अमेरिकाः जोनसन एण्ड जोनसनको भ्याक्सिनमा रोक लगाउने सिफारिस - Nepal Talk
जेष्ठ ४ गते, २०७८

अमेरिकाः जोनसन एण्ड जोनसनको भ्याक्सिनमा रोक लगाउने सिफारिस

पटक हेरिएको

अमेरिकाका स्वास्थ्य अधिकारीले कोरोनाबाट बच्न प्रयोग भइरहेको जोनसन एण्ड जोनसनको भ्याक्सिनमाथि रोक लगाउने सिफारिस गरेका छन् ।यो भ्याक्सिनको प्रयोगपछि रगत जम्ने समस्या देखिएका कारण अधिकारीले यस्तो माग गरेको बताएका छन् । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) का अनुसार सावधानीलाई ध्यानमा राख्दै यो निर्णय लिइएको छ ।एएफडीका अनुसार भ्याक्सिनको ६८ लाखभन्दा बढी डोजमा रगत जम्ने ६ दुर्लभ घटना देखिएको छ । संस्थाले एस्ट्राजेनेका भ्याक्सिनको उपयोगबाट रगत किन जम्छ भन्नेबारे अनुसन्धान गरेपछि यसको प्रयोगमा अंकुश लगाएको छ ।

ट्वीटरमा गरिएको आफ्नो थुप्रै ट्वीटमा एफडीले आफूले र रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले रगत जमेको ६ घटनाको समीक्षा गर्दै भ्याक्सिन लगाएपछि देखिएको यो समस्या अत्यन्त दुर्लभ भएको बताएको छ ।

एफडीएले भन्यो, ‘सतर्कतालाई ध्यानमा राख्दै हामी यो भ्याक्सिनको उपयोगलाई रोक्न सल्लाह दिइरहेका छौं । यो निर्णयको उद्देश्य स्वास्थ्यको हेरविचार गर्नेहरुलाई यस्तो प्रतिकूल घटनाको घातक असरबारे जानकारी दिनु हो ।’

एफडीए र सीडीसीको एक संयुक्त बयानमा रगत जम्ने घटना वास्तवमा सेरिब्रल वेनस साइनस थ्रोम्बोसिस (सीवीएसटी) हो । यस्ता मामिलालाई सामान्यभन्दा भिन्न उपचारको आवश्यकता पर्ने यसमा बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्: