प्रचण्ड–माधव पक्षको संसदीय दलको बैठक सिंहदरबारमा - Nepal Talk
चैत्र २८ गते, २०७७

प्रचण्ड–माधव पक्षको संसदीय दलको बैठक सिंहदरबारमा

पटक हेरिएको

नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव पक्षको संसदीय दलको बैठक सिंहदरबारमा चलिरहेको छ । जेयष्ठताका आधारमा झलनाथ खनालको अध्यक्षतामा बसेको आजको बैठकको एजेण्डा संसदीय दलको नेता परिर्वतन गर्ने रहेको छ ।
बैठकअघि प्रचण्ड–माधव पक्षले आफू पक्षीय सांसद्हरुको हस्ताक्षर सङ्कलन समेत गरेको थियो । नेकपाको संसदीय दलका बहुमत सदस्य आफ्नो पक्षमा रहेको सो समूहको दाबी छ । यता, सो पक्षका केही सांसद निर्वाचन आयोगमा पनि गएका छन् । लिलामणि पौडेल, राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीलगायत निर्वाचन आयोग गएका हुन् । प्रतिनिधिसभामा नेकपाका १७३ सांसदहरु रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्: