बाँसबारीमाथि सातदोबाटोको सहज जित - Nepal Talk
चैत्र २८ गते, २०७७

बाँसबारीमाथि सातदोबाटोको सहज जित

पटक हेरिएको

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लबले सहज जित निकालेको छ ।

शुक्रबार भएको खेलमा सातदोबाटोले बाँसबारी क्लबलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । सातदोबाटोको जितमा अशिम राई, प्रवेश बस्नेत र दिनेश राईले एक एक गोल गरे । सातदोबाटोले एक गोल आत्मघाती उपहार पाएको थियो ।बाँसबारीका अमृत श्रेष्ठले आत्मघाती गोल गर्दा निशान सुनारले एक गोल फर्काए ।एन्फा कम्प्लेक्स सातदोबाटोमा १९ औं मिनेटमा अशिमको गोलबाट सातदोबाटोले अग्रता बनाएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा अमृतले आत्मघाती गोल गरेपछि पहिलो हाफमा सातदोबाटोले २-० को अग्रता बनायो ।खेलको ५४ औं मिनेटमा प्रवेशले गोल गर्दै सातदोबाटोको अग्रता तेब्बर बनाए ।खेलको ६३ औं मिनेटमा दिनेशले गोल गर्दा सातदोबाटो ४-० ले अघि रह्यो ।

त्यसपछि खेलको ७९ औं मिनेटमा बाँसबारीका निशानले एक गोल फर्काएपनि सातदोबाटोले ४-१ को सहज जित निकाल्यो ।जितसँगै सातदोबाटोले उपाधि होड बलियो बनाएको छ । सातदोबाटोले ९ खेलमा २५ अंक जोडेको छ ।बाँसबारीले ९ खेलमा १८ अंक जोडेको छ ।बाँसबारी तेस्रो स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्: