वामदेव गौतमले शुरु गरे पार्टी एकता राष्ट्रिय अभियान-सबिस्तारसहित - Nepal Talk
फाल्गुन २३ गते, २०७७

वामदेव गौतमले शुरु गरे पार्टी एकता राष्ट्रिय अभियान-सबिस्तारसहित

पटक हेरिएको

माघ, १४ काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले घोषणा गरेको पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । संगठनात्मक संरचनामा केन्द्रमा एक अधिकार सम्पन्न केन्द्रीय समन्वय समिति रहने उल्लेख गरिएको छ । यो अधिकतम ६ सय ५१ सदस्यीय हुनेछ । केन्द्रीय समन्वय समितिमा अधिकतम् १ सय ७५ जनाको कार्यसम्पादन समिति हुनेछ । दैनिक कामका निम्ति आवश्यक सचिवालय निर्माण गरिने उपाध्यक्ष गौतमले बताएका छन् ।

प्रिय कमरेडहरु,

पार्टी विभाजनको यो क्षण दुःखदायी त छँदैछ, त्यसमाथि यस्तो स्थितिमा दुबै समूहका नेता–कार्यकर्ताबीच एकापसमा व्यक्तिगत तहमै दोषारोपणकोश्रृंखला देखिन थालेका छन् । ती कमरेडहरु एकापसमा जायज वा नाजायज विषय उठान गर्न, जाती, भाषा, वर्ग, लिंग र समुदायलाई इंगित गर्दै कतिपय गम्भीर मानवीय संवेदनशीलतालाई पनि ख्याल नगरी टीका–टिप्पणी गर्ने सिलसिला पछिल्लो समय व्यापक बनिरहेको छ । जनताको बहुदलीय जनवादकोसिद्धान्तले हामीलाई अनुशासित, मर्यादित र विधिको अधीनमा राख्छ । सुदृढ आन्तरिक जनवादको अभ्यासबाट सुन्दर संसार निर्माण गर्ने महाभियानमा सरिक भएका मान्छेहरु नै कम्युनिष्ट आन्दोलनका योद्धा हुन् । तर, नेपालमा विकसित पछिल्लो घटनाक्रममा त्यस्ता योद्धा कमरेडहरु उच्च संस्कृतिले युक्त सभ्य चिन्तनधाराबाट विचलित भई निम्नस्तरका अभिव्यक्ति दिन पनि पछि नहटेको देख्दा उदेक लाग्दो अवस्था सिर्जना भएको छ । १५ दिन पहिले सम्म सकेसम्म सुमधुर सम्बन्ध कायम गर्ने प्रतिवद्धता बोकेका कमरेडहरु नै आज अत्यन्त निम्नस्तरमा आरोप प्रत्यारोपमा उत्रनु कतै पनि उपयुक्त देखिन्न । कम्युनिष्टहरुको व्यक्तिगत स्वार्थ केही हुन्न भन्ने प्रशिक्षणबाट अगाडि बढेका नेताहरुको आजको व्यवहार कति पनि सुहाउँदो भएन ।

पार्टी एकता अभियानका हामी कमरेडहरु पार्टी एकता हुन सकेन र उपरोक्त आरोप–प्रत्यारोप रोकिएन भने अझ निम्नस्तरका दुर्घटनामा जानसक्ने खतरा महशुस गरिरहेका छौं । अहिलेको विभाजन मानि लिउँ आकाश र जमिनको जस्तै फरक हो वा दुइ धु्रवमा विभाजित जस्तै हो भन्ने व्यवहार कहिल्यै पनि उचित हुँदैन । आज हामी मिल्न सकेनौ यसो भन्दैमा जीवन रहँदासम्म मिल्ने छैनौं भन्न सकिन्छ र ? त्यसोभएर आज एउटा अवस्थामा मिल्न सकेनौं, भोली अर्को अवस्थमा नमिली नहुने स्थिति हुनसक्छ । त्यसोभएर एकता अभियानका हामी सम्पूर्ण अभियन्ताहरुले गम्भीर चिन्ता प्रकट गर्दै विभाजित भएका दुबै समूहका नेता तथा कार्यकर्ता र समर्थक शुभचिन्तकहरुलाई विनम्र हुन, आरोप–प्रत्यारोपमा सामेल नहुन, कुनै पनि अवस्थामा गालीगलौज नगर्न, सकिन्छ भने आत्मालोचक बन्न विनम्र अनुरोध गर्दछौं । साथै एकता अभियानका सम्पूर्ण कमरेडहरुले आफुले पनि कसैको विरोध नगरी सबैसंग विनम्रतापूर्वक मर्यादित व्यवहार गर्नुहुनेछ । अहिले निम्नानुसारका आचारसंहिताका सूत्रहरु प्रस्तुत गरिएको छ ।

–    निर्वाचन भन्दा पहिले र निर्वाचन पछिको अवधिमा आयोजना गरिने  बैठक, कोणसभा, जनसभा, आमसभाहरुमा जनतासमक्ष आत्मालोचक बनि प्रस्तुत हुने ।
–    अन्तरपार्टी संघर्षका समयमा प्रस्तुत भएका दुबै पक्षका विषयलाई मर्यादित भाषामा समिक्षात्मक शैलीमा राख्ने ।
–    विभिन्न कारणले हामी फूटे पनि नेपाल राष्ट्र र जनताको सार्वभौमिक अधिकारकोरक्षा तथा समृद्ध समाजवाद निर्माणका लागि आवश्यक पर्दा काँधमा काँध मिलाएर अगाडि बढ्ने प्रतिज्ञा व्यक्त गर्ने ।
–    अन्य प्रतिस्पर्धी पार्टीहरुको पनि निर्वाचन अवधिभर स्वस्थ आलोचना मात्र गर्ने।
–    व्यक्तिमाथि टिप्पणी वा आलोचना गर्ने नाममा तिनका निजी मामिला,जातीय, भाषिक, वर्गीय, लिंगीय र समुदायको संवेदनशीलतामा आँच आउने बोली व्यवहार बन्द गर्ने ।
–    यस किसिमको आचारसहिंता पालना गर्न अन्य सबै राजनीतिक पार्टीहरुलाई पनि अनुरोध गर्ने ।

पार्टी एकता राष्ट्रिय अभियानको संगठनात्मक संरचना
१. पार्टी एकता राष्ट्रिय अभियान संचालनका लागिकेन्द्रमा एक अधिकार सम्पन्नकेन्द्रीय समन्वय समिति रहनेछ । यो अधिकतम६ सय ५१ सदस्यीय हुनेछ । केन्द्रीय समन्वय समितिमा अधिकतम् १ सय ७५ जनाको कार्यसम्पादन समिति हुनेछ । दैनिकदिन कामका निम्ति आवश्यक सचिवालय निर्माण गरिने छ ।
२. प्रत्येक प्रदेशमा प्रदेश समन्वय समिति हुनेछ । त्यसमा प्रदेशअन्तर्गत रहेका केन्द्रीय सदस्यहरु र जिल्ला समितिका संयोजकहरु पदेन सदस्यका रुपमारहनेछन् । प्रदेश समन्वय समितिमा आवश्यक संख्याको एक सचिवालय रहनेछ ।

३. प्रत्येक जिल्लामा पालिकाहरुको समेत प्रतिनिधित्व हुने गरी अधिकतम७५ सदस्यीय जिल्ला समन्यव समिति निर्माण गरिनेछ ।जिल्ला समन्वय समितिमा आवश्यक संख्याको सचिवालय हुनेछ । जिल्लामा रहेका केन्द्रीय समन्वय समितिका सदस्यहरु आमन्त्रित रुपमा बैठकमा भाग लिनेछन् र पालिकाहरुमा निर्देशकका रुपमा खट्नेछन् ।

४.प्रत्येक पालिकामा वडाहरुको समेत प्रतिनिधित्व हुने गरी अधिकतम ५१ सदस्यीय पालिका समन्वय समिति निर्माण गरिनेछ । पालिका समन्वय समितिमा आवश्यक संख्याको सचिवालय हुनेछ ।पालिकाका बैठकमा त्यहाँ रहेका जिल्ला समन्वय समितिका सदस्य र केन्द्रीय समन्वय समितिका सदस्यहरुले आमन्त्रित रुपमा भाग लिन सक्नेछन् ।

५. प्रत्येक वडामा अधिकतम १५ जनाको संख्यामा समन्वय समितिर आवश्यक संख्याको सचिवालय हुनेछ ।

 

प्रतिकृया लेख्नुहोस्: