ब्राजिलको टिम घोषणा - Nepal Talk
आषाढ़ ५ गते, २०७८

ब्राजिलको टिम घोषणा

पटक हेरिएको

 

एजेन्सी । कोपा अमेरिका फुटबल खेल्ने ब्राजिलको टिम घोषणा भएको छ । ब्राजिल फुटबल कन्फेडेरेसनले कोपा अमेरिकाका लागि २४ सदस्सीय टिमको घोषणा गरेको हो । ब्राजिलको कप्तानी नेयमारले गर्ने छन् ।

कोपा अमेरिका ब्राजिलमै आयोजना हुँदैछ । यस अघि कोपा अमेरिका अर्जेन्टिना र कोलम्बियामा संयुक्त आयोजना हुने तय थियो ।

तर,कोरोना महामारीको कारण प्रतियोगिता ब्राजिलमा सारिएको हो । प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ । उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिकृया लेख्नुहोस्: