नर्भिकमा उपचारत अभिनेत्री निशालाई चलचित्रकर्मी कल्याण कोषको सहयोग - Nepal Talk
श्रावण १४ गते, २०७८

नर्भिकमा उपचारत अभिनेत्री निशालाई चलचित्रकर्मी कल्याण कोषको सहयोग

पटक हेरिएको

नर्भिक अस्पतालमा उपचार अभिनेत्री निशा घिमिरेलाई चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याण कोषले पनि सहयोग गर्ने भएको छ । कोषले उनलाई नगद ५१ हजार रुपैयाँ सहयोग गर्ने चलचित्र कलाकार संघका अध्यक्ष तथा कोषका सदस्य रवीन्द्र खड्काले जानकारी दिए । ‘कोषले उनको परिवारलाई आइतबार सहयोग रकम उपलब्ध गराउनेछ,’ खड्काले थपे ।कोषको अलवा अभिनेत्री करिस्मा मानन्धरले पनि उनको परिवारलाई नगद २५ हजार सहयोग दिँदैछिन् । मानन्धरले शनिबार निशाको बुबालाई उक्त रकम प्रदान गर्ने  खड्काले जानकारी दिए । जसको समन्वय कलाकार संघले नै गरेको छ ।

प्रतिकृया लेख्नुहोस्: