम्मेवारी तोकेको हो । बैठकले कोभिडविरुद्धको खोप कार्यक्रमलाई प्रभावकारी...

काभ्रेमा कोरोनाबाट चार महिनामा १३७ को मृत्यु, दश हजार सङ्क्रमित

कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएयता चार महिनाका अवधिमा काभ्रेमा १३७ सङ्क्रमितको मृत्यु भएको छ । यही अवधिमा जिल्लामा दश हजारभन्दा बढीमा सङ्क्रमण देखिएको तथ्याङ्कले देखाएको छ । गत साल कोरोनाको पहिलो चरणमा १४ महिलासहित ४५ सङ्क्रमितको मृत्यु भएको थियो । उक्त...