सुर्खेतको सिस्नेरीमा आगलागी, नौ घर जलेर नष्ट - Nepal Talk
कार्तिक ४ गते, २०७८

सुर्खेतको सिस्नेरीमा आगलागी, नौ घर जलेर नष्ट

पटक हेरिएको

पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागीबाट नौ घर जलेर नष्ट भएका छन् ।

बराहताल–९ मा रहेको सिस्नेरी बस्तीमा बिहीबार अपराह्न चार बजेतिर आगलागी भएको हो ।

आठ घर पूर्णरूपमा जलेर नष्ट भएको र एउटा आंशिकरूपमा जलेको वडाध्यक्ष युवराज कार्कीले जानकारी दिए । उनका अनुसार हरियाली सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किएको हो ।

प्रतिकृया लेख्नुहोस्: