प्रधानमन्त्रीको शपथ विरुद्धको रिट प्रधानन्यायाधीशको बेञ्चमा - Nepal Talk
आषाढ़ ५ गते, २०७८

प्रधानमन्त्रीको शपथ विरुद्धको रिट प्रधानन्यायाधीशको बेञ्चमा

पटक हेरिएको

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ गराउन माग गरिएको रिटमा मंगलबार सुनुवाइ हुँदै छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो एकल इजलासमा सो मुद्दाको सुनुवाइ गर्ने भएका छन् ।

बरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले वैशाख ३१ मा प्रधानमन्त्रीले लिएको शपथ त्रुटीपूर्ण रहेको भन्दै रिट हालेका थिए । सर्वोच्च प्रशासनले आज सुनुवाई गर्ने गरी सोमबार रिट दर्ता गरेको थियो ।

प्रधानमन्त्रीले शपथ लिँदा राष्ट्रपतिले उच्चारण गर्न आग्रह गरेको ‘प्रतिक्षा गर्छ’ भन्ने शब्द ‘त्यो पर्दैन’ भनेर उच्चारण गर्न इन्कार गरेका थिए । निवेदकले संविधानको धारा–८० अनुसार शपथ बदर गरेर दोस्रोपटक शपथ गराउन माग गरेका छन् । प्रधानमन्त्रीको ‘त्यो पर्दैन’ भन्ने शब्दले राष्ट्रपति संस्थाको मानमर्दन गरको रिट निवेदकले जिकिर गरेका छन् ।निवेदकहरुले दोस्रोपटक मन्त्रि नियुक्त गरिएका मणिचन्द्र थापा, दावा लामा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, गौरीशंकर चौधरी र रामबहादुर थापा ‘बादल’को नियुक्ती पनि बदर गर्न माग गरेका छन् । मन्त्रि पदमा पुनः नियुक्त हुँदा संघिय संसद नभइकन मन्त्रि हुन नपाउने संवैधानिक व्यवस्था रहेको कानुन बरिष्ठ अधिवक्ता ज्ञवालीले बताए ।

‘मन्त्रीहरुको नियुक्ती संवैधानिक सर्वोच्चताको मुल्य विपरित भएको धारा–१३३ को उपधारा २ र ३ बमोजिम बदर गर्न आग्रह गरिएको छ’ सर्वोच्चमा दर्ता भएको रिटमा भनिएको छ–‘संघिय संसदको सदस्य नभएको व्यक्ति एकपटक मात्र मन्त्री हुन पाउने र ६ महिनाभित्र संसद सदस्यता लिनुपर्ने संवैधानिक व्यवस्था छ ।’

प्रतिकृया लेख्नुहोस्: