बिना मगरले भनिन प्रधानमन्त्रीलाई अब सडकमा ल्याउछौँ - Nepal Talk
माघ ४ गते, २०७७

बिना मगरले भनिन प्रधानमन्त्रीलाई अब सडकमा ल्याउछौँ

पटक हेरिएको

पुष २०। निवर्तमान खानेपानी मन्त्री बिना मगरले प्रधानमन्त्री केपी ओलीले पद लोलुपताकै कारण संसद विघटन गराएको बताएकी छिन् । नेपाल कम्युनिस्ट पार्टी बेलौरी नगरकमिटीद्वारा आयोजित नगर कमिटी भेलालाई सम्बोधन गर्दै  मगरले प्रधानमन्त्रीले जनताका लागि भन्दा पनि पदकै लागि संसद विघटन गराएको बताएकी हुन् । “प्रधानमन्त्रीलाई देश र जनताको चिन्ता छैन । मुलुकको विकासको बारेमा उहाँलाई कत्ति पनि चिन्ता रहेनछ । मात्र उहाँलाई पदको चिन्ता रहेछ ।”

भेलालाई सम्बोधन गर्दै भनिन्, “जनतामाथि कुठाराघात गर्दै प्रधानमन्त्रीले असंवैधानिक तवरले संसद विघटन गराउनुभयो । यस्तो तानाशाही प्रवृत्तिलाई जनताले चाँडै परास्त गर्नेछन् । प्रधानमन्त्री र उहाँका आसेपासेहरुको भविष्य अब धेरै लामो समय छैन ।”

“मैले सुन्ने गरेको छु प्रधानमन्त्रीका नजिकका मान्छेहरुले संघीयता खारेज गर्नुप-यो भनेर वकालत गरिरहेका छन् । जनताको त्याग र बलिदानबाट प्राप्त भएको उपलब्धिहरुलाई प्रधानमन्त्रीका मान्छेहरुले कुल्चने दुस्साहस गर्दैछन् ।” उनले भनिन्, “यस्तालाई जनताले चाँडै पराजित गर्ने छन् ।”

‘एउटा सामान्य नागरिकले फेसबुकमा लेखेका छन्– मेरो छोराछोरी, सन्तान दरसन्तानले अयोग्य मान्छे प्रधानमन्त्री थियो भन्ने इतिहासमा पढ्न नपरोस् भनेर उनका भनाइहरु इन्टरनेटका डाटाहरुबाट डिलिट गरौं भनेर’, झाँक्रीले भनिन् ।

ओलीलाई प्रचण्ड र माधव नेपाल साक्षी बनेर सर्वसहमत दलको नेता बनाएको पनि उनले सम्झिइन् । तर, अब कित्ता प्रष्ट पार्ने समय आएको बताइन् । ‘अहिले नेकपा दुई कित्तामा ध्रुवीकृत भएको छ । एउटा, २०६२/०६३ सालको ऐतिहासिक उपलब्धीहरु खोस्ने प्रतिगामी तप्का । अर्को, उपलब्धीहरुको रक्षा गर्ने कित्ता’, उनले कित्ता प्रष्ट पार्न अदालत र निर्वाचन आयोग नकुर्न पनि आग्रह गरिन् ।

‘एउटा पंक्ति अदालत र निर्वाचन आयोगको नतिजा कुरिरहेको छ । तर, ठूलो भागतिर लाग्नु भनेको चरम अवसरवाद हो । त्यसकारण अवसरवादको विरुद्धमै उभिनुपर्छ ।’ उनले दुई घण्टा बोल्दा दश मिनेट पनि विचार, राजनीति र सिद्धान्तबारे बोल्न नसक्ने अयोग्यहरुबाट कम्युनिस्ट आन्दोलन अगाडि नबढ्ने पनि बताइन् ।

ओलीले अदालतलाई दिएको जवाफबारे उनले प्रश्न गरिन्, ‘राजनीतिक प्रश्नको छिनोफानो कहाँ हुन्छ ? दुई दिनका लागि फुलीबर्दी लगाएकाले गर्छन् कि सडकमा हुने लाखौं मान्छेले गर्छ ?

राजनीतिक प्रश्नको फैसला राजा ज्ञानेन्द्रले ग¥यो कि सडकबाट गरियो ? ६२/६३ सालमा । ४६ सालमा राजनीतिक प्रश्नको छिनोफानो नारायणहिटीबाट भयो कि सडकबाट भयो ?’

संविधानको चिरहरण गर्ने राष्ट्रपति र प्रधानमन्त्रीलाई सडकमा ल्याउने चुनौती पनि दिइन्, ‘यो संविधानको चिरहरण गर्ने राष्ट्रपति कार्यालय राखिएको शितल निवासबाट केही पात्रहरुलाई घोक्रेठ्याक लगाएर सडकमा झार्छौं ।’

प्रतिकृया लेख्नुहोस्: