डोनल्ड ट्रम्प डाक्टर फाउचीमाथि खनिए – भने, ‘उनी डाक्टर होइनन्, प्रचारक हुन्’ - Nepal Talk
आषाढ़ ५ गते, २०७८

डोनल्ड ट्रम्प डाक्टर फाउचीमाथि खनिए – भने, ‘उनी डाक्टर होइनन्, प्रचारक हुन्’

पटक हेरिएको

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाका संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीमाथि एकपटक पुनः तिखो हमला गरेका छन् ।नर्थ क्यारोलाइनामा भएको रिपब्लिकन पार्टीको एक सम्मेलनमा डोनल्ड ट्रम्पले आफ्ना पार्टीक तीन नेतालाई सही ठहराए जसले लगातार फाउचीमाथि प्रश्न उठाइरहेका थिए ।राष्ट्रपति पद छोडेपछि ट्रम्पले पहिलो पटक रिपब्लिकन पार्टीका नेतालाई सम्बोधन गरेका हुन् ।

डोनल्ड ट्रम्पले भने, ‘लगातार टिभी शोमा देखिने डाक्टर फाउची एक महान डाक्टर नभई एक महान प्रचारक हुन् ।’

उनले भने, ‘उनी हरेक पटक गलत साबित भएका छन् । हरेक मुद्दामा गलत साबित भए । ऊहानको मामिलामा उनी गलत थिए र मास्क लगाउने बारेमा पनि ।’

ट्रम्प लगातार विश्वासका साथ यो भन्छन् कि ‘कोरोनाभाइरस चीनको एक प्रयोगशालाबाट लिक भएको हो ।’ यद्यपि, यो विषयमा अहिलेसम्म पनि वैज्ञानिकले कुनै सटिक प्रमाण पाएका छैनन् । तर ऊहान थ्योरीको निकै चर्चा छ र अमेरिकी एजेन्सी यसबारे अनुसन्धान गरिरहेका छन् ।

प्रतिकृया लेख्नुहोस्: