कपिलवस्तुमा छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ - Nepal Talk
कार्तिक ४ गते, २०७८

कपिलवस्तुमा छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

पटक हेरिएको

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ स्थित घनचौराका ४० वर्षीय बुवाले छोरीलाई बलात्कार गरेका छन् । छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ । १६ वर्षीया छोरीले आफु बुवाबाट बलात्कारको शिकार भएको आरोप लगाएर ईलाका प्रहरी कार्यालय गोरुसिंङ्गेमा उजुर गरेकी छिन् । छोरीको उजुरीका आधारमा बुवालाई पक्राउ गरिएको गोरुसिङ्गेका इन्सपेक्टर लिलाराज आचार्यले रातोपाटीलाई बताए ।गत फागुन र चैतमा छोरीलाई ति पुरुषले घरमै बलात्कार गरेका हुन् ।

प्रतिकृया लेख्नुहोस्: