पटक हेरिएको
अमेरिकाका स्वास्थ्य अधिकारीले कोरोनाभाइरसको नयाँ भेरियन्ट जुन सबैभन्दा पहिला बेलायतमा देखिएको थियो, त्यसले मार्च महिनासम्म अमेरिकामा सबैभन्दा ठूलो समूहलाई संक्रमित गर्न सक्ने चेतावनी दिएका छन् ।
जो बाइडेनका अनुसार खोप अभियान तीब्र गर्नु पर्नेछ । यसका लागि उनले एक योजना पनि पेश गरेका छन् ।
विशेषज्ञका अनुसार कोरोनाको नयाँ भेरियन्ट पहिलाको तुलनामा थुप्रै गुणा संक्रामक छ तर यो नयाँ भेरियन्ट पहिलेको तुलनामा बढी घातक छ भन्ने कुराको कुनै प्रमाण भेटिएको छैन ।
तर केही विशेषज्ञले अहिलेको खोपले कोरोनाको यो नयाँ भेरियन्टमा खासै प्रभावकारी नहुने आशंका पनि व्यक्त गरेका छन् ।
प्रतिकृया लेख्नुहोस्: