हमलामा इरानको परमाणु संयन्त्र बर्बाद भएको खुलासा - Nepal Talk
जेष्ठ ४ गते, २०७८

हमलामा इरानको परमाणु संयन्त्र बर्बाद भएको खुलासा

पटक हेरिएको

आइतबार भएको हमलामा इरानको सबैभन्दा महत्वपूर्ण परमाणु केन्द्रका हज्जारौं मसिन कि त खराब भएको कि बर्बाद भएको इरानी अधिकारीले बताएका छन् ।इरानी संसद्को अनुसन्धान केन्द्रका प्रमुख अलिरेजा जकानीले यो घटनाका कारण इरानको परमाणु सामग्रीलाई परिष्कृत गर्ने क्षमता समाप्त भएको बताएका छन् ।एक अन्य अधिकारीले नतांज परमाणु केन्द्रको जुन भागमा उक्त हमला भयो त्यो जमिनभन्दा पचार मिटर मुनी भएको जानकारी दिए । इरानले यो हमलालाई परमाणु आतंकवाद बताउँदै इजराइललाई यसका लागि जिम्मेवार बताएको छ ।

यस्तै इजराइलले आफ्नो भूमिकाको न नै पुष्टि गरेको छ, न यसको खण्डन गरेको छ । तर इजराइलको सरकारी रेडियोले गोप्य स्रोतलाई उद्धृत गर्दै यो इजराइलको गुप्तचर एजेन्सी मोसादको एउटा अपरेशन भएको बताएको छ । इरानले प्रभावित सेन्ट्रीफ्यूजलाई फेर्ने बताएको छ ।

सेन्ट्रीफ्युज त्यो मेसिन हो जसमा युरोनियमको संवर्धन गरिन्छ जसलाई पछि परमाणु ऊर्जा बनाउन प्रयोग गरिन्छ । अत्यधिक उन्नत सेन्ट्रीफ्युजमार्फत् परमाणु बम पनि बनाउन सकिन्छ ।

इरानलाई कति हानी भयो ?

इरानले सुरुवातमा नै सेन्ट्रीफ्यूजमा क्षती पुगेको बताएको थियो तर योभन्दा बढी जानकारी दिएको थिएन ।

अब सरकारी टिभी च्यानमा बोल्दै जकानीले परमाणु संयन्त्रमा भारी क्षती पुगेको बताएका छन् ।

उनले प्रश्न गरे, ‘उनीहरु हाम्रो बिजुली सिस्टममा घुस्छन् र एकैपटक थुप्रै हजार सेन्ट्रीफ्यूजलाई कि त नष्ट पारिदिन्छन् कि यसमा हानी गरिदिन्छन्, के यो सामान्य कुरा हो ?’

‘के हामी आइतबारको यो घटनामाथि संवेदनशील हुनु पर्दैन जसले हाम्रो सम्वर्धनको क्षमतालाई नै नष्ट गरिदिएको छ ?’

यस्तै अमेरिकी गुप्तचर अधिकारीले न्यूयोर्क टाइम्ससँगको कुराकानीमा आणविक संयन्त्रमा एउटा ठूलो बिस्फोट भएको बताए । यसका कारण भूमिगत संयन्त्रभित्र स्थापित सेन्ट्रीफ्यूजलाई बिजुली पुर्याउने पावर सिस्टम पूर्ण रुपमा बर्बाद भएको छ ।

उनका अनुसार यो बिस्फोटपछि त्यहाँ पुनः युरेनियमको संवद्र्धन सुरु हुन कम्तीमा ९ महिना लाग्नेछ ।

स्रोत: बीबीसी

प्रतिकृया लेख्नुहोस्: