केपी ओलीको मित्र, कम्बोडियाका प्रधानमन्त्री काठमाडौंमा - Nepal Talk
माघ ८ गते, २०७७

केपी ओलीको मित्र, कम्बोडियाका प्रधानमन्त्री काठमाडौंमा

पटक हेरिएको

काठमाण्डौं पुस, २१ । कम्बोडियन प्रधानमन्त्री हुन सेन मातहतको विदेश तथा अन्तर्राष्ट्रिय सहयोग मामिलासम्बन्धी मन्त्री औच बोरिथ नेतृत्वको १५ सदस्यीय प्रतिनिधि मण्डल कोभिड–१९ का स्वास्थ्य सामाग्री लिएर हिजो काठमाडौं आएको छ । लाम्मेइ एअरको विशेष विमानमा आएको टोलीले साथमा ल्याएको स्वास्थ्य सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिनिधिमण्डलले प्रयोग गरेको विशेष विमान हिजो बिहान ९ बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । शीतयुद्धताका चीन समर्थित पोल पोट (खमेर रुज) सरकारलाई १९७७ मा तत्कालीन सोभियत युनियन निकट भियतनामी सरकारको सहयोगमा पदच्युत गर्ने हुन सेन लामो समयदेखि नेपाली प्रधानमन्त्री केपी ओलीको मित्र हुन  ।

प्रतिकृया लेख्नुहोस्: