बाइडेनको सपथमा अमेरिकामा हतियारसहित प्रदर्शन हुनसक्ने चेतावनी - Nepal Talk
माघ ८ गते, २०७७

बाइडेनको सपथमा अमेरिकामा हतियारसहित प्रदर्शन हुनसक्ने चेतावनी

पटक हेरिएको

अमेरिकी फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले जो बाइडेनको सपथअघि अमेरिकामा अर्को प्रदर्शन हुनसक्ने चेतावनी दिएको छ । २० जनवरीमा बाइडेनले सपथ लिदैंछन् ।

एफबिआईका अनुसार २० जनवरीमा बाइडेनले सपथ लिदाँ हतियारधारी समूहहरुले ५० वटै राज्यका संसद् भवन र वासिङटन डिसीमा समेत प्रदर्शन गर्ने योजना बनाइरहेका छन् । बाइडेनको सपथ समारोहलाई लिएर सुरक्षा व्यवस्था कडा बनाइएको छ । यस्तो खबरले अधिकारीहरुलाई थप चिन्तित बनाएको छ ।

शुुक्रबार पत्रकारहरुसँग कुराकानी गर्दै बाइडेनले अमेरिकी संसद् भवनबाहिर सपथ लिन आफुलाई कुनै डर नलागेको बताएका छन् । गत साता संसद् भवनमा हिंसात्मक प्रदर्शन र हुलदंगा भएपनि राष्ट्रपति र उपराष्ट्रपति दुुबैले संसद् भवनको कार्यालयबाहिर नै सपथ लिने अपेक्षा गरिएको छ । यद्यपी, यहाँ सुरक्षा व्यवस्था निकै कडा हुनेछ । यसअघि ६ जनवरीमा संसद् भवनभित्र छिरेर ट्रम्प समर्थक प्रदर्शनकारीहरुले ताण्डव मच्चाएका थिए । त्यसक्रममा गोली चल्दा मर्नेको संख्या ५ पुगिसकेको छ ।

गत नोभेम्बरमा सम्पन्न निर्वाचनबाट जो बाइडेन अमेरिकाको ४ औं राष्ट्रपति चुनिएका हुन् । ७८ वर्षीय बाइडेन यसअघि सन् २००८ देखि २०१६ सम्म अमेरिकाका उपराष्ट्रपति थिए । त्यसैगरी उपराष्ट्रपतिमा चुनिएकी कमला ह्यारिस यस पदमा निर्वाचित हुने पहिलो अश्वेत तथा पहिलो महिला हुन् ।

-BBC

प्रतिकृया लेख्नुहोस्: