ट्रम्पविरुद्ध महाभियोग: ट्रम्पकै दलका कतिपय सांसद 'महाभियोगको पक्षमा' - Nepal Talk
माघ ४ गते, २०७७

ट्रम्पविरुद्ध महाभियोग: ट्रम्पकै दलका कतिपय सांसद ‘महाभियोगको पक्षमा’

पटक हेरिएको

अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सले गत साता संसद् भवनमा भएको हूलदङ्गामा राष्ट्रपति डोनल्ड ट्रम्पको भूमिकालाई लिएर उनीविरुद्ध महाभियोग लगाउने कि नलाउने भन्ने निर्णय गर्दैछ

डेमोक्र्याटहरूले राष्ट्रपतिमाथि क्यापिटल भवनमा आक्रमण गर्न आफ्ना समर्थकहरूलाई प्रोत्साहित गरेको आरोप लगाएका छन्। घटनामा पाँचजनाको मृत्यु भएको थियो।

ट्रम्पको रिपब्लिकन पार्टीका केही सांसदहरूले हूलदङ्गा गर्न उक्साएको औपचारिक अभियोगमा डेमोक्र्याटहरूलाई साथ दिने बताएका छन्।

राष्ट्रपति ट्रम्पले हिंसामा आफ्नो कुनै पनि किसिमको भूमिका अस्वीकार गरेका छन्  ।

प्रतिकृया लेख्नुहोस्: