‘काठमाण्डौको फोहोर डोकोमा बोकेको छु;-हिरालाल तण्डुकार - Nepal Talk
जेष्ठ ४ गते, २०७८

‘काठमाण्डौको फोहोर डोकोमा बोकेको छु;-हिरालाल तण्डुकार

पटक हेरिएको

आज भन्दा करिब पचास बर्ष अगाडिको काठमाडौंको अवस्थाका बारेमा काठमाण्डौं महानगरपालिका एघार नम्बरका वडाअध्यक्ष हिरालाल तण्डुकारसंग पार्वती खड्काले गरेको कुराकानी प्रस्तुत छ ।
तँपाइलाई हुर्काएको उहिलेको काठमाडौंमा फोहोर व्यवस्थापन कसरी हुने गथ्र्याे ?
म आफैले डोकामा फोहोर उठाउथे र कन्टेनरमा राख्थे । त्यो बेलामा एक घरले दश रुपैैंया मात्र दिन्थ्यो । शशिबहादुर थापा भन्ने फोहोरमैला व्यवस्थापन प्राबिधिक सहयोग केन्दमा हुनुहुन्थ्यो । त्यो बेलामा घरको फोहोर घरमै काम लाग्थ्यो । उतिखेर घरमा अहिलेजस्तो घरैपिच्छे, कोठैपिच्छे सौचालय हुदैनथ्यो । त्यसको बदलामा हरेक घरमा सागा भन्ने हुन्थ्यो । आफनो घरको फोहोर र ढल त्यहि सागामा राख्थ्यौ । पोडे जातीहरुले हाम्रो एक कन्टेनर दिशाको दुइ रुपैंया पैसा दिएर किन्ने गर्थे । उनीहरुले हाम्रो दिशा लगेर चुना घोलेर कालो झोल बनाइदिन्थे र टिनमा राखेर फेरि हामी किसानलाई नै बेच्न ल्याउथे । हामी त्यो मल किन्थ्यौँ । हामी खेतमा शूरुमा त्यो झोल राखेर माटोले छोप्थ्यौँ , अनि फेरी डयाङ पारेर आलु राप्थ्यौँ । आलु त यत्रो ठुलो–ठुलो हुन्थ्यो भन्या, त्यहि आलू हामी पचहत्तर पैसामा बिक्रि गथ्र्याै ।, यसरी ‘पेटको खेतमा र खेतको पेटमा’ भन्ने गर्थे । कँहा नदिमा ढल मिसाउनु अहिले जस्तो ।
तपाइहरुले थाहा पाउदादेखि काठमाडौं कस्तो थियो?
म आफै गर्थे भनेको । हामी खेतमा काम गथ्र्याै । एक जनाको तिन रोपनि सम्म खेत हुन्थ्यो अहिले पो चार आना मात्र बाकि छ त । हामी नेवारहरुले बुद्धि बिगारेको हौ । मैले पनि जति गर्नुपर्ने जे गर्नुपर्ने त्यो गरिन । मैले फोहोरबाट तरकारि फलाउने कुरा त उहिले गोरखापत्रका कुष्ण मुरारीहरुलाई पनि सिकाउथे । राष्ट्रिय मिडियाहरुबाट मेरा कुरा प्रशारण हुन्थे ।
काठमाडौको अर्गानिक खानेकुरा हराउनुमा अव्यबस्थित शहर हुनुमा कसको गल्ती ?
काठमाडौंका नेवारहरुकै गल्ती यँहा हामीले आफनो काम छोडयौ । हामी शोखिन्दार भएका हौ । हुदा हुदा कँहासम्म भइदियो भने कसाइले आफनो काम छोडयो । सारगीं बजाउने गाइनेहरुले गित सुनाएर पैसा लिने होइन त ? तर उनीहरुले आफनो गर्दैनन् । अब तामाको भाडा बनाउने छोडयो । हामीकँहा कसाइलाई ‘नै भन्छ । उसले मासु बेच्ने हो । उस (कसाइ)को श्रीमतीले मैनाको एकपटक हाम्रो घरमा आएर नङ काटिदिन्थे । त्यस बापत हामीकँहा भएको दाल, चामल, आलु, प्याँज जसको जे छ त्यो बोराका बोरा लिएर जान्थे नङ काटेवापत हगि । तर पैसाले गर्दा मान्छेले आद्धत बिगार्याे । हामी शोखिन भयौ । शोखिन हुने क्षमता छ कि छैन त हामीसंग?  त्यसको हिसाब चाँहि गरेनौ क्या । पहिले श्रमको साटासाट हुन्थ्यो तर अहिले त्यस्तो छैन । भैरहवा, बिराटनगर, चितवन भनेको औद्योगिक क्षेत्र हो यो क्षेत्रमा राज्यले लगानी गर्नुपर्याे नि ।
तँपाइले थाहा पाउँदाखेरिको माइतिघर कस्तो थियो?
ओहो ! त्यतिबेला त कँहा माइतीघर थियो त ? त्यँहा त राणाहरुको दरवार थियो । हामी पब्लिक जान पाइदैनथ्यो । माइतीघरको बिचमा खाल्डो पारेर चाइनीजहरुले कोदारी राजमार्गको लागि बाटो बनाइदिएका हुन् । नत्र त्यो माथिको डाडा छ नि सेन्ट जेभियर्स कलेज छ नि, त्यति हाइटमा पो हो नी । पछि फोरेर बाटो बनाए तब मात्र पछि खुलेको हो ।
काठमाडौलाई पहिलेकै हराभरा अवस्थामा फर्काउन के गर्नूपर्ला त?
हामीले फोहोर किन्ने भनेका छौ । फोहोर व्यवस्थापन गर्न घरमा छुटयाउ भनेको छौ । तर मानेन क्या । तैले भनेर चाहि हामी छुटयाउने महानगरपालिकाले चाहि एकै ठाँउमा राखेर लान्छ भनेर गाली गर्छन् । अब फोहोर व्यवस्थापन गर्न नसकेसम्म केहि हुदैन ।
महानगरपालिकाले नसकेको हो भने वडाले त नमुना वडा बनाउन सक्ला नि?
म तँपाइलाई सम्झाउछु ।आज भन्दा चालिस बर्ष अगाडि पैतालिस सालमा बाटोमा फोहोर फाल्थे । मलाई अति नै सकसक लागेर शशि बहादुर थापाकँहा फोहोर भयो के गर्ने भनेर म आफै गएको थिए । जानी नजानिकन मैले काम थाले । थापाले भनेका थिए । तैले गर्न सक्छस त? भने मैले सक्छु भनेपछि फोहोर व्यवस्थापन केन्द्रले मलाई डोको र रिक्सा दिएर पठाए । घरघरमा दश रुपैंया उठाएर म फोहोर उठाउन थाले । एक परिवारलाई मैले पाँच सय रुपैँया दिएर काम लगाएको थिए ।
उतिखेर काठमाडौंका घरहरु कस्ता थिए?
कक्रिटको घरहरु थिएनन् । माटोको घर थिए । मेरो घर पनि माटोकै थियो ।
काठमाडौं महानगरपालिकाको फोहोर अब किन्ने हो महानगरपालिकाले । अहिले फोहोर उठाएबापत १५० रुपैंया तिर्नुपर्छ तर अब चाँहि १५० रुपैंया आम्दानी गर्न सक्नुपर्छ भन्छु क्या म त ।
तँपाइले भनेको कुरा सम्भब छ त?
छ म फोहोर किन्ने योजनामा छु । यो बोटल पनि बिक्रि गर्न सकिन्छ । एक रुपैयामा जान्छ । दुधको प्याकेटको कालो पाइप बन्छ । त्यो नभइकन हुदैन कालो पाइपको लागि । भनेपछि फोहोर बिक्री हुदैन र? हाम्रो सस्कृती धरोहर हाम्रा पुर्खाहरुले जसरी छोडेर गए, हामीले त्यो पनि बचाउन सकेनौ । हामी काठमाडौंका आदिवासिले गल्ती गरेको हो । हामी काठमाडौंमा बस्नेले काठमाडौलाई सम्हाल्न सकेनौ । बाहिरबाट आएका मान्छेले यँहा जागिर खान्छ, घर बनाउछ तर मायाँ कँहा गर्छ त भन्दा बाहिर गोरखा झापालाई गर्छ अनि कसरी हुन्छ ? घरवालाहरुले भाडामा बस्नेहरुलाई फोहोर फाल्न नदिने समस्या छ । फोहोर बेच्न पाउने व्यवस्था आयो भने त यँहा फोहोर घरवालाहरुले किन्न थाल्छन । अहिले त छुटयाएर मात्र पनि भएन नि फोहोर लगेर संकलन गर्ने कँहा?
नेवारहरुले मात्रै काठमाडौलाई माया गरेको भन्नुभयो तँपाई वडाअध्यक्ष भएर नँया चाँहि के गर्नुभएको छ त?
मेरो वडामा कँहा निर फोहोर देख्नुभयो? माइतीघरमा दिनहुँ आन्दोलन हुन्छ खोइ फोहोर छ ? म आफैले भनेको छु भाइबहिनी हो आन्दोलन गरेपछि सफा गर है भनेको छु । यदि सफा गरेनन भने म आफै गएर सफा गर्छु । म हरेक शनिबार सफाइको काममा लागेको हुन्छु । पुरै काठमाडौको फोहोर किन्ने योजनामा छु त । पहिले मेयर हुन त दिनुस न अनि हेर्नुहोला । मान्छेलाई दण्ड सँजाय पनि दिनुपर्छ भनेका छौ नि । कुटने पिटने होइन कि बेइज्जत गर्दिउ भन्छु क्या मत ।
भाषण गरेर ताली खाएर रामो्र भइदैन । काम गर्नुपर्याे । सम्पर्क बिश्वाश भन्ने कुरा चाहिन्छ । २०४६ सालका पत्रकारहरु यो गर्नुहुन्छ, यो गर्नुहुदैन भन्थे । अहिले त पत्रकारै छाडा क्या । म त कामको धन्दासंग मात्र सरोकार राख्छु । कामसंग जिम्मेवार भएपछि के को शैक्षिक योग्यता चाहियो । व्यवहारिकता नै नभएका मान्छेहरु बढि भयो ।
यदि मेयर हुनुभयो भने नँया काम के के गर्नुहुन्छ?
दुइ तिनवटा काम छ । काठमाडौंको सडकमा जाम अत्यन्तै छ, त्यसैले स्काई पुल चाहिएको छ । त्यसको लागि मैले छ सात ठाँउ छानेको छु । महाराजगन्ज चोक सात दोबाटो चोक, कलंकी चोक, कोटेश्वर चोक, जस्ता ठाँउहरुमा व्यव्थापन आवश्यक छ । अर्काे काम भनेको वातावरण हरियाली बनाउन रुख रोप्ने । चाइनाहरुले बरपिपलको योजना ल्याएका थिए । त्यो जरा नफैलिने हुदा हावाहरि आउँदा ढल्दोरहेछ । त्यो वातावरणमैत्री भएन् । हामीले सुनेका छौ नी । कार्वनडाइऋक्साइड बेच्न सकिन्छ । म अस्ति कतारको राजदुत भेटन गएको थिए । उसले भनेका थिए । नेपालका नेताहरुले बिकाश भन्दा पनि पैसाको अपेक्षा राख्न थाले रे उ राजदुतसंग । यँहा काठमाडौंका मायाँ लागेर कसैले राजनिती गरेका छैनन् पैसामुखी भएका छन सबैजना यसमा मलाई दुख लाग्छ । यँहा काठमाडौंका मायाँ लागेर कसैले राजनिती गरेका छैनन् पैसामुखी भएका छन सबैजना यसमा मलाई दु;ख लाग्छ । मेरो अर्काे माग चाँहि सार्वजनिक जग्गा गुठिको जग्गाहरु सरकारले लिनुपर्याे । केशब स्थापितले माइतीघर लिदा घरवालाहरुलाई नै मुल्य तोक्न लगाएका थिए । रोपनीको १४ भने तर १८ दिएपछि १५ १६ वटा घर उठाइदिएका थिए । ढल व्यवस्थापन पहिलो प्राथमिकतामा छ । ढल व्यवस्थापन नभएसम्म नदि सफा हुदैन ।

 

 

 

प्रतिकृया लेख्नुहोस्: