ब्राजिलका राष्ट्रपति जयार बोलसोनारोलाई १० दिनदेखि लगातार बाडुल्की, अस्पताल भर्ना - Nepal Talk
श्रावण १४ गते, २०७८

ब्राजिलका राष्ट्रपति जयार बोलसोनारोलाई १० दिनदेखि लगातार बाडुल्की, अस्पताल भर्ना

पटक हेरिएको

ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई १० दिनदेखि लगातार बाडुल्की लागेका कारण अस्पताल भर्ना गरिएको छ । यसका लागि उनको आकस्मिक शल्यक्रिया गराउनुपर्ने सम्भावना भएको बताइएको छ । ब्राजिलको राष्ट्रपति कार्यालयले यसबारे जानकारी दिएको हो ।

उनको आन्द्रामा केही बाधा भएको हो कि भनेर परीक्षण गर्नका लागि उनलाई साओ पाउलोको एक अस्पतालमा भर्ना गरिएको छ ।

बोलसोनारोले पनि यसबारे एउटा ट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘म चाँडै निको भएर फर्किनेछु ।’

प्रतिकृया लेख्नुहोस्: