पटक हेरिएको
माघ ४, काठमाण्डौं । सरकारले चीनीया कम्पनी सिनोभ्याकले उत्पादन गरेको कोरोना बिरुद्धको खोपलाई पनि आपतकालिन प्रयोगका लागि अनुमति दिने तयारी गरेको छ । सिनोफार्म खोप ब्राजिल, युएई, पाकिस्तान लगायतका मुलुकमा प्रयोग भईरहेको छ ।
यस अघि भारतमा बनेको कोभिसिल्ड खोपलाई अनुमति दिईसकिएको छ ।
भारतमा बनेका ‘कोभिसिल्ड’ र ‘कोभ्याक्सिन’ तथा चीनको ‘सिनोफार्म’ ले आपत्कालीन प्रयोगका लागि विभागमा निवेदन दिएका थिए ।
आपत्कालीन उपयोगको पहिलो अनुमति पाएको २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने अक्सफोर्ड–अस्ट्रेजेनेकाको ‘एजेडडी १२२२’ खोपलाई सिरम इन्स्टिच्युट अफ इन्डियाले भारतमा कोभिसिल्डको नाममा उत्पादन गरेर तेस्रो चरणको परीक्षण पूरा गरिसकेको छ ।
प्रतिकृया लेख्नुहोस्: