भारतको आपत्तिपछि कोरोना भेरियन्टको नाम राख्ने नियममा परिवर्तन - Nepal Talk
आषाढ़ ५ गते, २०७८

भारतको आपत्तिपछि कोरोना भेरियन्टको नाम राख्ने नियममा परिवर्तन

पटक हेरिएको

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड–१९ को भेरियन्टको नामाकरणका लागि एउटा नयाँ सिस्टमको घोषणा गरेको छ ।यस अनुसार अब डब्ल्यूएचओ भारत, बेलायत, दक्षिण अफ्रिकासमेत अनय देशमा पाइने कोरोना भेरियन्टको नाम राख्नका लागि ग्रीक भाषाको अक्षरको प्रयोग गर्नेछ ।यसै नियम अनुसार पहिलो पटक भारतमा पाइएको B.1.617.1  लाई कप्पा र B.1.617.2 लाई डेल्टा भनिनेछ ।

बेलायतमा पाइएको भेरियन्टलाई अल्फा र दक्षिण अफ्रिकामा पाइएको भेरियन्टलाई बीटा नाम दिइएको छ ।

डब्ल्यूएचओले यो निर्णय कुराकानीलाई सहज बनाउन र भेरियन्टको नामलाई देशसँग नजोडियोस् भनेर सुनिश्चित गर्नका लागि यस्तो गरिएको बताएको छ ।

यो महिनाको सुरुवातमा भारत सरकारले B.1.617.2 लाई भारतीय भेरियन्ट भनेपछि आलोचना गरेको थियो । यद्यपि, डब्ल्यूएचओले पहिला पनि आधिकारिक रुपमा कुनै भेरियन्टको नामलाई कुनै देशसँग जोडेको थिएन ।

डब्ल्यूएचओकी कोभिड–१९ की टेक्नीकल प्रमुख मारिया वेन कर्खोवले ‘कुनै पनि देशलाई भेरियन्ट खोज्न र त्यसको जानकारी दिनका लागि बदनाम गर्नु हुँदैन’ भनेकी छिन् ।

उनले भेरियन्टको खोजका लागि ‘प्रभावकारी निगरानी र वैज्ञानिक आँकडा शेयर गर्नुपर्ने कुरामा जोड दिएकी छिन् । डब्ल्यूएचआले आफ्नो वेबसाइटमा सबै भेरियन्टको नामको सूची जारी गरेको छ ।

प्रतिकृया लेख्नुहोस्: