सर्लाहीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १७ घाइते - Nepal Talk
फाल्गुन २३ गते, २०७७

सर्लाहीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १७ घाइते

पटक हेरिएको

माघ, ८ काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका–४ मा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।

दाङबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस बिहीबार बिहान चार बजे दुर्घटना भएको हो । दुर्घटनामा दुई जना महिलाको मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी एवम् प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्: