विश्वकप छनोट : समूह 'ए' को खेल युएईमा हुने - Nepal Talk
आषाढ़ ५ गते, २०७८

विश्वकप छनोट : समूह ‘ए’ को खेल युएईमा हुने

पटक हेरिएको

एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत समूह ‘ए’ को बाँकी रहेको खेलहरु युएईमा आयोजना हुने भएको छ ।

एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले मंगलबार समूह ‘ए’ अन्तर्गतको बाँकी खेलहरु युएईमा हुने जनाएको छ ।

एएफसीले न्युट्रल भेन्युको रुपमा समूह ‘ए’ को खेल चीनमा आयोजना गरिरहेको थियो ।

तर, केहि देशको भ्रमण कठिनाईको कारण एएफसीले चीनबाट खेल सर्दै युएईमा गराउने निर्णय गरेको हो ।

खेलको मिति तय भएपछि घोषणा गरिने एएफसीले बताएको छ ।

यस समूहमा सिरिया, चीन,फिलिपिन्स, माल्दिभ्स र गुवाम रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्: