ठुलो उपाधि जित्न चाहन्छु - केन - Nepal Talk
जेष्ठ ४ गते, २०७८

ठुलो उपाधि जित्न चाहन्छु – केन

पटक हेरिएको

एजेन्सी । इंग्लिस क्लब टोटेनहमका स्ट्राइकर ह्यारी केनले आफ्नो इच्छा क्लबका लागि ठुलो उपाधि जित्नु रहेको बताएका छन् ।

टोटेनहम लामो समयबाट उपाधिबाट बिमुख हुँदै आईरहेको समय इंग्लिस फरवार्ड केनले क्लबका लागि ठुलो उपाधि जित्ने लक्ष्य रहेको बताएका हुन् ।

यसै साता टोटेनहम काराबाओ कपको उपाधि जित्न असफल भएको थियो ।

फाइनलमा म्यानचेस्टर सिटीसँग १-० ले स्तब्ध भएपछि टोटेनहमको उपाधि सपनामा धक्का लागेको थियो ।

‘एक खेलाडीको लक्ष्य ट्रफीहरु जित्नु हो । म एउटा ठुलो पुरस्कार जित्न चाहन्छु । जुन हामी गरिरहेका छैनौं,’ केनले भनेका छन् ।

केनले व्यक्तिगत उपाधिहरु ठुलो भएपनि आफु त्यो भन्दा माथिको सोच्ने गरेको बताए ।

‘व्यक्तिगत पुरस्कार महान हो । ती ठुला उपलब्धिहरु हुन्,’ केनले भने, ‘तर, जब म आफ्नो करियरको अन्ततिर फर्केर हेर्छु । म त्यो भन्दा माथि जान्छु।’

टोटेनहमले उपाधि जित्न नसकेको लामो समय भईसकेको छ ।

यस सिजन क्लबले खराब प्रदर्शन गरेपछि टोटेनहमले मुख्य प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गरेको थियो ।

चेल्सी र म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक समेत रहेका मोरिन्होले टोटेनहमसँग सन् २०२३ सम्मको लागि सम्झौता गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्: