कारमा मृत फेला परेका ३ बालकको शरीरमा कुनै चोटपटक देखिएन - Nepal Talk
कार्तिक ४ गते, २०७८

कारमा मृत फेला परेका ३ बालकको शरीरमा कुनै चोटपटक देखिएन

पटक हेरिएको

दाङ । तुलसीपुरको स्याउली बजारमा बैशाख १८ गते बेलुका एउटै कार भित्र मृत फेला परेका तीन बालकको शवको पोष्टमार्टम भएको छ । पोष्टमार्टम रिपोर्ट अनुसार तीनै ज

दाङमा पोष्टमार्टम गर्ने विशेषज्ञ नभएपछि बुटवलबाट तुलसीपुरमा विशेषज्ञ डाक्टर झिकाएर मृतक तीनै जना बालकको पोष्टमार्टम गरिएको थियो । पोष्टमार्टम रिपोर्टअनुसार तीनैजना बालकको शरिरमा कुनैपनि चोट पटक वा घाउ खत नरहेको कुरा जानकारी आएको एसपी चन्दले बताए । नाबालकको शरीरमा कुनै पनि चोटपटक नदेखिएको भन्ने जानकारी आएको दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले बताएका छन् ।पोष्टमार्टम रिपोर्टले तीन बालकको मृत्यु कर्तव्य गरि हत्या भएको भन्ने नदेखिएको जानकारी उनले दिए । तर, लक गरि राखेको कार भित्र तीन बच्चा कसरी भित्र पसे भन्ने कुरा रहस्यमय रहेको एसपी चन्दले बताए । एसपी चन्दले भने– ‘चालकले माघ १ गतेदिख कार लक गरि पार्किङमा राखेको हुँ भन्ने बयान गरेका छन्, त्यसो हो भने तीन बालक कसरी कारभित्र प्रवेश गरे त्यो कुरा रहस्यमय छ ।’

प्रतिकृया लेख्नुहोस्: