गण्डकीमा ५७३ जनामा कोरोना संक्रमण, थप ५ जनाको मृत्यु - Nepal Talk
कार्तिक ४ गते, २०७८

गण्डकीमा ५७३ जनामा कोरोना संक्रमण, थप ५ जनाको मृत्यु

पटक हेरिएको

गण्डकी प्रदेशमा थप ५७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशका विभिन्न अस्पतालहरुमा गरिएको पीसीआर र एण्टिजेन नमूना परीक्षणमा ५७३ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २८५ महिला र २८८ जना पुरुष रहेका छन् ।प्रदेशका ७ जिल्लामा गरिएको नमूना परिक्षणमा सबैभन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै पर्वतमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्‍चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।  उनकाअनुसार कास्की १८३, बागलुङ ५४, स्याङ्जा १४, म्याग्दी २४, पर्वत २,गोरखा १०९, लमजुङ २७ तनहुँमा ९६ र नवलपुरमा ६४ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७१ हजार ५४१ पुगेको छ ।प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१५ की ८६ बर्षिय महिला, पोखरा–१६ की ३३ वर्षीय महिला, पोखरा–२४ का ७३ वर्षीय पुरुष, लमजुङ सुन्दरबजार–११ का ६१ वर्षीय पुरुष र नवलपरासी पूर्व देउचुली–१५ का ६१ वर्षीय पुरुष रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १२८ जना पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्: