आजदेखि नेपालमा कोभिड खोपको दोस्रो चरण: अब कसको पालो? - Nepal Talk
आश्विन ११ गते, २०७८

आजदेखि नेपालमा कोभिड खोपको दोस्रो चरण: अब कसको पालो?

पटक हेरिएको

माघ, २६ काठमाडौं । पहिलो चरणमा स्वास्थ्यकर्मी तथा कोरोनाभाइरस उपचार तथा व्यवस्थापनमा अग्रपङ्तिमा खटिएकाहरूलाई खोप लगाइएको छ।

सोमवारदेखि शुरु हुने दोस्रो चरणमा भने सार्वजनिक कामका निम्ति भिडभाड हुने निजी तथा सरकारी कार्यालयका कर्मचारी एवम् धेरै मानिसहरूसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने जिम्मेवारी भएकाहरूलाई खोप लगाइने स्वास्थ्य मन्त्रालयको योजना छ।

अक्सफोर्ड विश्वविद्यालय तथा आस्ट्राजेनेका कम्पनीले विकास गरेको अनि भारतीय सिरम इन्स्टिच्युटले उत्पादन गरेको दश लाख मात्राको कोभिशिल्ड खोप भारत सरकारले अनुदानमा दिएपछि माघ १४ गतेदेखि नेपालमा शुरु भएको खोप अभियान सोमवारदेखि दोस्रो चरणमा प्रवेश गर्ने अधिकारीहरूले बताएका छन्।

एघार दिनसम्ममा देशभरिका करिब दुई सय केन्द्रहरूबाट एक लाख ८४ हजार जनाले पहिलो मात्राको खोप लगाएपछि पहिलो चरणको अभियान शनिवार सम्पन्न भइसकेको बताइएको छ।

यो समाचार हामीले बिबिसी बाट साभार गरेका छौ ।

प्रतिकृया लेख्नुहोस्: