बायर्न उपाधि नजिक, शाल्के रेलिगेसनमा - Nepal Talk
जेष्ठ ४ गते, २०७८

बायर्न उपाधि नजिक, शाल्के रेलिगेसनमा

पटक हेरिएको

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्नले सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा बायर्नले बायर लिभरकुसनलाई २-० गोल अन्तरले पराजित गरेको हो । बायर्नको जितमा इरिक म्याक्सिम मोटिङ र जोसुवा किमिचले एक एक गोल गरे ।

जितसँगै बायर्न उपाधि नजिक पुगेको छ । उपाधि जित्न बायर्नलाई अब एक जितको आवश्यकता रहेको छ । जितसँगै बायर्नले ३१ खेलमा ७१ अंक जोडेको छ । ४७ अंक जोडेको लिभरकुसेन छैटौं स्थानमा रहेको छ ।

यस्तै शाल्के भने बुन्डेसलिगाबाट रेलिगेसनमा परेको छ । अर्मिनियासँग १-० ले पराजित भएपछि शाल्के रेलिगेसनमा परेको हो ।

शाल्के ३० वर्षपछि रेलिगेसनमा परेको हो ।

प्रतिकृया लेख्नुहोस्: