मन्त्रिपरिषद् पुनर्गठन विरुद्ध सर्वोच्चमा रिट दर्ता - Nepal Talk
आषाढ़ ५ गते, २०७८

मन्त्रिपरिषद् पुनर्गठन विरुद्ध सर्वोच्चमा रिट दर्ता

पटक हेरिएको

मन्त्रिपरिषद् पुनर्गठन बिरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । मन्त्रिपरिषद् विस्तार विरुद्ध रिट दर्ता भएको अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले रातोपाटीलाई बताए । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले केपी शर्मा ओलीले जेठ २१ मा गरेको मन्त्रिपरिषद् विस्तार असंवैधानिक भएको दावी गरेर रिट हालेका हुन् । सोमबार अदालत प्रशासनले रिट दर्ता गरेको हो ।

प्रतिकृया लेख्नुहोस्: