'देउवा खराब थिए,खराबै रहने पक्का भयो' - Nepal Talk
कार्तिक ४ गते, २०७८

‘देउवा खराब थिए,खराबै रहने पक्का भयो’

पटक हेरिएको

मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग समेत भागबण्डा मिलाएको भन्दै  प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना भइरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका आफन्त गजेन्द्र हमाल पनि मन्त्री बनेका छन् । गैरसांसद हमाल प्रधानन्यायाधीशका जेठान नाता पर्छन् । उनी नेपाली काँग्रेस बाँकेका नेता हुन् । देउवा पत्नी आरजुसँग पनि हमालको पारिवारिक नाता रहेको छ ।

संविधानविद् भीमार्जुन आचार्यले समेत देउवाको पछिल्लो कदममाथि प्रश्न उठाएका छन् । उनले मन्त्रिपरिषद् विस्तारलाई दुखद र आपत्तिजनक बताउँदै देउवालाई खराबको संज्ञासमेत दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् –

देउवा खराब थिए,खराबै रहने पक्का भयो । ‘परमादेश’सँग न्यायालयका मुख्यले मन्त्री पदको सट्टापट्टा गरेको कुरा आयो । जसरी गरेका हुन, गरेकै देखियो। तर इजलासमा अरू चार जना पनि थिए,उनीहरूले कुनै पदक वा भाग पाएको सुनिएन। के देउवा वा न्यायालयको कुनै एक पात्रको कुकर्मले बाँकी सबै दोषी हुन्छन् ?

हिजोको मन्त्रिपरिषद् विस्तारको घटना दुखद र आपत्तिजनक छ, तर यसको अर्थ देउवा भन्दा पहिलेको मन्त्रिपरिषद् मुलुकका लागि ठिक थियो भन्ने कदापि होइन । दुवै खराब थिए,  खराबै रहने भए।

 

प्रतिकृया लेख्नुहोस्: