प्रदेश न. ४ Archives - Nepal Talk
आषाढ़ ५ गते, २०७८

प्रदेश न. ४

जथाभावी खनिएको सडकका कारण पहिरोको समस्या

जिल्लाको मङ्गला गाउँपालिका–५ अर्मनमा जथाभावी खनिएको सडकका कारण पहिरो सिर्जना भएको छ । सडक विस्तार गर्दा खनिएको माटोको सुरक्षित व्यवस्थापन नगर्दा अर्मनको हाँडेभिर बस्ती पहिरोको जोखिममा परेको हो । पोकबाट नेटा–अर्मन–किमचौर हुँदै बागलुङको ताराखोला जोड्ने...

अन्तिम अवस्थामा अस्पताल आउँदा मृत्युदर बढ्यो

जिल्लामा अधिकांश कोरोना सङ्क्रमित होम आइसोलेसनमा छन् । धेरै लक्षणविहिन भएपनि केही सङ्क्रमित लक्षणसहितका छन्  । कोरोनाको लक्षण देखिदा समेत स्वास्थ्यकर्मीको सम्र्पकमा नआउँदा बागलुङमा कोरोनाबाट मृत्यु हुने बढ्न थालेका छन । जिल्ला स्वास्थ्य कार्यालयका कोरोना...

पर्वत काँग्रेसको पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाईँदै

नेपाली काँग्रेस पर्वतको पार्टी कार्यालय भवनलाई कोभिड अस्पताल बनाइने भएको छ । जिल्लामा सङ्क्रमण दर बढ्दै गएपछि नागरिकको उपचार सहज बनाउन विपी स्मृति भवनलाई कोभिड–१९ रोकथामका लागि अस्थायी अस्पताल बनाउन जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई स्वीकृति दिइएको हो...

उपकरण अभावमा खेर जाँदै धवलागिरि अस्पतालको अक्सिजन

कोरोनाको दोस्रो लहरले नेपालमा कोरोना सङ्क्रमणको दर ह्वात्तै बढाएपछि अक्सिजन अभाव खड्किएको समाचार आइरहेका सन्दर्भमा बागलुङको अक्सिजन प्लान्टमा उत्पादित अक्सिजन भने उपकरण अभावमा खेर गइरहेको पाइएको छ । धवलागिरि अस्पताल बागलुङमा गण्डकी प्रदेश सरकारको सामाजिक...

स्कुटर दुर्घटनामा २ जनाको मृत्यु

तनहुँको ऋषिङ गाउँपालिका–१ धारापानीमा बुधबार साँझ भएको स्कुटर दुर्घटनामा दुइ जनाको मृत्यु भएको छ । ऋषिङ–४ थप्रेकबाट दमौलीतर्फ आउँदै गरेको ग १८ प ३७७ नम्बरको स्कुटर दुर्घटना हुँदा सवार दुवै जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ऋषिङ–४ का ३७ वर्षीय सन्देश गजमेर...

बिहान ८ देखि साँझ ८ बजेसम्म मात्र पसल खोल्न पाइने

दमौली । कोभिड-१९ सङ्क्रमणको जोखिम बढ्दै गएपछि तनहुँको व्यास नगरपालिकाले बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म पसल सञ्चालन गर्ने गराउने निर्णय गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा शुक्रबार बसेको सरोकारवालाको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।नगरक्षेत्रभित्र...

बागलुङमा फर्निचर उद्योगमा आगलागी, अझै नियन्त्रणमा आएन

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।गए राति २ः०० बजेदेखि शुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन । फर्निचरमा रहेका सबै...

बन्दीपुरमा केबुलकार चढाउने योजना

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबुलकार दशैँसम्म सञ्चालनमा आउने भएको छ । दशैँमा सर्वसाधारणलाई केबुलकार चढाउने योजनाबमोजिम धमाधम काम भइरहेको हो । पहिलो चरणअन्तर्गतका काम लगभग सकिएकाले दशैँमा केबुलकार सञ्चालन गर्न सकिने बन्दीपुर केबुलकार...

खाद्य अनुज्ञापत्र नलिई उत्पादन गर्ने उद्योग बन्द

खाद्य अनुज्ञापत्र नलिई उत्पादन गर्ने तनहुँको व्यास नगरपालिका–२ मालेबगरमा सञ्चालित एक उद्योग बन्द गराइएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार गरेको अनुगमनका क्रममा अनुज्ञापत्र नलिई विभिन्न सामग्री उत्पादन गर्ने न्यु झलक दालमोठ उद्योग बन्द गराइएको...

निर्वाचन आयोग होइन, ओली आयोग हो: गगन थापा

कांग्रेस नेता गगन थापाले निर्वाचन आयोगलाई ओली आयोगको संज्ञा दिएका छन् । ‘ओली सरकारले गर्ने निर्वाचनमा जान नसकिने भन्दै थापाले यस्तो बताएका हुन् । उनले भने, ‘‘निर्वाचनमा धाँधली गर्न खोज्यो भने निर्वाचन आयोगले रोक्ने हिम्मत राख्छ रु’ उनले आयोगको क्षमतामाथि...