‘मेरो छोराछोरी मसंगै जंगल लिएर हिंडे के मेरो दोष हो?-प्रचण्ड - Nepal Talk
आश्विन ११ गते, २०७८

‘मेरो छोराछोरी मसंगै जंगल लिएर हिंडे के मेरो दोष हो?-प्रचण्ड

पटक हेरिएको

माघ, १६ काठमाडौं । ‘‘मेरो छोराछोरीलाई मैले विदेश लगेर पढाइन । म संगै जंगल लिएर हिंडे के मेरो दोष हो? नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आज विराटनगरमा नेकपाद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बोलेका हुन् । उनले प्रधानमन्त्री ओलीको नातावादमा लाग्यो भन्ने आरोपको खण्डन गर्दै भनेका थिए ।
‘‘मेरो छोराछोरी छन् । म नपुसक भइन, के मेरो दोष हो? उनले प्रश्नात्मक शैलीमा भने, यस अगाडि केपी ओलीले प्रचण्ड नातावादमा लागेको आरोप लगाएका थिए । ‘‘देशलाई सुनको टुक्रा बनाउने मेरो सपना थियो तर केपी ओलीले संसदमा गुण्डागर्दी शैलिमा देशलाई र जनतालाई धोका दिएको अध्यक्ष दाहालले बताए । दाहालले मन्तव्यकै क्रममा प्रधानमन्त्री ओलीलाई व्यग्यात्मक शैलीमा भने, सत्तरी करोड भष्टाचार गरिन के मेरो दोष हो? इतिहांसले हिटलर र लेनीनलाई सम्झन्छ तर खलनायक भएर होइन नायक भएर विदा हुनुपर्छ।, अध्यक्ष दाहाले भने, उनले जरुरी पर्याे भने संसदको बैठक बसेर केपीलाई कार्वाहि समेत गर्न सक्ने चेतावनी दिएका छन् ।

प्रतिकृया लेख्नुहोस्: