लिभरपुललाई न्युकासलको चुनौती - Nepal Talk
जेष्ठ ४ गते, २०७८

लिभरपुललाई न्युकासलको चुनौती

पटक हेरिएको

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज लिभरपुलले न्युकासल युनाईटेडसँग प्रतिस्पर्धा गर्दै छ ।

साविक विजेता समेत रहेको लिभरपुलले न्युकासलसँग घरेलु मैदानमा खेल्नेछ । लिभरपुल र न्युकासलबीचको खेल साँझ ५:१५ बजे सुरु हुनेछ । घरेलु मैदानमा लिभरपुल जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ । शीर्ष चारको सम्भावना कायम राख्न पनि लिभरपुललाई जित महत्वपूर्ण रहेको छ । लिभरपुल ५३ अंक जोडेर लिगको सातौं स्थानमा रहेको छ ।

लिभरपुल जित निकाल्दै शीर्ष पाँच भित्र उक्लन चाहन्छ । न्युकासल ३५ अंक जोडेर १५ औं स्थानमा रहेको छ । न्युकासल पनि लिभरपुललाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।

अर्को खेलमा चेल्सीले वेस्ट ह्यामसँग प्रतिस्पर्धा गर्नेछ । चेल्सीले उसैको मैदानमा वेस्ट ह्यामसँग खेल्नेछ । चेल्सी ५५ अंक जोडेर चौंथो स्थानमा रहेको छ । वेस्ट ह्याम ५५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्: