बहसको समयबारे जानकारी दिन इजलासमा टाइमर - Nepal Talk
फाल्गुन २३ गते, २०७७

बहसको समयबारे जानकारी दिन इजलासमा टाइमर

पटक हेरिएको

७ माघ, काठमाडौं । बहस सुरु भएको र सकिने समयबारे जानकारी दिन इजलासमा टाइमर  राखिएको छ । संसद विघटनका मुद्दामा बहस गर्न अधिवक्ताहरुलाई आधा घण्टाको समय तोकिएको छ । प्रधान्यायाधीश चोलेन्द्र शमसेर जबराले बुधबारको इजलासमा बहसका लागि आधा घण्टाको समय निर्धारण गरिएको जानकारी दिएका छन् ।

वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीलाई बहसका लागि समय दिँदै प्रधानन्यायाधीश जबराले भने, ‘डासाबलाई आधा घण्टा, आजदेखि हामीले समय निर्धारण गरेका छौं ।’

वरिष्ठ अधिवक्ता ज्ञवालीले भने १ घण्टा समय दिन माग गरेर बहस सुरु गरे ।

यसअघि अधिवक्ताहरुले चाहेजति समय बहस गर्न पाउँथे । एउटै अधिवक्ताले लामो समयसम्म बहस गर्दा संसद विघटनको मुद्दा फैसलामा ढिलाइ हुने चिन्ता व्यक्त गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्: