दुवै हातबिना सफल सगरमाथा आरोहि सुर्दशन, स्पेश यात्रा जाने तयारीमा - Nepal Talk
कार्तिक ४ गते, २०७८

दुवै हातबिना सफल सगरमाथा आरोहि सुर्दशन, स्पेश यात्रा जाने तयारीमा

पटक हेरिएको

नेपालको रामेछापमा करिब ४० वर्ष अगाडी  जन्मेर क्यानाडाका नागरिक बनेका एकजना अब्बल मान्छे जसले दुर्घटनामा परि दुवै हात गुमाएका थिए ।  दुवै हात बिना नै सगरमाथाको सफल आरोहण गरेर किर्तिमान बनाउन सफल हुनुभएको थियो वँहा हिम्मतवाली चलचित्रका नायक पनि हुनुहुन्छ ।  हात गुमाएपछि खुट्टाले नै लेखेर कमर्स कलेजबाट मास्टर गरेका नेपालको ‘शान’ पहिलो व्यक्ति खुट्टाले नै कार, कम्प्युटर चलाउछन् ।  आफ्ना हरेक काम आफै गर्न सक्ने हिम्मतवाला तथा सफल युवा व्यापारी सुदर्शन गौतम संग पार्वती खड्काले टेलिफोन मार्फत वँहाका सफल जिवनको बारेमा गरिएको कुराकानीको बृस्तृत पाटाहरु खोतल्ने प्रयास गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत । 

के मा व्यस्त हुनुहुन्छ आजकाल तँपाई ?

आफ्नो व्यवसायमा नै व्यस्त छु । त्यस बाहेक  अहिले अन्य सामाजिक प्रोजेक्टहरुमा पनि व्यस्त छु । क्यानाडा को युकोंन प्रोभिन्शमा रहेको माउन्न्ट लोगन ५,९५९ मीटर अग्लो हिमाल  आरोहण गर्ने तयारी मा छु ।  यो युकोंन सरकारको हिमाललाई अन्तरास्ट्रिय प्रबर्दन गर्ने उदश्यले आयोजित कार्यक्रम हो । यसकारण मैले यो प्रोजेक्टलाई लीड गरेको हो ।  यो प्रोजेक्टमा सहभागिताको लागि संसारभरबाट हिमाल पर्यटन सँग सम्बन्धित संस्था तथा व्यक्तिहरु तथा पत्रकारहरुको सहभागिता रहने छ । हिमाल रेकर्ड होल्डरहरुको समूहले यो हिमाल आरोहण गरेर संसार भरिका हिमाल आरोहीहरुलाई क्यानाडाको हिमाल आरोहणको लागि निमंत्रणा गर्ने छ ।

साथै, यो हिमाल आरोहण पछि स्पेश टुरिजमको लागि जाने योजना  बनाएको छु ।   क्यानाडामा आफ्नो हिन्दु धर्म, परम्परा अनि संस्कृतिको जगेर्ना गर्ने हेतुले एउटा हिन्दु मन्दिरको स्थापना गरेर नेपाली झन्डा गाड्ने मेरो ठुलो  सपना छ ।  तत्काल लाई यिनै सपनाहरु पुरा गर्न लागिपरेको छु आज भोलि ।

 स्पेस टुरिजमको चाहना अलि असम्भब लाग्दैन र ?

‘म अशाधारण शोच भएको मान्छे हो ।’  मेरो शोच अनि विचार साधारण मान्छेहरु संग पटक्कै मिल्दैन । हेर्नुस, कतै न बाटो, न बाचेर आउने आशा अनि न कुनै गन्तब्यको अन्त्य हुने यात्रा सगरमाथा आरोहण गरेर त् किर्तिमान राखियो भने यो  जाबो श्पेश टुरिजम त् केहि पनि होइन । दुवै हात बिना  सगरमाथा आरोहण गरियो । अब सायद भाबिष्यमा पनि सहजै सम्भब त नहोला तर स्पेस टुरिजम पैसाको मात्र कुरा हो ।  स्पेस टुरिजम गराउने ३ वटा कम्पनि संग मेरो  कुराकानी हुदै छ ।  हेरौ, कुन कम्पनि संग सस्तो अनि भरपर्दो डिल हुन्छ । फाइनल भएपछि आगामी वर्ष थाहा हुनेछ ।

क्यानाडामा के  काम अनि ब्यवशायमा आबद्ध हुनुहुन्छ ?

रियल स्टेटमामा लगानी गर्छु । २०१७ देखि हाल सम्म टोयटा ड्रिम स्ट्राट इम्पोजएबल   नामको एक प्रोजेक्टमा काम गर्दे आएको छु । उक्त कम्पनीमा  क्यानाडाबाट १० जना मध्यमा  म एकजना  काम गर्दै आयको छु । तँपाइले पनि  गुगलमा हेर्न सक्नु हुनेछ । म संग थुप्रै प्रकारका प्यासिभ  एबककष्खभ आम्दानी गर्ने डीजीटल ब्यबसायहरु छन् । इन्टरनेशनल इभेन्ट अर्गनाइज्ड तथा ट्रेड शोहरु आयोजनाहरु पनि गर्दै आएको छु । साथै मोटीभेसनल स्पिकरको रुपमा यात्रा गर्दै कैंयौँै मान्छेहरुलाई जिबन प्रति सकारात्मक उर्जा प्रदान गर्ने काम पनि गर्ने गरेको छु  ।

आज सम्म क्यानाडाले तपाई लाई के दियो तपाई ले क्यानाडा लाई के दिनु भयो ?

हेर्नुस, म नेपाल जस्तो अल्पबिकसित देशबाट आएको मान्छे । आज श्पेस टुरिजममा जाने शोच बनाएको छु । त्यो मलाई क्यानाडाले दिएको हो । आजको दिनसम्म पनि म  नेपालमै बसिराखेको हुन्थे भने नि मेरो लागि त  अमेरिका, क्यानाडा तथा युरोपको भिषा लगाउनु नै स्पेस गए भन्दा ठुलो लाग्थ्यो होला । क्यानाडाले त मलाई  सामाजिक सम्मान दिएको छ । सामाजिक शुरक्षा दियो ।  अनि सबल मान्छे बनाएको छ ।  मेरो कार्यहरुको उच्च मुल्याँकंन र  सम्मान गर्दै  ‘डिजएबिलिटि हल अफ फेम’२०१४ को अवार्ड दिएर  टोरोन्टोको मेट्रो हलमा मेरो तस्बिर राखिदिनु नै सबै भन्दा ठुलो सम्मान हो । यो सम्मान क्यानाडाले दिएको हो ।  क्यानाडाकै ठुला सँस्थाहरुबाट करिब १ सय भन्दा बढी सम्मानहरु पाएको छु ।  क्यानाडाका प्रमुख समाचारपत्रका फ्रन्ट पेजमा समाचार बनेको छु । अनि के चाहियो त्यो भन्दा । मैले क्यानडाबाट त सबथोक पाएको छु ।

अब मैले क्यानाडालाइ के दिए त भन्नुपर्दा चाँहि सबै भन्दा पहिले गर्ब गर्न लाएक क्यानाडियन नागरिक बनेको छु ।  मैले चाहने हो भने सामाजिक शुरक्षा  बापत घरमै बसेर भत्ता खान सक्छु तर त्यो मैले गरेको छैन् । म हरेक वर्ष आफ्नो आम्दानीको चार  डिजीट सरकारलाई कर तिर्ने गरेको छु । क्यानाडा सरकारको लागि  यो नै सबै भन्दा ठुलो कुरा हो । नेपालमा  जस्तो जनतासँंग चन्दा अनि पैसा उठाएर सरकारलाई उल्टै दिएर समाजसेवी बन्ने चलन छ तर यँहा त्यो  छैन् ।

दुवै  हात गुमाउनुभएको सगरमाथा चढेर विश्व किर्तीमान कायम गर्न सफल पनि हुनुभएको कसरि सम्भब भयो?

सगरमाथा  आरोहण गर्नको लागि मलाई पैसा जुटाउन तथा राम्रो टिम तयारी गर्न २००६ देखि २०१२ सम्म तयारी गर्नु पर्यो ।  राता–रात यो विश्व किर्तिमान बनेको होइन् ।   सगरमाथा  आरोहण सम्भब बनाउनको लागि आर्थिक हिसाबमा  मजबुत हुनको लागि नै म क्यानाडा आएको थिए । कुनै पनि माउन्टेन आरोहण गर्नका लागि शारिरिक रुपमा अब्बल भएर मात्रै पनि सम्भब  हुदैन् ।  हात खुट्टा सबल नै भएका आरोहीहरुले धेरै पटक प्रयास गर्दा पनि सगरमाथाको आरोहण गर्न सकेका छैनन् ।  र आत्याधिक खर्चका कारणले घरबार सबै गुमाउनु भएका उदाहरण पनि छन् । कति आरोहिहरुको आरोहणको क्रममा बिचबाटैमा मृत्यु भएका छन् । अर्को तपÞर्m फेरी जो शारिरिक रुपमा अशक्त छन्  । जसको हात छैन, आँखा छैन, खुटटा छैन् । उनीहरुले चाँहि फेरि सफल आरोहण गरेर किर्तिमान बनाउनु भएको छ । यसको अर्थ के हुन्छ भने जिवनमा आइपर्ने कुनै पनि दु;खको माउन्टेन होस् या अरु शारिरिक रुपमा गरिने पर्वातारोहाण कुनैपनि सजिलो छैन् ।

सबभन्दा पहिला आत्मविश्वाश दरो हुनुपर्याे । अनि सबै भन्दा ठुलो कुरा तँपाई को काम गर्ने समूह बिज्ञ अनि भरपर्दो हुनु पर्दछ । त्यसपछि मात्र  कुनै पनि काम सफल हुन्छ । मेरो टिम लिडर अनि साथीहरुको सहयोगले सगरमाथा आरोहण सम्भव बनायो ।

सुदर्शन जी  भर्खरै  तपाईले दुवै हात बिना  सगरमाथा आरोहण अब सायद भाविश्यमा पनि सहजै सम्भब नहोला भन्नु भयो, फेरी अहिले राम्रो विज्ञको समूह भएमा सम्भब हुने बताउनु भयो, के भविस्य मा दुवै हात नभएको व्यक्तिले सगरमाथा आरोहण गरेर तँपाईको किर्तिमान तोड्ला त? 

हेर्नुस, मैले भने नि यो किर्तिमान बनाउन मैले धेरै परिश्रम अनि मेहेनत गरेको छु ।  धेरै वर्ष यो प्रोजेक्टमा बिताएको छु ।  मैले त्यो टिम तयार गरेको थिए । त्यो टिमले मलाई तयार गरेको थिएन् ।  मैले आफ्नो हिम्मत र साहस आफै बढाएको थिए ।  त्यो टिमलाई मैले हिम्मत दिएर सगरमाथा आरोहणको लागि तयार गरेको थिए ।  त्यसैले नेपालीमा एउटा उखान छ नि “उचालेको कुकुर ले मृर्ग मार्दैन“।  हो त्यस्तै नै हो ।, शेर्पाहरुले टिम लिड गरेर सगरमाथाको वेश क्याम्प सम्म त आरोहीलाई लान सक्नु हुन्छ ।  त्यो  वँहाहरुको काम हो । त्यो तर सगरमाथाको चुचुरोमा पु¥याउन त धेरै नै गारो छ नि । म कसरि, कुन हालतमा अनि के– के सम्म सहेर अनि मर्न परे मर्न तयार भएर आरोहणको लागि गएको थिए ति कुराहरु म यँहा शब्दमा व्यक्त गर्न सक्दिन् ।  आजको  दिनमा म आफै फेरी सगरमाथा आरोहणको लागि त्यो समूह नै लिएर गए भनि पनि अब सम्भब हुन्छ जस्तो लाग्दैन मलाई ।  त्यसैले मेरो  २०१३ को मे २० गते को दिन मा निधार मा “श्री’ लेखिएको थियो र मैले त्यो किर्तिमान बनाउन सफल भएको थिए । अब मलाई लाग्छ यो इतिहाँसलाई बदल्ने  अर्को सुदर्शनको जन्म हुन धेरै वर्ष लाग्छ होला ।

तँपाईलाई यो सफलता हात पार्न अथवा सफल मान्छे हुनका लागि चाँहि के कुराले अझै प्रेरित रेको थियो ?

‘मैले  दुवै हात  गुमाउनु नै मेरो भाग्य बन्यो ।  साधारण मान्छेहरुको भन्दा मलाई आफ्नो पहिचान बनाउन हात नभएको कारण धेरै सहज भयो ।  मेरो छुट्टै  शोच्ने  तरिका अनि ममा भएको उत्साह नै मेरो सफलता को प्रेरणा हुन् ।  मलाई कुनै पनि नकारात्मक कुराहरुले असर गर्दैन् ।’ म सधै सकारात्मक शोच भएको मान्छे हो । अनि मेरो जिवन शैलीमा देखावटी पटक्कै आउंदैन् ।   अनि म अरुको लोभ–लालच पनि नगर्ने मान्छे भएकोले नै म हरेक कुरा मा सफल हुन्छु ।

तपाई चलचित्र को नाम चलेको हिरो पनि हुनुहुन्छ  हिम्मतवाली  फिल्म पछाडि तँपाइलाई अभिनय क्षेत्रमा त्यति देखिएननि, किन होला ? फिल्म अभिनय लाई   पूर्ण बिराम लगाउनुभएको हो कि ?

जब मैले दुर्घटनामा परेर आफ्नो दुवै हात गुमाएर पनि  बाँचे नि तब मैले केहि न केहि  नौलो गरेर देश र दुनियाँमा आफ्नो पहिचान बनाउन आवश्यक लाग्न थाल्यो  । मेरो जिबनको उदेश्य भनेको मैले गरेका कामहरुले समाजलाई केहि प्रेरणा दिन सकोस भन्नें हो । मैले स्कूल कलेजमा गएर खुट्टाले लेखेर पँढे । किनभने  समाजमा आत्मविश्वाश र  प्रेरणा मिलोस भनेर हो । मैले खुट्टाले नै साधारण कार चलाएर

‘प्रदर्शन’ गरेको थिए । त्यो कार चलाउन सिकेको मैले जिन्दगिभर गाडि चलाउनकै लागि हो त ? पटक्कै होइन ।  मैले त समाजमा केहि शन्देश दिन मात्र खोजेको हो । फेरी सगरमाथाको सफल आरोहण गरे । त्यो पनि हात ‘खुट्टा नभएपछि भर्याङ पनि चढ्न सँकिदैन है’ भन्ने हाम्रो समाजको सोच लाई परिवर्तन होस् भन्नका  लागि हो । त्यस्तै हिम्मतवाली  नाम को फिल्म खेँले । सधै  हिरो बनेर पैसा कमाउन होइन् । पैसा भन्दा पनि नाम कमाउन चाही पक्कै हो ।   हाम्रो पुर्बेली समाजमा हिरो भन्ने बितिक्कै हात–पाखुरा ठुला–ठुला हुनु पर्ने,जिम जानु पर्ने, अनि ह्यान्डसम नै हुनु पर्ने भन्ने चिन्तन र मान्यता जो छ । त्यो चाँहि  गलत हो । त्यो गलत सोच हो भनेर प्रमाणित गर्नका लागि र नेपाली चलचित्रमा अर्को  इतिहाँस बनाउनका लागि मैले उक्त चलचित्रमा अभिनय गरेको थिए ।  मैले चाहे अनुसार म सफल पनि भए ।  नेपाली समाजले यसलाई मज्जाले स्वीकार पनि गर्नु भयो । नयाँ फिल्मका लागि अफर आएका छन् । तर ति सबै सामान्य कथाबस्तुमा आधारित हुन्छन् । । त्यो म कदापी चाहन्न् । किनकि, मैले एउटा  फिल्मको नायक बनेर अभिनय गर्दा नै जनताले अन्य प्रोफेसनल नायकहरुलाई भन्दा मलाई बढि चिन्छन् होला ।  अनि म सामान्य फिल्म खेलेर किन सस्तो बन्नु भन्नु त?

हिम्मतवाली नै पहिलो अनि अन्तिम चलचित्र हो तपाईको लागि ?

अबको ३–४ वर्ष मेरो पूर्व निर्धारित प्रोजेक्ट कम्प्लिट गर्न नै समय लाग्छ । ति प्रोजेक्टहरुले अन्तराष्ट्रिय स्त्तरमा नै मेरो पहिचान अनि व्यक्तित्व विकाश गर्ने छ ।  त्यसपछि त पःन सामाजिक अनि शिक्षामुलक नेपाली फिल्म निर्माण गरेर अनि यो क्षेत्रको पनि अन्तराष्ट्रीय स्त्तरमा पहिचान बनाउन सहयोग पक्कै पनि गर्ने छु ।  त्यसकारण ‘हिम्मतवाली’ मेरो अभिनय रहेको मेरो लागि चलचित्र क्षेत्रका  लागि प्रथम पाइलो अथवा प्रथम चलचित्र हो ।  अन्तिम भने पक्कै होइन् ।

तपाइले खुट्टाले नै सामान्य कार पनि चलाएर प्रदर्शन पनि गर्नु भयो है ।  यसबारेमा केहि मिठा अनुभब बताइदिनुहोस न ?

हजुर हो ।  हात गुमेपछि खुट्टाले नै लेखेर एसएलसिमा दोस्रो श्रेणीमा पास गर्ने म नेपालको पहिलो युवा थिए । त्यसैले नेपाल सरकार र अन्य संघ संस्थाह बाट थुप्रै सम्मान अनि सहयोग मिलेको थियो ।  अनि राष्ट्रिय पत्र–पत्रिका, टेलिभिजन  च्यानलहरुले समाचार बनाएका थिए । हो त्यो नै मेरो जिबनमा थप अरु सफलताहरु प्राप्त गर्ने प्रेरणा अनि उर्जा साबित बन्यो ।  टेलिभिजन  पत्र–पत्रिका तिर समाचार अनि अन्तरवार्ताहरु आउदा मान्छेहरुले चिन्न थाले । त्यसपछिका दिनहरुमा  आफुलाई थप बिषेश रहेछु है भन्ने एक खालको मनको चेतना खुल्न थाल्यो ।  नेपाल कमर्श क्याम्पसमा थप पढाईको लागि भर्ना भए ।  अनि ने.बि.संघ संग  आवद्ध रहेर बिधार्थी राजनीति पनि गरेको थिए ।  ने बि संघको कलेज कमिटीको उपाध्यक्ष पनि बनेको थिए । यो कुरा जोड्नुको अर्थ के हो भने यो सबै कुराहरु मेरो जिवनमा लिंक हुदै गएका थिए ।  मलाई एकपछि अर्काे उर्जा थपिदैं गयो । अब संसारमा नेपाल र आफ्नो नाम राख्नु पर्छ । त्यसको लागि केहि विशेष र फरक काम  हुनु पर्छ भन्ने हेतुले कार चलाउन सिकेको थिए ।

खुट्टाले कार चलाएर प्रदर्शन गर्ने कार्यक्रमले तँपाइलाई अन्तराष्ट्रिय रुपमा नै परिचित गरायो नि होइन र ?

हजुर हो । २०६२ तिर होला ।  मैले जति सोचेको थिए, त्यो भन्दा धेरै माथिको समचार बन्यो । किन कि टोयटा  कम्पनि को इको  कारको लन्च नेपालमा मैले नै चलाएर सुरु गरेको थिए । त्यसपछि टोएटा कारको ब्राण्डको पनि प्रबद्र्न भयो । र साथै मेरो पनि मज्जाले प्रबद्र्न भयो ।

अरु महत्वपुर्ण परियोजनाहरु के–के गर्नु भयो  ?

कार प्रदर्शन पछि म संयोजक भएर नेपालमा नाम चलेका सामाजिक सँस्थाहरु नेपाल स्काउट अनि नेपाल आर्मी लाई सहभागी गराएर मुगु जिल्लामा शिक्षा तथा स्वास्थको क्षेत्रमा म आफै बसेर करिब ३–४ वर्ष काम गर्ने मौका पाएको थिए । ‘नेपालीले नेपालीलाई सहयोग समिती’ नाम को संस्था मार्फत हामीले सेवा गरेको थियौं ।

सामाजिक सेवाको कुरा गर्नु भयो तर तँपाईले खासै सहयोग गरेको सुनिदैंन नि ?

हेर्नुस म धार्मिक मान्छे हो । मैले भने नि क्यानाडा जस्तो देशमा आफ्नो हिन्दु धर्मको पहिचान बनाउने सोच भएको मान्छे । मैले यो गरे र त्यो गरे भनेर फेसबुकमा  हाल्न मेरो धर्मले सिकाएको छैन् ।  सहयोग र दान गरेको भन्नु र देखाउनु हुन्न भन्ने सिकेको छु ।  मैले सहयोग गरेको लिस्ट कुनै दिन बाहिर आयो भने पचासौ  पेजमा आउछ । त्यसैले देखाउनको लागी होइन् ।  आफ्नो कर्तब्य ठानेर अनि मानविय सहयोग गर्दै आएको छु । र भविस्यमा पनि गर्ने छु ।

यो सफलताको कुरा थिए अब तँपाइको विगत तिर फर्किउ है, कसरी हात गुमाउनुभएको थियो ?

म १३ वर्षको थिए । दुई हजार ५१ सालको असारमा बानेश्वरको थापागाँउमा केरन्ट लागेर  दुर्घटना भएको थियो । रामेछापबाट काठमाडौं घुम्न आएको थिए ।  फलामको रड लिएर छतमा गएको थिए । नाङगों तार रहेछ । हाइभोल्टेजको करेन्टले गर्दा मेरो दुवै हातमा टच भएछ । ८ नौ महिना जति आर्मी अस्पतालमा उपचार भयो ।  सफल उपचारपछि म बाँचेका् थिए ।

दुर्घटना पछाडिका तँपाइका दैनिकिहरु कसरी चल्यो त?

वास्तबमा मैले चाँहि आफैले अस्पतालमा उपचार हुँदा अस्पताल बाटै सबै जसो काम खुट्टाले गर्न सिकिसकेको थिए । भगवान जस्ता मेरा बा–आमाको प्रेरणा पाउनु मेरो भाग्य हो । एकदमै सकरात्मक सोचाई भएको परिवारमा जन्मेछु । मेरो बुवा स्थानिय शिक्षक हुनुहुन्थ्यो । मेरो हात नहुदाँ पनि सधै इनकरेज मात्र गर्न थाल्नुभयो । मेरो बुवा ममिले कहिल्यै पनि हात नभएको अनुभुती हुन दिनु भएन् ।  म अस्पतालको वेडमै आफना कामहरु आफै गर्न थाले । नुहाउने, खाने, सौचालय जाने, एवमरितले  अस्पतालबाटै एक बाइ एक काम गर्न थाले । कसरी लेख्ने त भन्दा बुवाले ह्या खुटटाले लेख्न सकिन्छ भन्दिनुभयो । म त झन उर्जाशिल भएको थिए । मैले खुटटा ले लेखेर पढाई शुरु गरे ।  गाँउ गएर फेरी स्कुल भर्ना भएको थिए ।

तँपाइ को शिक्षा कति हो ?

मेरो पढाईको यात्रा खुटटाले लेखेरै हो । ९ क्लासदेखि मैले खुट्टाले लेख्न थालेको थिए । एसएलसी  सेकेण्ड डिभिजनमा पास गरे । काठमाण्डौ आएर मिनभवन क्याम्पस बाट कमर्शमा मास्टर्स गरे । अनि कम्पुटर डिप्लोमा मैले क्यानाडा बाट गरे तर कम्पुटर को शिक्षा चाँहि नेपालबाट नै लिएको थिए ।  साधारण कम्प्युटर नै चलाउने गरेको छु मैले अहिले ।

तँपाइलाई मान्छेले चिन्दा हिरो भन्लान, मोटिभेसनल स्पिकर भन्लान, साहसी मान्छे, राम्रो नराम्रो सबै आदी इत्यादी, तर आफैले आफैलाई चाँहि कसरि परिचित गराउनुहुन्छ ? अरुको मुल्यांकनको हिसाबकिताब यँहा ले कसरि राख्नु हुान्छ?

म बाहिर सेवा अनि आफु भित्र साधना गर्ने मान्छे हो । त्यसैले अरुको मुल्यांकन, रिश, डाह अनि गलत विचारले मलाई केहि फरक पार्दैन् ।  किन कि म आफुमा क्षमता भएको अनि आफ्नो जिबनको मार्गदर्शन आफै गर्न सक्ने बुद्धि भएको मान्छे हो ।  म सहि र गलत छुट्टाएर मुल्यांकन गर्न सक्छु ।  म समाजको भलो चाहने असल मान्छे हो ।

एउटैसंग  विचार नमिल्ने भएर भगवानलाई त हामीले धेरै वर्गमा बांडेको छौ । यो धर्म, यो नाम, यो मन्दिर आदि इत्यादी छन् । भने  म त यो कलियुगको मान्छे पो हो त ।  नेपालको मानव वस्तिमा छु ।  अनि कसले के भन्छ अथवा के सोच राख्ला भन्ने कुराको चासो राखेर हिड्न थालियो भने समाजका हरेक सफल मान्छेहरुले आत्महत्या गरेर मर्नु पर्ने हुन्छ । हो यि र यस्ता  कुरा पनि राम्रो संग बुझेको छु मैले । त्यसैले  म के बोल्छु अथवा म के भन्छु अनि म के कुरा सोच्छु त्यो कुराले मात्र मेरो जिवनमा पहिलो  महत्व राख्ने गर्छ । त्यसैले समग्रमा मैले आफैले आफैसंग भन्नुपर्दा ‘म असल सामाजिक मान्छे हो ।’  

जिवनको कुनै उतारचढाब सम्झिनुपर्याे भने कुन कुरा झट्ट दिमागमा आउछ ?

हेर्नुस म बिगत सम्झेर रोयर बस्न  चाहन्न अनि मैले मेरो दिमाख लाई सधैँ नयाँ नयाँ प्रोजेक्ट अनि भविष्यमा गर्ने कामहरुको योजनामा नै व्यस्त बनाउछु ।

थोरै समय कहिले काँहि त बिगत पनि सम्झन्छु । हुमन सेन्स भएपछि त त्यो स्वभाविक नै हो । झट्टै सम्झनामा आउने उतार–चढाबहरु त धेरै छन् । अनगिन्ति  पिडै–पिडाहरु  भएपछि खासै हिसाब हुँदोरहेनछ । म अलि फरक पनि छु यो मामलामा ।

शारिरिक अशक्त मान्छे ले भित्री क्षमता बलियो बनाउदा रहेछन तँपाइले पनि प्रमाणित गर्नुभयो शारिरिक अशक्तता के रहेछ जस्तो लाग्छ यँहालाई ?

तँपाइले आफ्नो जिवनलाई कस्तो बनाउने हो । कस्तो तरिकाको जिवन बाच्ने त्यो तँपाईको सोचाई र संगतले निर्धारण गर्ने गर्छ । शरीरको बाहिरी अंग चलाउने भनेको दिमागले हो ।  हात, खुट्टा सबल नै  भएका मान्छेहरु पनि क्षमता बिहिन जिवन बिताएका थुप्रै उदाहरण छन् । त्यसैले, जिवनमा सकारात्मक सोच राखेर मेहनत गर्ने मान्छेहरुलाई शारीरिक अशक्तता एउटा अवसर हो । शारिरिक अशक्त भएपछि अझ थप उर्जा पलाउँदोरहेछ । मैले आफ्नो शारीरिक आभाब लाई शक्ति खुशी अनि नँया अवसरको रुपमा परिणत गरेको छु । त्यसैले हरेक मान्छे केहि न केहि अभाबमा नै बाचेका हुन्छन् । म चाहन्छु हरेकले अभावलाई अवसरमा बदल्न सक्नुपर्छ ।

अपागंता भन्ने बितिक्कै परनिर्भर भनेर बुझिदिने एककिसिमको सामाजिक आँखा यो कुरा चिर्नका लागि चाँहि परिवारका सदस्यले शारिरिक अपागंता भएका बच्चालाई के गर्न सुझाउनुहुन्छ तँपाई?

पहिलो कुरा तँपाइको सन्तानलाई उचित शिक्षा प्रदान गर्नुस् ।  राम्रो शिक्षा  पाए पछि बच्चाले आफ्नै सोच्ने शक्ति बलियो बनाउदै जान्छ । बच्चालाई उसको अपांगता भनेको अवसर हो भन्ने कुरा को हिम्मत दिनुस् । सधै सकारात्मक कुरा गर्नुस् ।  बच्चाको परिवार नै पहिलो पाठशाला हो ।

तँपाइ क्यानडामा कुन भिषामा बस्नु हुन्छ? अनि किन कहिले जानु भयो ?

म क्यानाडाको नागरिक हो ।  हाल ओन्टारियोको नायग्रा फल्स भन्ने सहर मा परिवार संग बस्दै आएको छु ।  म २००६  मा युएनको कार्यक्रममा  क्यानडामा आएको थिए । अनि सगरमाथा आरोहण को लागि आर्थिक रुपले सबल रहनको लागि क्यानाडा नै बस्ने निर्णय गरेको थिए ।

आफु जन्मेको परिवेश माटोको कतिको सम्झना आउछ? जन्म भुमिको लागि केहि गर्नेसोचमा हुनु हुन्न ?

आफु जन्मेको देश,गाऊ, ठाउँको याद आउँदैन कसैले भन्छ र? यदि कसैले  भन्छ भने त्यो सरासर झुट हो । हामी जँहाबाट आयौँ अन्त्यमा त्यँहि बिलिन भएर जाने हो । त्यसैले मैले पनि रामेछापबाट आँखा हेरे ।  हो त्यहि ठाउँ प्यारो लाग्छ । म जन्मेको गाँउमा  चाँहि स्वास्थ्यको क्षेत्रमा काम गर्ने  सोचमा छु । प्रारम्भिक उपचार केन्द्र बनाउने ठुलो चाहना छ । यसलाई म समाजसेवा भन्न चाहन्न् । समाजसेवा भन्ने शब्द सुन्न पनि मन छैन् ।

प्रतिकृया लेख्नुहोस्: