आक्रामक हुन बाध्य पारे–प्रचण्ड - Nepal Talk
फाल्गुन २३ गते, २०७७

आक्रामक हुन बाध्य पारे–प्रचण्ड

पटक हेरिएको

माघ, ४ काठमाडौं । के.पी शर्मा ओलीले संसद बिघटन गरेर संबिधानमाथि निर्ममतापुर्वक प्रहार गरेकाले आफुहरु आक्रामक हुन बाध्य भएको बताएका छन् । माघ ४ गते काठमाण्डौंमा भएको राष्ट्रिय युवा संघ नेपालको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘‘देश स्तब्ध भएको बेलामा हास्ने के पी ओली जोकर हो ।’
‘‘जनतालाई सार्वभौम बनाइएको यो पहिलो संबिधान हो ।’ संबिधान र गणतन्त्रको हत्या भएको बेलामा हास्नु भनेको बा–आमा मरेको बेलामा हास्नु जत्तिकै भएको दाहालले बताएका छन् ।
उनले के.पी ओलाई अनुशाशनमा राख्न बहुमतबाट आफुहरुले बहुमतबाट एक्ल्याएको बताएका छन् ।
‘‘म भ्रष्ट्राचार गर्दिन गर्न पनि दिन्न भन्ने तर भष्ट्रचारीलाइ सफाई दिनुहुन्छ । तँपाइको रोगले हामीलाई पनि सर्ला कि भन्ने डर भएको कारण पार्टि र पद्धतीमा हिड्न अध्यक्ष दाहालले सुझाएका छन् ।
उनले भने, ‘‘विचारमा, पद्धती, बिधिमा चल्ने पार्टि बनाउने अभियानमा लागेका छौ ।’ निर्वाचन आयोगलाई पठाएको पत्रमा आयोगले आफै दिनलाई रात रात लाई दिन नभन्ने ठोकुवा गरे ।

प्रतिकृया लेख्नुहोस्: