ईश्वरी बरालको ‘खानदानी छोरी’सार्वजनिक - Nepal Talk
आषाढ़ ५ गते, २०७८

ईश्वरी बरालको ‘खानदानी छोरी’सार्वजनिक

पटक हेरिएको

काठमाडौं। सञ्चारकर्मी तथा गायिका ईश्वरी बरालको ‘खानदानी छोरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

गीतमा बरालको स्वर र राजेन्द्र भट्ट  (मिस्टर आरजे) को र्‍याप रहेको छ। भट्टको नै संगीत रहेको उक्त गीतका शब्द टुरिष्ट जङ्ग विकले लेखेका हुन्। गीतलाई मोहित मुनालले एरेन्ज गरेका छन्।

प्रिज्म रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकडिक्स कमल थापा र किरण विक हुन्। गीतको मिक्सिङ श्याम स्वेत रसाइलीले मिहेनत गरेका छन्।

चोभारमा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा टिकटक स्टार जुम्ल्याहा दिदी बहिनी इक्षीता र विक्षीता तिवारी तथा काजी दर्शनको अभिनय रहेको छ।

म्युजिक भिडियोमा र्‍यापर भट्टको अभिनय पनि देख्न पाइनेछ। जुम्ल्याहा दिदीबहिनी इक्षीता र विक्षीताले यही म्युजिक भिडियोबाट डेब्यू गरेका हुन्।

सान थापाले निर्देशन गरेको भिडियो अर्जुन तिवारीले छायांकन गरेका हुन्। गायिका बरालको यसअघि ‘नरिसाउन होइ’ बोलको गीत चर्चित छ।

प्रतिकृया लेख्नुहोस्: