गण्डकीमा ६२५ जनामा कोरोना संक्रमण, थप ८ जनाको मृत्यु - Nepal Talk
आश्विन ११ गते, २०७८

गण्डकीमा ६२५ जनामा कोरोना संक्रमण, थप ८ जनाको मृत्यु

पटक हेरिएको

गण्डकी प्रदेशमा थप ६२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३०७ जनाको नमुना परीक्षण गरिएकामा ६२५ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २९० महिला र ३३५ जना पुरुष रहेका छन् ।

प्रदेशका ९ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै पर्वतमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनकाअनुसार कास्की २५५, बागलुङ ६३, स्याङ्जा ५०, म्यादी ३२, पर्वत २१, गोरखा ४७, लमजुङ २०, तनहुँमा ६० र नवलपुरमा ७७ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६६ हजार २८९ पुगेको छ ।

प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ८ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१७ का ७९ वर्षीय पुरुष, पोखरा–८ का ७० वर्षीय पुरुष, पोखरा–३३ की ८६ वर्षीय महिला र कास्कीको रुपा गाउँपालिका –४ की ५४ वर्षीय कोरोना संक्र

प्रतिकृया लेख्नुहोस्: