तालिबानको धम्की – अफगान सैनिकले आत्मसमर्पण गरोस्, टर्कीलाई पनि चेतावनी - Nepal Talk
श्रावण १४ गते, २०७८

तालिबानको धम्की – अफगान सैनिकले आत्मसमर्पण गरोस्, टर्कीलाई पनि चेतावनी

पटक हेरिएको

अफगानिस्तानका एक वरिष्ठ बागी नेताले तालिबानले अफगान सैनिकसँग शहरमा लड्न नचाहेको बताउँदै उनीहरुले आत्मसमर्पण गरेको देख्न चाहेको बताएका छन् । समाचार एजेन्सी एएफपीले आफ्नो रिपोर्टमा यसबारे जानकारी दिएको छ

यसैबीच तालिबान नेताले टर्कीलाई पनि अफगानिस्तानमा आफ्नो सेनाको उपस्थिति नबढाउन चेतावनी दिएको छ ।

कट्टरपन्थी इस्लामी समूह ‘तालिबान’ ले अफगानिस्तानका अधिकांश इलाकामा कब्जा जमाएको छ । विदेशी सैनिक फिर्ता भएपछि तालिबानले अत्यधिक तीब्र गतिमा आफ्नो कब्जा भएको क्षेत्रको विस्तार गरेको छ ।

अफगानिस्तानका केही शहरमात्रै अब अफगान सेनासँग छ र यी इलाकामा पनि सुविधाका सामान हवाईजहाज मार्फत् पुर्याइँदैछ ।

तालिबानका प्रवक्ता आमिर खान मुत्ताकीले यसबारे एउटा सन्देश दिएका छन्, ‘अब लडाईं पहाड र मरुभूमि इलाकाबाट शहरी इलाकासम्म पुगेको छ तर मुजाहिदिन (तालिबान लडाकू) शहरभित्र लडाईं चाहँदैन । त्यसैले कुराकानीका थुप्रै च्यानल बनाइयोस् ताकि शहरलाई हानी हुनबाट बचाउन सकियोस् ।’

जिल्ला मुख्यालय र शहरलाई चारैतिरबाट घेरेर, त्यसलाई काटिदिने र त्यसपछि केही वरिष्ठ व्यक्तिहरुसँग मध्यस्थता गराउने यो तालीबानको पुरानै प्रयास हो । तालिबानले सन् १९९० को दशकमा पनि पहिलो पटक सत्तामा आउनका लागि यस्तै गरेको थियो ।

मुत्ताकीको यो ताजा बयानपछि काबुल प्रहरीका प्रवक्ता फिरदौस फारामुर्जले काबुल शहरको बीचमा एउटा बम बिस्फोट भएको जसमा ४ अफगानी नागरिकको मृत्यु भएको र पाँच लाख मानिस घाइते भएको बताए ।

मुत्ताकीको बयान अफगानिस्तानका रक्षामन्त्रीद्वारा जारी गरिएको एक आधिकारिक वक्तव्यपछि आएको हो जसमा उनले अफगान सैनिकले थुप्रै दिनको कडा संघर्षपछि एक महत्वपूर्ण शहरलाई तालिबानको कब्जाबाट छुटाएको दाबी गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्: