सिन्धुपाल्चोकले पाएन राज्यको गुहार - Nepal Talk
श्रावण १४ गते, २०७८

सिन्धुपाल्चोकले पाएन राज्यको गुहार

पटक हेरिएको

सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढिले स्थानियहरुले ज्यान गुमाएका छन । उक्त बाढिले मेलम्ची बजार र आसपासका गरि लगभग पाँच सय परिवार घर बारबिहिन बनेका छन् । खाने गाँस र बस्ने बासको कुनै ठेगान छैन् । आफन्तहरु बेपत्ता भएका छन् । यति खेर मेलम्चीले राज्यको मद्धत मागेको छ । खुला आकाशमुनी निरिह बनेर ।,  तर राज्यको अलिकती पनि उपस्थिती देखिएको छैन् । पिडित स्थानियहरुका अनुसार सरकारले पिडामा पनि उपस्थिती देखाउन नसकेको गुनासो गरे । बाढिले घर समान सबै बगाएपछि ज्यान जोगाउनेहरुको पनि सरकारले उचित व्यवस्थापन गर्न नसकेको देखिन्छ । मन्त्री शेरबहादुर तामाङले हेलिकप्टर चार्टर गरेर पिडतहरुमाथि पक्षपातपुर्ण व्यवहार गरेको स्थानिय तोक तामाङले बताए ।

प्रतिकृया लेख्नुहोस्: