रूपन्देहीमा लागुऔषधसहित ३ जना पक्राउ - Nepal Talk
आश्विन ११ गते, २०७८

रूपन्देहीमा लागुऔषधसहित ३ जना पक्राउ

पटक हेरिएको

रुपन्देहीको सैनामैनाबाट प्रहरीले लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।रुपन्देहीको सैनामैनाबाट प्रहरीले लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाका अनुसार अवैध  लागुऔषधसहित सैनामैना नगरपालिका वडा नं.१० बेमतेनी बस्ने बर्ष १८ को दिल बहादुर बुढाथोकी, कपिलवस्तु वाणगंगा नगरपालिका वडा नं.९ भलवाड बस्ने बर्ष २४ को रमेश बहादुर आचार्य र सोही बर्षको २५ को रमेश मरासिन पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट लागुऔषध (खैरो हिरोईन) ४ ग्राम ५०० मिलिग्राम फेला पारी बरामद गरी पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्: