अमेरिकासँग आमने सामने हुन किम जोङ उन तयार - Nepal Talk
श्रावण १४ गते, २०७८

अमेरिकासँग आमने सामने हुन किम जोङ उन तयार

पटक हेरिएको

उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकासँग वार्ता र सामना गर्नका लागि आफ्नो देशले तयारी थाल्नुपर्ने बताएका छन् । किमले वर्ताभन्दा पनि सामनाका लागि विशेषगरी तयारी थाल्नुपर्ने धारणा व्यक्त गरेका छन् ।अमेरिकी राष्ट्रपति जो बाइडेनले उत्तर कोरियासँग कूटनीतिक संवादका लागि आफू तयार भएको कुरालाई किम जोङ उनले कुनै वास्ता गरेका थिएनन् ।यससँगै किमले पहिलो पटक बाइडेन प्रशासनलाई सीधा रुपमा यसबारे जवाफ फर्काएका छन् ।

यसै हप्ता उत्तर कोरियाको राजधानी प्योंगयांगमा सुरु भएको सत्ताधारी वर्कर्स पार्टीको महत्वपूर्ण सेन्ट्रल कमिटीको बैठकमा किम जोङ उनले आफ्नो देश खाद्य सामग्रीको चरम अभावसँग जुधिरहेको पनि स्वीकारेका थिए ।

किमको टिप्पणी उल्लेख गर्दै राज्य सञ्चालित केसीएनएले भनेको छ, ‘हाम्रो राज्यको गरिमा र हाम्रो स्वतन्त्र विकासको हितका लागि साथै, उत्तर कोरियाको सुरक्षा र शान्त वातावरणको प्रत्याभूतिका लागि पनि सामना गर्नका लागि पूर्ण रुपमा तयार हुनुपर्छ ।’

 

प्रतिकृया लेख्नुहोस्: